Latest News

वीरगन्ज नाकाबाट इन्धन भित्रिन थाल्यो, दुईतर्फी ढुंगा हानाहान !!!

gas-bullet Bulletवीरगञ्ज, २४ माघ । औपचारिक निर्णयविनै शुक्रबार अकस्मात खुलेको वीरगन्ज नाका शनिबार पनि सहज रूपमा सञ्चालन भयो । दिनभर सवारीसाधन आवत–जावत गरिरहे ।
  • साढे पाँच महिनापछि शनिबार पहिलोपटक रक्सौल नाकाबाट ग्यास बुलेट र डिजलका ट्यांकर नेपाल भित्रिएका छन् । चारवटा ग्यास बुलेट र एउटा डिजलको ट्याकर नेपाल आएको छ ।
  • वीरगन्ज भन्सार कार्यालयले शनिबार नाकाबन्दीयताका पाँच महिनाकै उच्च राजस्व संकलन गरेको छ । भन्सार कार्यालयका प्रवक्ता सुशील शर्माका अनुसार शनिबार तीन करोड ८५ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
भारतीय व्यापारीले आन्दोलनकारी लखेटे
शनिबार दिउँसो पनि मधेसी मोर्चाका कार्यकर्ताले केहीबेर मितेरी पुलमा नाका अवरुद्ध पार्ने प्रयास गरेका थिए । तर, भारतीय व्यापारी र स्थानीयवासीले उनीहरूलाई लखेटे । ३०–४० जनाको संख्यामा रहेका आन्दोलनकारीले नाका अवरोध गर्न खोज्दा सीमापारिबाट सयौँको संख्यामा आएका व्यापारी तथा स्थानीयले उनीहरूलाई दशगजा क्षेत्रबाट भगाए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
दुईतर्फी ढुंगा हानाहान
बारा र पर्साका मधेसवादी दलको शनिबार दिउँसो वीरगन्जमा बसेको बैठकले नाकामा धर्ना जारी राख्ने निर्णय गरेको थियो । त्यसलगत्तै मोर्चाका कार्यकर्ता दशगजा क्षेत्रमा गएका थिए । तर, भारतीय व्यापारीले धर्ना बस्न दिएनन् । दुई पक्षबीच केहीबेर ढुंगा हानाहान भयो । ‘केहीबेर नाकामा तनाव भएको थियो, आन्दोलनकारी ब्याक भएपछि नाका सहज सञ्चालनमा छ,’ पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले भने ।
Loading...