Loading...
चीन र नेपालबीचको दौत्य सम्बन्ध स्थापनाको ६० औं वर्ष प्रवेशका अवसरमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको भ्रमणलाई लिएर उत्साहित चीनले हालको सम्बन्धलाई अझै नजिकको बनाउन यो भ्रमणले भुमिका खेल्ने विश्वास गरेको छ ।
विहीबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होङ लीले नियमित पत्रकार सम्मेलनमा नेपालमा नयाँ सरकार बनेपछि सबैभन्दा माथिल्लोस्तरको भ्रमण भएको भन्दै दुवै सरकारले यसलाई उच्च महत्व दिएको बताए ।
उनले यो महत्वपूर्ण भ्रमणका बेला चिनियाँ उपराष्ट्रपति ली युआन्चाओसँग नेपालका परराष्ट्रमन्त्री थापाको भेटवार्ता निश्चित भइसकेको बताए ।
प्रवक्ता होङले भन्छन्- ‘चीन र नेपालबीचको दौत्य सम्वन्ध स्थापनाको ६० औं वर्ष प्रवेशका अवसरमा भ्रमण हुन लागेकाले पनि यसको महत्व बढेको छ । भ्रमणका क्रममा दुवै पक्षले द्विपक्षीय सम्बन्धको विकास, सिमा क्षेत्रमा व्यवहारिक समन्वयका साथै द्विपक्षिय सम्वन्धको विकासका लागि विचार आदान प्रदान हुने छ ।’
Loading...
Social Buttons