Loading...
पिता रक्षति कौमारे भर्ता रक्षति यौवने : पुत्रश्च स्थविर भावे नस्त्री स्वातनत्रयमर्हती : मनुको यो श्लोकको अर्थ आजको भौतिक समाजको युगमा अर्कै प्रकारले लगाइन्छ तर यसको अर्थ यसप्रकार गर्नुपर्छ छोरीको रक्षा बाबु तरुनीको रक्षा लोग्ने र आमाको रक्षा छोराले गर्दछन् । स्त्री स्वतन्त्र रहेर आफ्नो रक्षा गर्न सक्तिनन् ।
यो साँचो हो स्त्री शक्तिरुपा हुन् एवं शक्तिको स्वरुप हुन् । सारा संसारको शक्ति स्त्रीजातिहरुद्वारा नै मिल्दछ तर उनको शक्तिको देखरेख गर्नु कौमार्यावस्थासम्म बाबुको कर्तव्य हो ।
दिन प्रतिदिन उत्तरोत्तर उनको शक्तिको विकास हुँदै जाओस्, यसको भार कौमार्यावस्थामा बाबुमा छ । यसपछि युवावस्थामा उनको शक्तिको रेखदेख राख्नु लोग्नेको काम हो । गृहस्थ धर्मलाई सुचारु रुपले सञ्चालित एवं धर्मयुक्त सन्तानोत्पति गरेर उनको शक्ति देखरेख गर्नु अर्थात् उनको शक्ति कतै पनि कम नहोस् यो कुराको ध्यान राख्नु पतिको कर्तव्य हो ।
गृहस्थाश्रम समाप्त गरेपछि उनको शक्तिको रेखदेख गर्नु र सेवा गर्नु छोराको कर्तव्य हो । उनको शक्ति जति सञ्चय हुन्छ उति नै उनको आत्माको विकास हुन्छ ।
धार्मिक आध्यात्मिक संस्कारशून्य समाजका मानिसमा स्त्रीलाई घाँटीमा डोरी बाँधेर राख्ने प्रथा हुन सक्तछ खाली एक दुई महिनाको लागि पनि विवाह दर्ता गर्ने अवस्था हुन सक्तछ तर हिन्दु धर्ममा यो व्यवस्था कहिले रहेन त्यसमा त स्त्रीले एकै पुरुषसँग सम्बन्ध शुद्ध धर्ममूलक रहृयो ।
धर्म नियन्त्रित स्नेह एवं अर्थ व्यवस्था त्यसको आनुषङ्गकि फल रहृयो । पशुहरुको अपेक्षा मनुष्यको मनुष्यता एवं विशेषता नै यो छ । मनुष्यको प्रत्यक्ष अनुमानको अतिरिक्त आगम शास्त्र प्रमाण पनि मान्दछ र तदनुकूल ऊ धार्मिक हुन्छ ।
पति पत्नीको असाधारण सम्बन्धले पत्नी पुत्री बहिनी आमा आदिको असाधारण व्यवस्था हुन्छ । तदनुकूल नै उत्तराधिकारीको व्यवस्था पनि चल्दछ । त्यसैले आस्तिकवादीहरुको भनाइ छ प्रत्यक्षानुमानाश्रति वृद्धि जहाँसम्म कुद्छ त्यहाँसम्म हिँड्नेहरु वानर आदि पशु हुन्छन् । तर प्रत्यक्षानुमानातिरिक्त आगमको शास्त्रको अनुसार धार्मिक आध्यात्मिक सामाजिक व्यवस्था गरेर हिँड्नेहरु नर अर्थात् मानव हुन्छन् ।
जडवासीहरुको धारणा
आजकलका जडवादी मानिस धर्मलाई नमानेर भन्दछन् पातिब्रत धर्म खालि व्यक्तिगत सम्पतिको आधार बनेको छ । समाज नष्ट भ्रष्ट नहोस् यसैले एउटै पुरुषसँग सम्बन्ध राख्नलाई स्त्रीलाई सम्झाबुझाई राजी गराइए र तदनुसार नै धर्म नीति रिवाज बनाई एवं स्त्रीको स्वतन्त्रतामा धर्म र भगवान् रिसाउने डर देखाए । यसको अतिरिक्त पातिब्रत्य धर्मको अरु कुनै अर्थ छैन ।
जडवादीहरुबाट योभन्दा धेरै आशा पनि के गर्न सकिन्छ र जसको दृष्टिमा विश्वको कारण सर्वज्ञ ईश्वर नै रहँदैन जो भूतप्रेतको कल्पनालाई नै परिस्कृत रुपमा ईश्वरको कल्पना गर्दछन् जसको मतानुसार धर्म कल्पनाभी मस्तिष्कको भ्रम मात्र हो उनीहरु सीता सावित्री आदिको परम गम्भीर पातिव्रत्य धर्मलाई कसरी बुझ्न सक्तछन् ?
सीताको अग्नि प्रवेशद्वारा दिव्य रुपमा जीवित हुनु सावित्रीले यमराजसँग आफ्नो मृत पतिलाई फेरि प्राप्त गर्नु शाण्डिलीले सूर्यनारायणलाई उदाउनका लागि प्रतिबन्ध लगाउनु आदि जडवादी दृष्टिले खालि कल्पना मात्र नै हो ।
आश्चर्य छ तर बाँदरबाट मनुष्य उत्पन्न हुने निराधार विकासवादी इतिहास सत्य छ ।
आश्चर्य छ तर बाँदरबाट मनुष्य उत्पन्न हुने निराधार विकासवादी इतिहास सत्य छ ।
आधुनिक जडवादी पश्चिमी देशहरुको अस्तव्यस्त पारिवारिक सम्बन्धलाई तथा अनेक कटुपरिणामलाई देखेर पनि केही बुझिरहेका छैनन् । आफ्नो सुधारवादको नचाँहिदो घोषणा गरेर आफ्नो तथा अरुको जीवनलाई अशान्त एवं दुःखी बनाइरहेछन् ।
स्त्री सधैं नै लज्जाशील हुन्छिन् उनी कहिल्यै अभियोगिनी हुँदिनन् । पुरुष नै स्वेच्छाचारी भएर स्त्रीलाई वेश्या बनाउँदछन् । जहाँ पुरुष स्वेच्छाचारी हुँदैन त्यहाँ स्त्री पनि वेश्या हुनै सक्तिनन् । स्त्री पुरुषको हृदयेश्वरी हुन् आत्मारुप माता हुन् । उनको अंश एवं अधिकारको कुरा जडवादी नास्तिकहरुद्वारा नै उठाएको हो र उठाइन्छ । स्त्रीलाई पुरुष बराबर बनाउने प्रयत्न गर्नु उनको अपमान गर्नु हो । उनका हजारौँ गुण तल खसाल्नु हो ।
विवाह गरेर पारिवारिक कर्तव्यलाई पालना गर्ने उदात्त कर्तव्यलाई झगडा वा झन्झट सम्झने प्रवृत्ति जडवादी उच्छृङखलताको नै प्रेरणा हो । स्त्री र पुरुष सबै यदि नोकर नोकर्नी बने त उनीहरुको सन्तानको पनि अवश्य नै नोकर मनोवृत्ति बन्दछ । आमाको दूध नपाएर जननीको स्नेह नपाएर बट्टाको दूध पिउने बच्चा निम्न श्रेणीका नै हुन्छन् । आमा बाबुको पनि बच्चाहरुमा कुनै प्रेम हुँदैन ।
सबै सम्बन्ध वासना तृप्ति र पैसाको लागि हुन्छ । सानो सानो कुरामा मनमुटाव र अविश्वासको भावनाहरु बढ्दछन् । विवाहको केही दिनमा नै पारपाचुके तलाक गर्ने गराउने परम्परा चलिनैरहन्छ । यसैलाई आजकलको सुधारणा भन्ने या कुधारणा आफैँ विचार गर्नुहोस् ।
पतिव्रता धर्म
धर्मशास्त्र इतिहास पुराणादिमा स्त्रीका लागि सर्वोपरि कर्तव्य मानिएको छ पातिव्रत्य धर्म । पातिव्रत्य धर्मको प्रभावले स्त्री कसैलाई वर वा श्राप दिन सक्तछिन् र आफ्नो पतिलाई पनि आफ्नो साथ परम धर्ममा लग्न सक्तछिन् । सुभा नाम गरेकी स्त्री पातिव्रत्य धर्मको प्रभावले आफ्नो पतिसहित परमधाम गइन् । उनको कथा पद्म पुराणको सृष्टिखण्डमा तथा त्यही पुराणको भूमि खण्डमा कृकल वैश्यको पत्नी सुक्ला जो ज्यादै ठूलो पतिव्रता थिइन् उनको कथा आएको छ ।
इन्द्र र कामदेव पनि उनको डरले भागे । ब्रहृमा विष्णु महेशले उनको घरमा आएर उनलाई दर्शन दिए । उनी आफ्नो पतिसँगै परमगति प्राप्त भइन् ।
पतिव्रता धर्म
धर्मशास्त्र इतिहास पुराणादिमा स्त्रीका लागि सर्वोपरि कर्तव्य मानिएको छ पातिव्रत्य धर्म । पातिव्रत्य धर्मको प्रभावले स्त्री कसैलाई वर वा श्राप दिन सक्तछिन् र आफ्नो पतिलाई पनि आफ्नो साथ परम धर्ममा लग्न सक्तछिन् । सुभा नाम गरेकी स्त्री पातिव्रत्य धर्मको प्रभावले आफ्नो पतिसहित परमधाम गइन् । उनको कथा पद्म पुराणको सृष्टिखण्डमा तथा त्यही पुराणको भूमि खण्डमा कृकल वैश्यको पत्नी सुक्ला जो ज्यादै ठूलो पतिव्रता थिइन् उनको कथा आएको छ ।
इन्द्र र कामदेव पनि उनको डरले भागे । ब्रहृमा विष्णु महेशले उनको घरमा आएर उनलाई दर्शन दिए । उनी आफ्नो पतिसँगै परमगति प्राप्त भइन् ।
अत्रिऋषिकी धर्मपत्नी पतिव्रता अनुसूयाको कथा प्रसिद्ध नै छ । उनले वनवासको समयमा सीताजीलाई पतिव्रता धर्मको विषयमा उत्तम उपदेश दिइन् अर्थात मन वाणी र शरीरले पतिको अनुकूल रहनु नै स्त्रीको परम कर्तव्य हो ।
पतिको धर्मको अनुकूल आज्ञाको पालना गर्नु पत्नीको ठूलो धर्म हो । तर यदि कसैले पतिलाई सेवा र उनको सुख पुर्याउने उद्देश्यले स्वार्थ त्यागपूर्वक पतिको आज्ञाको विपरीत पनि कहिले अग्रह गरे पनि दोष लाग्दैन ।
जसरी भगवान् रामचन्द्रजी सीतालाई वनको धेरै कठिनाइ देखाएर घरमा नै बस्ने आदेश दिनुहुन्छ तर सीता यो आदेशलाई नमानेर उनको सेवाको लागि वन जाने नै आग्रह गर्नुहुन्छ र भन्नुहुन्छ कृपानिधान स्वामिन् ? हजुर वनको ज्यादै डरलाग्दो विषाद दुःख भय कठिनाइ देखाउनुस् तर यी सबै मिलेर हजुरको अलिकता वियोगको कठिनाइ समान पनि हुँदैन गहना भाररुप र संसार यमयातनको समान प्रतीत हुन्छ ।
हजुरको वियोगसम्बन्धी कठोर वचन सुनेर मेरो हृदय फुट्छ । यसबाट यो बुझिन्छ हजुरको विषयमा वियोगको भयंकर दुःखलाई यो मेरो प्राण सहिरहन्छ प्राण देह त्याग गरेर निक्लदैन । हजुर यदि यो सम्झनुहुन्छ सीता मेरो वियोगमा जिउँदी रहन्नन् त हजुर मलाई यस्तो आज्ञा नै दिनुहुन्न थियो ।
श्रीसीताजीले समस्त स्त्रीहरुलाई शिक्षा दिनका लागि स्वयं आचरण गरेर पातिव्रत्य धर्मको दिग्दर्शन गराउनुभयो । उहाँले सुख भोग राजमहल आभूषण रेशमी वस्त्र स्वादिष्ट भोजन आदि सम्पूर्ण सामग्रीहरुलाई तुच्छ सम्झेर त्यसलाई परित्याग गर्नुभयो तथा पतिको सुखको लागि नै पतिसँगै रुखमुनि पर्णशालामा बस्नु सर्दी गर्मी बर्षा आदि सहनु र कन्दमूल र फलफूल खाएर जीवन निर्वाह गर्ने आदि कठोर ब्रतलाई पालन गरेर स्त्रीहरुको परम धर्म पातिव्रत्य धर्मको नियमपूर्वक अनुष्ठान गरेर सबैको लागि सुन्दर आदर्श उपस्थित गर्नुभयो ।
पातिव्रत्य धर्मपरायण सावित्रीको कथा महाभारतको वन पर्वमा आउँछ । पातिव्रत्य धर्मको प्रभावले उनले धर्मराजमाथि पनि विजय प्राप्त गरिन् । सासुससुराका लागि पनि अनेकौं वर मागेर लोग्नेलाई पनि यमराजको फन्दाबाट छुटाइन् । पतिव्रता मदालशाले आफ्ना छोराहरुलाई उत्तम शिक्षा दिएर उनीहरुलाई जीवनमुक्त बनाइदिइन् र आफू उत्तम गतिमा प्राप्त भइन् ।
पतिव्रता दमयन्तीले उनीमाथि खराब दृष्टि राख्ने दुराचारी व्याधालाई आफ्नो पतिव्रता धर्मको प्रभावले भष्म गरेकी थिइन् महाभारत वनपर्व । यस्तै प्रकार अरु पनि अनेक पतिव्रताहरुको उदाहरण इतिहास पुराणादिमा पाइन्छ ।
आजकल त शास्त्र विधिले विवाह नगरेर रजिष्ट्रेशन मात्रले विवाह हुने प्रथाको समर्थन भइरहेछ त्यो कुनै राम्रो प्रथा होइन । यसले विवाहको पवित्रता त नष्ट हुन्छ नै प्रेमको बन्धन पनि रहँदैन जहिले पनि कुरा कुरामा नै विवाह विच्छेदको प्रसंग उपस्थित हुन्छ । पाश्चात्य देशमा आज यही भइरहेछ । त्यसबाट हाम्रा आधुनिक सुधारवादी बन्धुहरुले केही त शिक्षा लिनु पर्दछ । हाम्रो धर्ममा शास्त्रीय पद्धतिले विवाह गर्ने जुन प्रथा प्रचलित छ त्यो ज्यादै नै उत्तम छ ।
त्यसले लोग्ने स्वास्नीको जीवनमा ज्यादै राम्रो प्रभाव पर्छ । त्यसमा लोग्ने स्वास्नीको प्रेम सम्बन्ध आजीवन बनिरहन्छ ।
जस्तो एकनिष्ठ भगवद्भक्तको लागि भगवान्को दर्शन भाषण स्पर्श वार्तालाप चिन्तन सबै रसमय अमृतमय प्रेममय र आनन्दमय हुन्छ ! त्यस्तै प्रकारले पतिमा एकनिष्ठा राख्ने स्त्रीले पतिको दर्शन भाषण स्पर्श वार्तालाप चिन्तन सबै रसमय र आनन्दमय सम्झनुपर्छ ।
जस्तो एकनिष्ठ भगवद्भक्तको लागि भगवान्को दर्शन भाषण स्पर्श वार्तालाप चिन्तन सबै रसमय अमृतमय प्रेममय र आनन्दमय हुन्छ ! त्यस्तै प्रकारले पतिमा एकनिष्ठा राख्ने स्त्रीले पतिको दर्शन भाषण स्पर्श वार्तालाप चिन्तन सबै रसमय र आनन्दमय सम्झनुपर्छ ।
कहिल्यै कुनै समयमा पनि आफ्नो र लोग्ने दुवैको इच्छाहरु न्यायमुक्त भए तापनि आफ्नो इच्छा त्याग गरेर ज्यादै उत्साहले लोग्नेको इच्छा अनुकूल नै आचारण गर्नुपर्छ ।
लोग्नेसँग सधैँ आदर सत्कार प्रेम र त्यागले पूर्ण व्यवहार गर्नुपर्छ । यदि लोग्नेले कुनै धर्म विरुद्ध आचरण गर्नको लागि भने पनि लोग्नेको हितको लागि त्यो कार्य नगरेर अनुनय विनय र स्तुति प्रार्थनाद्वारा उनलाई अधर्मबाट बचाओस् तर पतिको विचारलाई प्रत्यक्ष खण्डन नगरेर जेजसो भन्नु छ जब पति प्रसन्न हुन्छन् अनि हंशमुख र विनययुक्त नै रहनुपर्छ । लोग्नेको सेवाको कार्यलाई यथाशक्य आफैँ गर । लोग्नेको मनमा दुःख हुने काम बिर्सेर पनि नगर ।
लोग्नेका आमा बुवा वा अन्य पूजनीय मानिसहरुलाई पनि आदर सत्कार सेवा पूजा पतिको लागि कर्तव्य सम्झेर गर ।पतिव्रता स्त्रीले आफ्नो छोरा छोरीको सम्मुख आफ्नो उत्तम आचरणहरु र शिष्टाचारको नियमको आदर्श राखेर उनीहरुलाई असल शिक्षा दिऊन् !
कुटुम्बको अरु केटाकेटीको पालन पोषण पनि ज्यादै प्रेमले आफ्ना छोरा छोरी समान गरुन् ! आफ्ना सन्तानको अपेक्षाले उनीहरुलाई पहिले धेरै र राम्रो सेवा दिउन् । यस्तो गर्नाले ती केटाकेटीहरु र उनका आमा बाबु आदि पनि ती नारीको अनुकूल हुन सक्तछन् र स्वार्थरहित भएर गर्नाले त यस लोकमा कीर्ति र परलोकमा परमगति प्राप्त हुन्छ ।
आफ्नो मन बुद्धि इन्दि्रय शरीर तथा आफ्नो अधिकारको वस्तुहरुद्वारा निष्काम भावले अर्काको हित र सेवा गर्नुपर्छ तर अरुद्वारा सेवा गराउन र आदर सत्कार मान मर्यादा र प्रतिष्ठा प्राप्त गर्ने कहिल्यै इच्छा गर्नुहुँदैन । अर्काको माल लिने पनि कहिल्यै इच्छा गर्नुहुँदैन । यदि लिनैपरे पनि त उनीहरुको अरुको सन्तोषको लागि अलिकता लिनु पर्छ चाहे तिनीहरु घर या माइतका मानिस किन नहुन् !
निःस्वार्थ भावले यस्तो लिनु पनि उनीहरुको सेवा नै हो तर अभिमानपूर्वक मान बढाइ र स्वार्थ सिद्धिको इच्छाले मन वाणी शरीर पदार्थहरुद्वारा अर्काको सेवा सत्कार गर्नु पनि वास्तविक सेवा सत्कार होइन । घरको प्रत्येक कार्यलाई पतिको इच्छाअनुकूल ज्यादै राम्रो तरिकाले रेखदेख गरुन् र आफ्नो घरको परिस्थितिलाई बुझेर नै खर्च गरुन् अनावश्यक खर्च कहिले नगरुन् । मनुले भनेका छन् !
सदा प्रहृष्टया भाव्यं गृहकार्येषु दक्षया : सुसंस्कृतोपस्करया व्येय चामुक्तहस्तया ::
स्त्रीले सधै नै प्रसन्न रहनु र घरको कार्यमा दक्ष हुनुपपर्छ । उनी घरको प्रत्येक सामाग्रीलाई स्वच्छ राख्ने र अनावश्यक खर्च गर्ने खालकी नबनून् ।
यहाँ यो अत्यन्त महत्वपूर्ण कुरा पनि राम्ररी बुझ्नु पर्यो कि जहाँ स्त्रीका लागि शास्त्रले नारी धर्मको विधान बनाएको छ । त्यहाँ पुरुषहरुको लागि पनि पति धर्मको विधान बनाएको छ ।
यदि पतिहरु उनका स्त्रीहरु पतिव्रता धर्मको पालना गरुन् भन्ने चाहन्छन् त नारीहरु पनि चाहन्छन् कि उनीहरुका पति पनि पत्नीव्रत आदि पति धर्मको पालना गरुन् तर दुःखले यो भन्नुपर्छ यसमा पुरुषले अपेक्षाकृत ज्यादै पति धर्मको उल्लंघन गरिरहेका छन् तथा नारी वर्गले धर्मको नाताले ती सबै कुरालाई सहर्ष सहिरहेछन् ।
अन्यथा पाश्चात्य समाजको अनुसार हाम्रो समाजको पारिवारिक धर्म पनि अस्तव्यस्त हुने थियो । नेपाली पत्रबाट
Loading...
Social Buttons