Loading...
काठमाडौं, २९ साउन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासमेत आबद्ध संघीय गठबन्धनले पूर्वसहमति अनुसार नै संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको छ ।
संविधान संशोधनमार्फत सीमांकनसहितका आफ्ना माग पूरा नगरे सरकारलार्इ दिएको समर्थन फिर्ता लिने चेतावनी गठबन्धनले दिएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।
सरकार गठन पूर्व नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेस मोर्चासहितको संघीय गठबन्धनबीच भएको तीन बुँदे सम्झौता कार्यान्वयन नभए समर्थन फिर्ता लिने निर्णय भइसकेको मोर्चाका नेताले बताएका छन् ।
असोजभित्रै आफ्ना माग पूरा हुनु पर्ने मोर्चाको अडान छ । मधेसी मोर्चाले तीन पक्षबीच भएको तीन बुँदे सहमति यथाशीघ्र असोज महिनाभित्र इमानदारिपूर्वक कार्यान्वयन हुनु पर्ने बताउँदै सोका लागि प्रधानमन्त्रीलाई दबाब दिइरहेको छ ।
दबाब स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहालको पक्षमा मतदान गरे पनि व्यवस्थापिका संसदमा मोर्चाका सांसद प्रतिपक्षकै बेन्चमा बसिरहेका छन् ।
Loading...
Social Buttons