Latest News

विभिन्न दूतावासबाट १ करोड लिएर टिभीमा प्रत्यक्ष प्रशारण, दैनिक पत्रिकामा विज्ञापन सहित समाचार लेखाइँदै

04-Dec-2015apm02.inddकाठमाडौं, मङ्सिर १९ । नेपालमा देखिएको इन्धन संकट, मधेसी मोर्चाको सीमा नाका अवरोध र भारतले गरेको अघोषित नाकाबन्दीको असरको बारेमा राजधानीमा आज एउटा छलफल कार्यक्रमलाई केही टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्ने तय गरिएको छ ।
प्रमुख राजनीतिक दलका प्रमुख नेताहरुलाई सहभागी गराएर गरिन लागेको उक्त कार्यक्रम शनिबार दिउँसो हुने कार्यक्रमलाई केही एनजीओले विभिन्न राजदूतावासबाट रकम लिएर दामासाही बाँडेर उक्त कार्यक्रम गर्न लागिएको हो । ‘निकासका लागि बहस’ नाम दिएको उक्त छलफल कार्यक्रम समृद्ध, फ्याक्टस् लगायतका संस्थाले आयोजना गरेका हुन ।
बहस कार्यक्रमको प्रचार/प्रशारका लागि केही निश्चित दैनिक र टेलिभिजनलाई २/२ लाख रुपैयाँ रकम बाँडिएको छ । रकम लिने दैनिकहरुमा नेपाल समाचारपत्र, राजधानी, अन्नपूर्णपोष्ट रहेका छन् । उनीहरुले विज्ञापन छापे बापत १ लाखका दरले पाएका छन् । उनीहरुलाई आयोजक भनि राखिएको छ ।
टेलिभिजनतर्फत एभीन्यूज, न्यूज२४, हिमालयन र सगरमाथा रहेका छन् । उनीहरुले २ लाख रुपैयाँ पाएका कारण अहिले विज्ञापन बजाइरहेका छन् । प्रत्यक्ष प्रशारण गरे बापत १ लाख पाउने स्रोतले एभरेष्टदैनिकलाई बतायो । कार्यक्रममा दलका कुन तहका नेताहरु अाउने बारे अायाेजकले खुलाएकाे छैन ।
आज ३ बजे हिमायलन होटल कुपण्डोल कार्यक्रममा दरवारिया भित्रि टीमको सहयोग र मधेस आन्दोलन विरुद्ध गई भारतीय एक पक्षको पक्षपोषण गर्ने गरी उक्त रकम हात पारेको स्रोतले बतायो । मधेस आन्दोलन निकासका लागि बहस गर्ने बताएको कार्यक्रमले भारतीय नाकाबन्दी भन्न अस्वीकार गरेको छ ।
केही दरवारीया व्यक्तिहरुले उनीहरुको व्यक्तिगत लाभका लागि यो कार्यक्रम गर्न लागेको स्रोतले बतायो । राजनतिक निकासका लागि बहस भने पनि यो कार्यक्रम विशुद्ध आर्थिक उपार्जनको लागि भएको स्रोतको दाबी छ । करिब एक लाख डलर (नेपाली बजार अनुसार १ करोड सात लाख रुपैयाँ) रकम यस कार्यक्रमका लागि भित्रिएको पाइएको छ । यो रकम युएसआइडी, नर्वेजियन एम्बेसी, फ्याक्ट्स संस्था लगायतबाट प्राप्त भएको हो ।
Loading...