Latest News

मोर्चाका दुई नेता सितामढी हुँदै दिल्ली प्रस्थान

rajendra mahato Mahendra yadav sitamadiकाठमाण्डु, १९ मंसिर– भारतको नया दिल्ली जानुअघि मधेसी मोर्चाका नेताहरु सितामढी गएका छन् ।
बिहीबार सर्लाहीको नवलपुरमा मोर्चाको आमसभामा प्रहरीले चलाएको गोली लागी घाइते भएका कार्यकर्तालाई भेट्न भन्दै शनिबार सद्भावना अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना अध्यक्ष महेन्द्र राय यादव सितामढी गएका हुन् ।
मोर्चाका घाइते कार्यकर्ताको भारतको सितामढीमा उपचार भइरहेको छ । महतो र यादव घाइते कार्यकर्तालाई भेटेर शनिबारै पटना हुँदै दिल्ली जाने कार्यक्रम तय भएको छ ।
यसअघि मोर्चाका चारै जना अध्यक्ष काठमाण्डुबाट आइतबार बिहान दिल्ली जाने कार्यक्रम तय भएको थियो ।
घाइते कार्यकर्तालाई भेट्ने भन्दै महतो र यादव पटनाबाट दिल्ली जाने भएपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तमलोपा अध्यक्ष महन्थ ठाकुर मात्र आइतबार बिहान काठमाण्डुबाट दिल्ली जान लागेका हुन् ।
शुक्रबार साँझ प्रमुख दलसँग वार्ताका लागि प्रधनमन्त्री निवास बाुलवाटार निस्केका मोर्चाका शीर्ष नेताहरु लैनचौरस्थित भारतीय दुतावासमा पुगेका थिए ।
भारतीय राजदुत रणजीत रे र मोर्चाका नेताहरुबीच करिव एक घण्टा कुराकानी भएपछि मोर्चाका शीर्ष नेताहरु भारत जाने कुरा सार्वजनिक भएको हो ।
उपप्रधान तथा परराष्ट्रमन्त्रीसँगको भेट र प्रधानमन्त्री केपी ओलीसँगको टेलिफोन वार्ताका भारतीय विदेशमन्त्री सुस्मा स्वराजले समस्या समाधानको संकेत दिएपछि भारतकै निमन्त्रणामा मोचाका नेताहरु आकस्मिक रुपमा दिल्ली जान तयार भएका हुन् ।
Loading...