Latest News

रक्सी रक्सी नै हो, जति पेग पिएपनि हानिकारकः जानौं रक्सीसम्बन्धी भ्रमहरु

alcoholic1
जहाँसम्म यौनशक्तिको कुरा छ, मदिरा सेवनले त्यसलाई झन् कमजोर बनाउँछ । जवान स्वस्थ व्यक्तिको शक्ति कमजोर भएको छ भने त्यसका मुख्य कारण मानसिक तनाव, मधुमेह र मदिराको दुव्र्यसन हुन सक्छन् । औषधि उपचार गर्दा प्रयोग हुने केही दवाइले पनि यौनशक्ति क्षीण पार्छन् । तनाव र औषधिले गरेको कमजोरी अस्थायी हुन्छ र रोग निको भएपछि आफैं हटेर जान्छ । तर मधुमेह र रक्सीबाट हुने यौन दुर्बलता झण्डै स्थायी हुन्छ । आफू कमजोर भएको कारणले नै जँड्याहाहरु आˆनी पत्नीलाई ‘मबाट नपाएको सन्तुष्टि अरुसँग लागेर लिने गरेकी हुनुपर्छ’ भन्ने शंकाले ग्रस्त हुन्छन् ।

एक जना मदिरा दुव्र्यसनी आफ्नो गल्ती पटक्कै स्वीकार्दैनथे । आफूलाई ठीक देखाउन उनी उदाहरण दिन्थे, ‘ठूला बडाका घरमै रक्सी बढी खान्छन् । राष्ट्रपति, मन्त्री जस्ता ठूला पाहुनालाई रक्सीबाटै स्वागत गर्छन् । महान् लेखक र कलाकार दिल खोलेर पिउँछन् । हाम्रा स्वरसम्राट नारायण गोपाल दाइ कति पिउनुहुन्थ्यो या हरिभक्त कटुवालले रक्सीकै नशामा कस्ता-कस्ता कविता पिउनु … माफ गर्नुहोस् लेख्नुहुन्थ्यो ।’ मैले भनेँ, ‘तपाईं पनि त्यस्तै महान् हुन सिर्जना गर्नोस् अनि पिउनु होला । तर आफ्नो कमजोरी लुकाउन आफूले आदर गरेका व्यक्तिको सहारा लिनु त झन् उनीहरुमाथि नै अन्याय र तिरस्कार गर्नु हो ।’बिरामीहरुका यस्ता तर्क सामना गर्दा मलाई एउटा पुरानो घटना सम्झना हुन्छ । म विद्यार्थी छँदा हाम्रो कलेजमा मदिरा दुव्र्यसनसम्बन्धी सेमिनार भएको थियो । दुव्र्यसनको उपचार र रोकथाम गर्ने विशेषज्ञको भेला थियो । सेमिनारको समापनमा आयोजित रात्रिभोजमा भने रक्सीको राम्रै उपयोग भयो । केही सहभागीले त बढी पिएका कारणले साथीहरुले स्याहार्नु परेको थियो । त्यसबेला मेरो मनमा पनि यस्तै प्रश्न उब्जिएका थिए, जुन बिरामीहरु मलाई सोध्ने गर्छन् ।मैले धेरै ठाउँमा लागूपदार्थसम्बन्धी चर्चा गर्दा मदिरा र धूमपानलाई कानुनले छूट दिएको दुव्र्यसन भनेर लेखेको छु । सामाजिक, आर्थिक, मनोवैज्ञानिक प्रभावले हेर्ने हो भने यिनै वैधानिक दुव्र्यसनबाट सबभन्दा बढी हानी भएको छ । तथ्याङ्क हेर्ने हो भने विकसित र आधुनिक समाजमा कडा र खतरनाक नशालु पदार्थबाट मर्नेको संख्याभन्दा कानुनी छूट पाएका लागूपदार्थ (चुरोट र रक्सी) बाट मर्नेको संख्या ३० गुणा बढी छ । अमेरिकामा मात्रै प्रत्येक वर्ष सवारी दुर्घटनामा मर्नेमध्ये झण्डै २५ हजार जतिको मृत्यु रक्सीकै कारणले भएको हुन्छ । यस्ता तथ्याङ्क अनगिन्ती छन् । तैपनि मदिरा सेवन बढिरहेको छ र योसँग सम्बन्धित समस्या जटिल बन्दै गएको छ ।मदिरा सेवनलाई सँधै विशुद्ध दुव्र्यसनको रुपमा मात्र लिनु पनि हुँदैन । मदिरा सेवन मानव सभ्यता शुरू भएदेखि नै प्रचलनमा छ । कतिपय समाजमा यसको प्रयोग धार्मिक र सामाजिक रूपले पनि मान्य छ । नेपालका केही समुदायमा कुखुराको भाले, कुखुराको फुल र मदिरा शुभकार्यमा अनिवार्य छ । विभिन्न धार्मिक शक्तिपीठहरुमा मदिरा पनि चढाइन्छ र त्यहाँको जल या प्रसाद सम्पूर्ण हिन्दूहरुका लागि ग्राह्य मात्र हैन, पवित्र मानिन्छ । प्रायःजसो यहाँ प्रचलित सबै तान्त्रिक विधिहरुमा मदिरा नभई हुँदैन । त्यस्तै क्रिश्चियन धर्मको बाइबलका कथाहरुमा प्रभु येशुले पानीलाई मदिरामा परिणत गरी आफ्नो दैवीशक्ति र चमत्कार देखाएका वर्णन छन् । एक बिशेष भतेरमा आˆनो रगतलाई मदिराको संज्ञा दिएकाले येशुका अनुयायीहरुले पवित्र वस्तुको रुपमा मदिरा सेवन गर्छन् । यसरी धार्मिक र सामाजिक परम्परा सँगै जोडिएर आएको हुनाले आजको समाजमा पनि विविध औपचारिक स्थान र समयमा यसको सेवनले ठाउँ पाएको छ । शायद यिनै ऐतिहासिक, धार्मिक र सामाजिक मान्यताले गर्दा नशालु पदार्थ हुँदाहुँदै पनि मदिराको प्रयोगले वैधानिक छुट पाएको हुनसक्छ ।
मुटुका रोगीलाई थोरै-थोरै मदिरा पिउने सल्लाह दिँदा मदिराबाट हुने दुव्र्यसनबाट बच्ने उपाय पनि सिकाउनु पर्छ । ‘धेरै चाहिँ नपिउनु होला नि !’ भन्नेबाहेक हामीसँग अरू विकल्प पनि छैन । थोरै मात्रामा मदिरा सेवन गर्दा फाइदा गर्छ भन्नुभन्दा सेवन नै नगर्दा के बेफाइदा गर्छ ? के मदिरा सेवन नगर्नेलाई बढी मुटुको रोग लाग्छ ? यो पनि बुझ्नु जरुरी छ ।
हिजोआज बिरामीसँग मदिराबारे चर्चा गर्दा एउटा नयाँ तर्क पनि सुन्न पाइन्छ । थोरै मात्रामा अड्कलेर पिउने गरेमा यसले मुटुरोगीलाई फाइदा गर्छ रे ! रोग लागिसकेकालाई त फाइदा गर्छ भने झन् रोग नै नलागेका निरोगीले पनि थोरै-थोरै सधैँ पिउने गरेमा मुटुको रोग नै लाग्दैन होला ! तर यो तर्कसँगै खतरनाक कुतर्क लुकेको छ । कुनै वस्तुको लाभको चर्चा गर्दा त्यसबाट हुने प्रत्यक्ष,अप्रत्यक्ष हानी र त्यसले उत्पन्न गर्ने खतरासँग जोड-घटाउ गरेर मात्र शुद्ध लाभको मूल्याङ्कन गर्नुपर्छ । उदाहरणका रूपमा हाल प्रचलित दुखाइ कम गर्ने दवाईहरु (Painkiller) भन्दा अफिम या माफिर्या बढी प्रभावकारी, सस्तो र हानिरहित मानिन्छन् । तर, अफिमको सेवनबाट प्रायः छुटाउन नसकिने दुव्र्यसन पैदा गर्ने हुँदा अफिम या माफिर्यालाई अति विशेष स्थितिमा बाहेक दुखाइ कम गर्ने (Painkiller)को रुपमा प्रयोग गरिँदैन । मुटुका रोगीलाई थोरै-थोरै मदिरा पिउने सल्लाह दिँदा मदिराबाट हुने दुव्र्यसनबाट बच्ने उपाय पनि सिकाउनु पर्छ । ‘धेरै चाहिँ नपिउनु होला नि !’ भन्नेबाहेक हामीसँग अरू विकल्प पनि छैन । थोरै मात्रामा मदिरा सेवन गर्दा फाइदा गर्छ भन्नुभन्दा सेवन नै नगर्दा के बेफाइदा गर्छ ? के मदिरा सेवन नगर्नेलाई बढी मुटुको रोग लाग्छ ? यो पनि बुझ्नु जरुरी छ ।
रक्सी नखाँदा कुनै पनि हानी या खतरा पैदा हुँदैन । यसको सेवन गर्नु जरुरी नभएको र सेवन नगर्दा कुनै हानि नगर्ने हुँदा हामीले कतिसम्म खान हुन्छ, कुन-कुन परिकारका मदिरा उत्तम मानिन्छन्, कस्तो समयमा सेवन गर्न ठीक छ, कस्तो स्थितिमा सुरक्षित सेवन मानिन्छ जस्ता प्रश्न अनावश्यक र भ्रम सिर्जना गर्ने खालका हुनाले मदिरा सेवनको यो पक्षलाई यहीँ टुंग्याउनु उचित हुनेछ ।
मदिरा सेवनबारे जनमानसमा केही भ्रम विद्यमान छन् । रक्सी पिएको बेलामा मन आँटिलो हुने, फूर्ति आउने, गाह्रो काम गर्न जोश-हिम्मत बढ्ने आदि । रक्सीले मान्छेको मस्तिष्कलाई धुमिल्याउने, सतर्कता, होशियारी र खतराको महसूसलाई कमजोर पारिदिने हुनाले आफू आँटिलो भएको अनुभव हुन्छ । खाल्टैखाल्टा भएको जमीनमा हिँड्दा खाल्टामा परिन्छ कि भनेर हामी सतर्क हुन्छौं । तर वर्षपछि छिपछिपे पानीले त्यही जमीन ढाक्यो भने खाल्टा देखिँदैनन्, सबै समतल देखिन्छ । त्यस्तो अवस्थामा आँटिलो भएर हिँड्दैमा खाल्टामा परिने खतरा टर्दैन । त्यस्तै मदिरा सेवन गरेको बेलामा आउने, आँट, जोश पनि देखावटी मात्रै हो ,यसले झन् ठूलो खतरा निम्त्याउन सक्छ ।
बुझ्नुपर्ने कुरा के हो भने रक्सीले कहिल्यै जाडो कम गर्दैन । जाडो हुँदा छालामा काँढा उमि्रएको हामी सबैले अनुभव गरेकै कुरा हो । छालाका मसिना रक्तनली साँगुरिने भएकाले शरीरको रगतमा भएको तापक्रम छालाबाट चिसो हावामा बाहिर बग्दैन र केही हदसम्म शरीरलाई चिसो लाग्नबाट बचाउँछ । तर, रक्सी खाँदा उल्टै छालाका नली फुकाइदिन्छ, शरीरको तातो रगत बढी मात्रामा छालामा आउँछ, चिसो हावासँग सम्पर्क गर्छ र बढी ताप नष्ट हुन्छ ।
धेरै थाकेको बेलामा रक्सीले आराम दिन्छ र थकाइ मेटाउँछ भन्ने अर्को एउटा प्रचलित भ्रम छ । तर कहिलेकाहिँ मात्र पिउँनेलाई अलिकति पिएर सुतेको भोलिपल्ट शरीरमा आराम र फूर्तिको सट्टा भारीपन, टाउको दुख्ने, वाकवाक लाग्ने, शरीर दुख्ने जस्ता अनुभव भएको राम्ररी थाहा हुनुपर्छ । शरीरमा प्रवेश गरेको रक्सी पचाउनु पर्दैन, यो सोझै शरीरका हरेक अंगमा पुग्छ । यसलाई बाहिर फाल्नु अगाडि शरीरले यसलाई अरु रासायनिक वस्तुमा परिणत गर्छ । त्यसरी पैदा हुने ‘एसिटाइल डिहाइड्रेड’ भन्ने तत्व विषालु मानिन्छ । यसका कारण टाउको दुख्ने, उल्टी आउन खोज्ने र मांशपेशी दुख्ने हुन्छ । कतिपयमा रक्सीले यौनशक्ति बढाउँछ भन्ने गलत धारणा पनि पाइन्छ । रक्सी लागेको बेला यसले शारीरिक र मानसिक क्रियालाई दबाउँछ । त्यसरी दबिने क्रममा सबैभन्दा संवेदनशील मानसिक क्रिया-आत्ममूल्याङ्कन, सतर्कता र संयम पनि दबिन्छन् । नियन्त्रित अवस्थामा रहेका उत्तेजना आक्रामक स्वभाव, उत्ताउलोपन माथि आउँछन् । व्यक्तिले लाज, डर र खतरा महसूस गर्दैन । ऊ उत्ताउलो र नकच्चरो बन्छ । अरु बेला हिम्मत नगरेका काम अरुलाई जिस्क्याउने, पिछा गर्ने, हात हाल्ने गर्छ । तर आफूलाई लाज शरमको अनुभव नहुँदैमा लज्जास्पद बोली या काम अरुलाई सामान्य हुन सक्दैन । रक्सीले छोडेपछि सबै लाज-शरम आफैंलाई दोब्बर अनुभव हुन्छ र झन् शिर निहुर्‍याउन वाध्य हुनुपर्छ ।
जहाँसम्म यौनशक्तिको कुरा छ, मदिरा सेवनले त्यसलाई झन् कमजोर बनाउँछ । जवान स्वस्थ व्यक्तिको शक्ति कमजोर भएको छ भने त्यसका मुख्य कारण मानसिक तनाव, मधुमेह र मदिराको दुव्र्यसन हुन सक्छन् । औषधि उपचार गर्दा प्रयोग हुने केही दवाइले पनि यौनशक्ति क्षीण पार्छन् । तनाव र औषधिले गरेको कमजोरी अस्थायी हुन्छ र रोग निको भएपछि आफैं हटेर जान्छ । तर मधुमेह र रक्सीबाट हुने यौन दुर्बलता झण्डै स्थायी हुन्छ । आफू कमजोर भएको कारणले नै जँड्याहाहरु आˆनी पत्नीलाई ‘मबाट नपाएको सन्तुष्टि अरुसँग लागेर लिने गरेकी हुनुपर्छ’ भन्ने शंकाले ग्रस्त हुन्छन् ।
health-fitness-tips-medicine-alcoholरक्सी पिएपछि त्यसले पेट पोल्छ । आमाशयको भित्री भाग जलाउँछ, पाचन रसको मात्रा घटाइदिन्छ र सुख्खा पेटमा अजीर्ण गराउँछ । तर कतिपय व्यक्ति रक्सीले पचाउँछ, हजम गर्छ र रक्सी खाएको बेला जति खाएपनि हुन्छ भन्ने ठान्छन् । मदिरा दुव्र्यसनीलाई डाक्टरकहाँ लैजाँदा बुज्रुक व्यक्तिहरु पनि साथमै आउँछन् । मदिरा सेवनकर्ता दुव्र्यसनको चरणमा पुगेपछि खाना पचाउन छाड्छ, भोक लाग्दैन, दैनिक आहारा कम हुन्छ र रक्सी मात्र पिउँछ । त्यसैलाई इंगित गर्दै बुज्रुकहरु भन्छन्, ‘पिउन पनि त जान्नुपर्छ, त्यसरी बोतलका बोतल धोकेपछि कहाँ हुन्छ त ! हामी पनि टन्न पिउँछौं । २-४ क्वाटर पिउँदा १-२ किलो मासु पनि सिध्याइन्छ । रक्सीले त्यही मासु पचाउँछ, जीउ पनि बचाउँछ ।’ तर रक्सी मात्रै खानेको चाहिँ शरीरकै मासु पचिरहेको हुन्छ । तर, विचरा बुज्रुकहरू यसरी २-४ क्वाटरको दरले पिउँदै जाँदा आˆनो गन्तव्य पनि त्यही ‘बिना मासुको रक्सी’ मा पुग्छ भन्ने बुझ्दैनन् । बिरामी पनि यस्ता कुरा सुनेपछि पसीना र कम्पन सहितको हातले इशारा गर्दै दयनीय स्वरले थप्छन्, ‘ पहिला त म पनि त्यसै भन्थेँ, २-३ प्लेट ममचा र भुटन एकै बसाइमा रित्याउँथें । अब त एक गाँस भात पनि पच्दैन ।’

केही समय अगाडि एक जना स्वास्थ्यकर्मीलाई नै मदिराको लतबाट छुटाउनु पर्‍यो । मैले उनीसँग कसरी त्यस्तो अवस्था आयो भनेर सोधेँ । उनले लामो जवाफ एक सासमा दिँदै भने, ‘जागिरमा राजनीति लाग्यो । आफ्नै मेडिकल हल र क्लिनिक छोडेर जागिर जोगाउन कर्णालीका हेल्थपोस्टमा जानुपर्‍यो । केही काम थिएन, जाडो धेरै, सबैले पिउने । फेरि परिवार छोडेर एक्लै बस्नुपर्ने अवस्था । जाडो भगाउन पिउँदा-पिउँदा लत नै बस्यो । पछि सरुवा भएर घर आउँदा रक्सी नभइ नहुने भइएछ । ‘
बुझ्नुपर्ने कुरा के हो भने रक्सीले कहिल्यै जाडो कम गर्दैन । जाडो हुँदा छालामा काँढा उमि्रएको हामी सबैले अनुभव गरेकै कुरा हो । छालाका मसिना रक्तनली साँगुरिने भएकाले शरीरको रगतमा भएको तापक्रम छालाबाट चिसो हावामा बाहिर बग्दैन र केही हदसम्म शरीरलाई चिसो लाग्नबाट बचाउँछ । तर, रक्सी खाँदा उल्टै छालाका नली फुकाइदिन्छ, शरीरको तातो रगत बढी मात्रामा छालामा आउँछ, चिसो हावासँग सम्पर्क गर्छ र बढी ताप नष्ट हुन्छ । शरीरले तातोपन गुमाएकोले चिसो घुस्छ । तर बढी तातो रगत छालामा खेल्ने हुनाले न्यानोपनको गलत भ्रम उत्पन्न हुन्छ । ठण्डी लागेको बेला घाँटी या गला दुखेमा रक्सी सेवनबाट कम हुँदैन बरु उल्टो बढ्न सक्छ । रक्सीले चिसोबाट कदापि बचाउँदैन ।
रक्सीबारे यस्ता अनगिन्ती भ्रम छन् । अर्थात् प्रायःजसो सबै जनविश्वास भ्रमपूर्ण नै छन् । बिरलै अवस्थामा मदिराको प्रयोग उपयोगी हुन सक्छ । तर सम्बन्धित विज्ञले निश्चित उद्देश्यका लागि त्यस्तो प्रयोग गर्ने स्वीकृति दिएमा मात्र पिउन मिल्छ । सामान्य दैनिक जीवनमा रक्सी कुनै पनि दृष्टिकोणले लाभदायक छैन, यो सधैं हानिकारक मानिन्छ । तर, रहस्यमय के छ भने मदिरा यस्तो वस्तु हो, जसले कवि, लेखक, कलाकारदेखि राजनीतिज्ञलगायत असंख्य सर्वसाधारणलाई युगौंदेखि आफ्नो वशमा लिएर नष्ट पारेको छ । अझ कति व्यक्ति र परिवारलाई यसले बगाउँछ त्यो अहिले समयकै गर्भमा छ ।
– डा. विश्व बन्धु शर्माको पुस्तक ‘मानसिक स्वास्थ्यका विविध आयाम’ बाट
Loading...