Latest News

सम्झनामा सुशील कोइरालाः२५ मिनेट मैदानमा टिकेर यसरी फुटबल खेलेका थिए सुशील कोइराला

गत जेठ २३ गते नयाँ पत्रिका दैनिकले भूकम्पपीडितको सहयोगार्थ सशस्त्र प्रहरी बलको हलचोकस्थित मैदानमा आयोजना गरेको राजनीतिक दलका शीर्ष नेता र चर्चित कलाकारबीचको मैत्रीपूर्ण खेलका क्रममा तत्कालिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले निकै रोचक फुटबल खेलेका थिए ।

नेता टिमको क्याप्टेनको जिम्मा पाएका सुशील क्याप्टेनकै शैलीमा ११ नम्बर जर्सीमा मैदान उत्रिएर दगुर्दै मैदान प्रवेश गरेको देख्दा दर्शक हाँसेका थिए । तर, मैदानमा उनको फुर्ती देखेपछि सबैले तारिफ गरेका थिए ।

कमजोर स्वास्थ्यका बाबजुद सुशील लगातार २५ मिनेट मैदानमा भिडे । जबकी कम उमेर र स्वास्थ्यका हिसाबले तुलनात्मक रुपमा सबल ठानिएका एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, बाबुराम भट्टराई लगायत नेता १० मिनेट पनि मैदानमा टिक्न सकेनन् ।

२५ मिनेट मैदनमा रहेर टिमको नेतृत्व गर्दा दुई पटक सुशीलको खुट्टामा बल पुगेको थियो । नेता टिमको मुख्य प्रशिक्षक रहेका राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक हरि खड्काले दुईपटक सम्म कोइरालालाई मैदानबाहिर आउन आग्रह गरेका थिए ।
तर, उनले मानेनन् । एमाले सचिव योगेश भट्टराईले दोश्रोपटक गरेको आग्रह स्विकार गरेर उनलेले मैदान छाडेका थिए ।
उनी मैदानबाट बाहिरिँदा दर्शक दिर्घाबाट गड्गडाहट ताली बजेको थियो । क्यान्सर रोगबाट पीडित सुशीलले त्यसबेला देखाएको आफ्नो फूर्तिलो खेल उनको समझनाको एक पाटो हुन सक्छ ।
Loading...