Latest News

गोर्खाली साँच्चिकै बीरः ३० तालिबानी मारेर 'हिरो' बनेका नेपाली गोर्खा (तस्विर सहित)

काठमाडौं ।
नेपाली युवकहरु ने
पाली सेनामा मात्र होइन छिमेकी देश भारत र मित्र राष्ट्र बेलायतको सेना समेत बन्छन् । संसारमा एक देशको नागरिक छिमेकी देशको सैनिक बन्ने परंपरा भारत र नेपालमा मात्र छ ।
बेलायती सेनाको तर्फबाट दोश्रो विश्वयुद्ध देखि अन्य युद्ध लडेका नेपालीहरुलाई बीर गोर्खाली भन्ने गरिन्छ । गोर्खा सैनिक भन्ने वित्तिकै विश्वका धेरै सेना डराउँछन् । बीर गोर्खाका विषयमा अनेकन किस्सा समेत संसारभरी चर्चित छन् ।
भिडन्त शुरु भो । गोली र रकेट आक्रमण भैरहेको थियो । दीप पुनको चौकीमा क्षति पुर्‍याउन उद्देश्यले लडाकुहरुले आक्रमण गरिरहेका थिए । तर पनि पुनले निडर बनेर मेशिन गनलाई ट्राइपोडमा राखेर चारैतिर गोली प्रहार गरे ।
बीर गोर्खालीको छविले नै नेपाल अहिले सम्म कसैको पनि गुलाम बनेको छैन । छिमेकी देश भारत गुलाम भएपनि सानो देश नेपाल गुलाम भएन । गोर्खालीलाई निडर शूरवीर मानिन्छ । सन् १८१६ को एङ्गलो-नेपाली अर्थात अंग्रेज-नेपाल युद्धपछि नेपालीहरु बेलायती सेनामा जाने परंपरा शुरु भएको थियो । दुर्गम देखि सुगम क्षेत्रमा समेत बहादुरी प्रदर्शन गर्न सक्ने भएका कारण नेपाली युवाहरुलाई बेलायत र भारतले सेनामा लिने गरेका छन् ।
gorkha rifels
विश्व युद्धमा भिक्टोरिया क्रश जितेका पुर्खाको गौरवलाई कायम राख्दै गोरखाका दीप पुनले एक्लै ३० जना तालिबानी मारेपछि उनको चर्चा बेलायत देखि विश्वभरी भयो । यो घटना सन् २०१० मा भएको थियो ।
Dip Pun Gorkha Sainik
सन् २०१० को डिसेम्बरको एक साँझको कुरा हो अफगानिस्ताको हेल्मन्द प्रान्तमा एक चौकीमा तैनाथ थिए रोयल गोर्खा राइफल्सका हवलदार दीपप्रसाद पुन दोम्जाली । त्यतिकैमा एक्कासी हल्ला खल्ला भो । उनले राम्रोसँग नियालेपछि चाल पाए नजिकै दुई विद्रोही तालिबानीहरुले सडकमा विष्फोटक पदार्थ राख्ने कोशिस गर्दैछन् । र चारैतिरबाट लडाकुले घेरिसकेका छन् । यति हुँदा पनि दीप आत्तिएनन् ।
भिडन्त शुरु भो । गोली र रकेट आक्रमण भैरहेको थियो । पुनको चौकीमा क्षति पुर्‍याउन उद्देश्यले लडाकुहरुले आक्रमण गरिरहेका थिए । तर पनि पुनले निडर बनेर मेशिन गनलाई ट्राइपोडमा राखेर चारैतिर गोली प्रहार गरे ।
उक्त समारोहमा उपस्थित हस्तिहरुलाई सम्बोधन गर्दै दीपले भने, “त्यतिबेला म निराश थिइन् । किन भने लड्ने भन्दा मसँग अरु कुनै विकल्प पनि थिएन । तालबानीहरुले चारैतिर चेकपोइन्टबाट मलाई घेरेका थिए र म एक्लो थिएँ । जसरी उनीहरुले मलाई घेरिरहेका थिए मैले बुझिसकेको थिएँ कि म मर्ने निश्चित छ । तव लाग्यो सके सम्म धेरैलाई मारेर मात्र मर्छु”
उनले आक्रमणकारीलाई मौका नै दिएनन् । १७ वटा ग्रिनेड आफू तर्फ प्रहार भैसकेका थिए । जव ग्रिनेड सकिए उनीमाथि एसए-80 ले आक्रमण थालियो । लडाकुहरुले ल्याण्डमाइन पड्काउँदा पनि उनी हच्किएनन् ।
अनुभव सुनाउँदै उनी भन्छन्, “एक तालिबानी लडाकु गार्ड हाउससँग जोडिएको टावरमा चढ्ने कोशिस गरिरहेको थियो, त्यतिबेला जसरी पनि उसलाई जमिनमा लडाउनु थियो । मैले जव उसलाई त्यहाँबाट हटाउन सफल भएको थिएँ त्यतिनै बेला मेरो हतियारले धोका दियो । मैले मेशिनगनको ट्राइपोड उठाएर तालिबानको अनुहारमा प्रहार गरे त्यसपछि उ जमिनमा लड्न पुग्यो । “
पुनले त्यो लडाकुसँग त्यतिबेला सम्म लडिरहे जतिबेला सम्म अन्य सैनिक सहयोगका लागि आइपुगेका थिएनन् । अलिबेरमा अतिरिक्त सेना समेत त्यहाँ पुग्यो । पुनले त्यतिबेला सम्म एक्लै ३० तालिबानी लडाकुलाई मारेर लडाइसकेका थिए । अहिले पनि उनलाई त्यो दिन सम्झिँदा उनको अनुहारले सबै कहानी भनेको जस्तो अनुभव हुन्छ ।
बेलायती महारानी ऐलिजाबेथ द्वितीयले पुनलाई यो बहादुरीका लागि ‘बकिङ्घम दरवारमा’ आयोजित एक समारोहमा उनलाई ‘कन्सपिक्युअस गैलेन्ट्री क्रस’ पुरस्कारले सम्मान गरेकी थिइन् ।
Dip Pun Gorkha Sainik 1
उक्त समारोहमा उपस्थित हस्तिहरुलाई सम्बोधन गर्दै दीपले भने, “त्यतिबेला म निराश थिइन् । किन भने लड्ने भन्दा मसँग अरु कुनै विकल्प पनि थिएन । तालबानीहरुले चारैतिर चेकपोइन्टबाट मलाई घेरेका थिए र म एक्लो थिएँ । जसरी उनीहरुले मलाई घेरिरहेका थिए मैले बुझिसकेको थिएँ कि म मर्ने निश्चित छ । तव लाग्यो सके सम्म धेरैलाई मारेर मात्र मर्छु” ।
उनको भाषण सुनेर समारोहमा लामो समय सम्म तालीले गुञ्जियो । युद्धका हस्तिहरु समेत आवाक बनेका थिए ।
घटनापछि गन्ने बेला मात्र थाहा भयो कि पुनले यो लडाइमा कुल २५० मेशिन गन र १८० एस-80 राउण्ड फायर गरेका थिए । त्यस्तै उनले ६ फस्पोरस ग्रिनेड, छ नर्मल ग्रिनेड र एक क्लेमोर माइन समेत फ्याँकेका थिए ।
Dip Pun Gorkha Sainik 2
स्मरण रहोस पुनको परिवार पुस्तौं देखि ब्रिटिश गोर्खा सैनिकमा कार्यरत छ । उनका पिता पनि गोरखा राइफल्नसमा थिए भने उनका हजुरबुबा दोश्रो विश्व युद्धको समयमा बेलायती सेनाको तर्फबाट बर्मामा आफ्नो बहादुरी देखाएर ‘भिक्टोरिया क्रस’बाट सम्मानित भएका थिए ।
एक अन्तराष्ट्रिय सञ्चार माध्यममा प्रकाशित फिचरमा आधारित- सम्पादक
Loading...