Latest News

शुभ विहानीसँगै तपाईको आज !!! आज वि.सं. २०७२ माघ महिनाको २१ गते बिहीवार !!!

आजको पञ्चाङ्ग : 
वि.सं. २०७२ माघ महिनाको २१ गते बिहीवार । श्री सूर्य उत्तरायण शिशिर ऋतु । माघकृष्ण पक्षको एकादशी तिथि २२ःबजेर ५९ मिनेटसम्म उपरान्त द्वादशी तिथी । ज्येष्ठा नक्षत्र १७ बजेर ११ मिनटसम्म उपरान्त मूल नक्षत्र । व्याघात योग योग २१ बजेर ३२ मिनटसम्म उपरान्त हर्षण योग । आनन्दादि योगमा काल योग, बव करण १० बजेर ४० मिनटसम्म उपरान्त बालब करण । तदनुसार नेपालसंवत ११३६ पोहेलागा । योग संवत ३७ । ई.सं. २०१६ फेब्रुवरी महिनाको ४ तारिख । आज षट्तिला एकादशी व्रत

आजको राशिफल
मेष राशिः 
मेष राशि हुनेहरुको लागि आजको दिन त्यति सहज भइसकेको देखिदैन । अझैपनि स्वास्थ्यमा समस्या हुनसक्ने र कार्यक्षेत्रमा झमेला आइलाग्नसक्ने सम्भावना छ । धैर्यता एवम् सहनशिलतालाई कायम राख्न सक्नुलाई नै प्रमुखता दिनु उचित होला । साँझबाट समय केही सुध्रिने देखिएको छ । संघर्षको बाबजुतपनि कार्यमा क्रमशः आंशिक लाभांश मिल्नसक्नेछ । हतार नगर्नु नै उपयुक्त हुनेछ । संयम र व्यवहारिक कुशलतालाई बढीभन्दा बढी अभ्यास गर्नु बुद्धिमानी हुनेछ । आज आठ अंक र रातो रङ्ग शुभ हुनेछ भने रोगीको सेवाले पूण्य दिनेछ ।  
 
वृष राशिः 
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन जीवनसाथी वा प्रेमीको सहयोगले व्यवसायिक तथा पेशागत कार्य अघि बढ्न सक्नेछ । पारिवारिक सामाञ्जस्यता बढ्ने र आमोद–प्रमोदपूर्ण दिन चर्या व्यतित हुने देखिन्छ । ससुराली आदिबाट मानसम्मान मिल्ने तथा लौकिक उन्नति गर्नसकिने छ । गोचरले विशेष स्थानको यात्राको संयोगलाई पनि सम्भावना देखाइरहेको छ । साँझबाट भने स्वास्थ्यमा मौसमी विमारको सिकायत हुनसक्ने छ । सामान्यतया यो राशि हुने सबैले खानपिन एवम् रहनसहनमा ख्याल पुर्याउन र दीर्घरोगीले विशेष ध्यान दिन जरुरी पर्नेछ ।   
 
मिथुन राशिः 
मिथुन राशिका व्यक्तिहरुको लागि आज उमङ्गिलो दिन रहनेछ । स्वजनबाट सहयोग मिल्ने, प्रतिस्पर्धामा विजय भइने र व्यापार एवम् व्यवसायबाट आकस्मिक रुपमा धन लाभ मिल्नेछ । शारीरिक आरोग्यता बढ्नाले शरीरमा शक्ति र साहस थपिने छ । आँटसाहसले गर्ने काम सम्पादन गर्न सकिने छ भने आज यहाँको विरोधि उपरको प्रतिकार पनि बलियो हुनेछ । साँझबाट प्रमोदीचर्या बढ्ने गोचर छ, दाम्पत्य सुख एवम् प्रेमसम्बन्ध दृढ हुनेछ । मानसम्मान पूर्ण यात्रा एवम् मनोरञ्जनजन्य वातावरणको संयोग जुट्ने छ । 
 
कर्कट राशिः 
कर्कट राशिका व्यक्तिहरुको लागि आज सकारात्मक मानिहाल्न अल्लि मिल्दैन तथापि बुद्धि पुर्याउनसके ज्ञानार्जनको क्षेत्रमा प्रगति गर्नसकिने छ तर विद्याको उन्माद बढ्ने हो कि भन्ने डर पनि देखिन्छ । जन्मकालमा प्रतिकूल ग्रह हुनेहरुलाई शीर तथा मस्तिष्कसम्बन्धी समस्या आउनसक्ने खतरा पनि देखिन्छ ।  विनापरिश्रमको धनार्जन गर्ने चेष्टाले परिणाम राम्रो नदिनसक्ने छ, ख्याल गर्नुपर्ला । पेशा तथा व्यवसायमा रणनीतिक परिश्रमले आंशिक लाभ गर्न सकिनेछ । वस्तुपरिस्थिति बुझेर अघिबढ्नु र घमण्डललाई संयम गर्नु बुद्धिमानी हुनेछ । साँझबाट समय सकारात्मक बन्ने देखिएको छ । 
 
सिंह राशिः 
सिंह राशि हुनेहरुको लागि आजको दिन दिनभरी अनपेक्षितरुपमा कार्यमा अड्चन र दिग्दारी बाबजुतपनि निराश भइहाल्न भने पर्दैन साँझबाट केही सुधार आउने देखिन्छ । आत्मबलमा ह्रास नगरी धैर्य रहने र बुद्धिविवेकले काम गर्ने गरेमा क्रमशः समस्या टर्ने र शुभ फल प्राप्ति हुनेछ । तथापि सैधान्तिक र नीतिगत विषयमा व्यवहारिक कमजोरी भेटिनसक्छ ख्याल पु¥याउनु होला । केही बढी परिश्रमले पेशा तथा व्यवसायमा आंशिक लाभ गर्न सकिनेछ । अनपेक्षितरुपमा आउने गरेका कार्य अड्चन र दिग्दारीलाई निवारण गर्न विद्वान गुरुजनको आर्शिवाद यहाँको लागि आज शुभ रहनेछ । 
 
कन्या राशिः 
कन्या राशि हुनेहरुको लागि आज शुभेच्छुकबाट सहयोग मिल्ने र व्यवसायबाट अर्थलाभ गर्न सकिने छ । जोशजाँगर बढ्नाले कामकार्यमा पनि विछट्टै मन लाग्नसक्ने छ । प्रतिस्पर्धा आदिमा पनि राम्रो पौरख देखाएर सफलता लिनसकिने छ । मान्छेहरुबाट प्रशंसा मिल्ने तथा प्रख्याति बढ्ने गोचर देखिएको छ । समयको सदुपयोग गर्नाले साँझसम्म केही मुल्यवान काम सम्पादन गर्न ग्रहले बल दिइरहेको छ । साँझ उपरान्त भने समय केही विपरित बन्नसक्ने लक्षण भएकोले वैचारिक द्वन्द बढ्ने र अशान्ति हुनसक्ने छ सुजबुझपूर्वक व्यवहार गर्नु होला । 
 
तुला राशिः 
तुला राशि हुनेहरुको लागि आज शुरुमा सामान्य कामकार्य सम्पादन हुने खालको दिन रहेको छ ।  तपाईको बोलीवचनले कसैको मन दुखाउनसक्ने सम्भावना गोचरले प्रतित गरिरहेको छ, बोलीव्यवहारमा ख्याल पुर्याउनु होला । काम कार्यमा पनि अल्लि मेहनत बढाउनु नै पर्ला । साँझपखबाट क्रमशः समय बलियो भएर जाने देखिएको छ । पराक्रम बढ्दैजाने र रोकिएर रहेका कार्यहरु पूरा हुनसक्ने तथा अघिबढ्ने छन् । व्यवसायले पनि फट्को मार्ने र मानसिक शान्ति मिल्नेछ । बन्धुबान्धबबाट पनि सहयोग मिल्ने छ भने व्यवसायिक लाभ हुनेछ ।    
 
वृश्चिक राशिः 
वृश्चिक राशि हुने व्यक्तिहरुको लागि आज उमङ्गिलो एवम् कामकार्यमा रुचि बढ्ने खालको दिन रहेको छ । आर्थिक कार्यक्षेत्र तथा पेशाबाट लाभहुने एवम् व्यापार तथा व्यवसायिक उन्नति हुनेछ छ । रोकिएर रहेका केही काम बन्नेछन् । गोचरले अवस्था परिवर्तन गर्ने भएकोले साँझपखबाट भने यहाँको बोलीवचनले कसैको मन दुखाउनसक्ने तथा कसैसँग मनोमालिन्य बढ्ने सम्भावना रहनसक्ने छ ।  धनको अपव्यय वा धनोन्माद बढ्नसक्ने कुरालाई पनि नकार्न सकिन्न । अपेक्षित आश्वासन पूरा हुन अल्लि गा¥हो परेपनि धैर्यधारणको अभ्यास गर्नु बुद्धिमानी हुनेछ । 
 
धनु राशिः 
धनुराशि हुनेहरुको लागि आज यद्यपि साँझबाट सुधार आउनेछ तथापि दिन संघर्षकारक नै रहेको बुझ्न जरुरी छ । आयभन्दा खर्चको मात्रा बढी हुने र समस्या थपिने तथा गर्न लागेको कामकार्यमा अबरोध सृजना हुनेक्रम रहनसक्ने छ ।  सानो काम पनि अल्लि ठूलै परिश्रमले मात्रै सम्पादन हुनसक्ला । कहीँकतैबाट हुने अवमूल्यन जस्तो व्यवहारको पनि सामना गर्न पर्नसक्छ । विचलित नभई स्वकर्म तथा कर्तव्यमा रहनाले साँझबाट परिस्थितिमा सुधार आई समस्याहरु सुल्झिन थाल्नेछन् । क्रमशः मानसिक शान्ति बढ्ने र चैन मिल्ने छ । 
 
मकर राशिः 
मकर राशि हुने व्यक्तिहरुको लागि आज व्यवसायिक प्रगति हुने तथा उद्यम विकासको अवसर मिल्ने छ । इष्टमित्रसँग मिलन हुने र कुनै प्रकारको सहयोग आदि प्राप्ति पनि गर्नसकिने छ । छोटोसमयमा सम्पन्न हुने कामहरु बनाउन सकिने छ भने व्यापार व्यवसाय आदिबाट धनार्जन पनि हुनेछ । साँझ उपरान्तबाट भने खर्च बढ्ने खालको ग्रहको योग देखिएको छ । पारिवारिक आवश्यकता बढ्ने र सञ्चित धर्नको व्यय हुने सम्भावना देखिन्छ । केही प्रतिकूलता तथा संघर्षको सृजना पनि नहोला भन्नसकिन्न, सावधानी अप्नाउनु पर्ला । 
 
कुम्भ राशिः 
कुम्भ राशिका व्यक्तिहरुको लागि आज आयप्रद दिन देखिएको छ । स्वकार्यमा रत्रहनाले व्यवसायबाट राम्रो उपलब्धि लिनसकिने छ । औकात एवम् स्तर अनुसार समाजसेवा, राजनीति एवम् जागिर आदिमा प्रगति हुनेछ । सामाजिक प्रतिष्ठा तथा आत्मबल एवम् यशकृति बृद्धि हुनाले सुख र सन्तुष्टिको अनुभूति हुनेछ । प्रशंसक बढ्ने र आफन्तिको शुभसमाचार प्राप्त हुनेछ । सम्मानित यात्राको अवसर पनि मिल्नसक्ने सम्भावना देखिएको छ । यो गोचर जनित शुभफल पाउन जन्मग्रहमा प्रतिकूल दशा भाग्नेहरुले भने केही उपायको अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । 
 
मीन राशि 
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन केही हद्सम्म धर्म–अध्यात्मको सम्बन्धमा उठेका सन्देह तथा जिज्ञाशाको समाधान मिल्नसक्ने छ । अपयशको बाबजुतपनि वैयक्तिक विकास हुने र समसामयिक दिनचर्याका समस्याहरु सुल्झिदै जाने देखिन्छ । दिनको उत्तरार्धबाट क्रमशः सफलता बढ्नेछ । तथापि मान्यजन कष्ट आदिको सम्भावनालाई गोचरले नकार्न सकेको छैन । राजनीति, समाजसेवा तथा जागिर आदि राज्य एवम् समाजसँग सम्बन्धित कार्यमा प्रतिष्ठा तथा जिम्मेवारी बढ्नसक्ने छ । केही सन्देहको बाबजुतपनि मुल्याङ्कनमा अग्रता मिल्नेछ । कृति एवम् यश बृद्धि गर्नसकिने छ ।   
Loading...