Latest News

आफ्नो आकाश सुरक्षित पार्दै चीनलाई यसरी टक्कर दिदैछ भारत !

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिनमै गर्न गर्न लागिएको रसिया भ्रमण र त्यहाँ हुने भनिएको सुरक्षा सम्झौताले दक्षिण एसियाको सुरक्षा चासोलाई ह्वात्तै बढाइदिएको छ । भारतीय रक्षा मन्त्रालय र रुसी हवाई रक्षा प्रणालीका अधिकारीहरुबीच भारतलाई एक शक्तिशाली क्षेप्यास्त्र (एस ४००) उपलब्ध गराउने र विशेष किसिमको सुरक्षा सम्झौता हुने भन्ने विषयमा हस्ताक्षर भैसकेको छ ।
भारतीय रक्षामन्त्री मनोहर पर्रिकरको अध्यक्षतामा बसेको बैठकले रुसी मिसाइल खरिद गर्ने फैसला गरेको जनाइएको छ । खरिद गर्न लागिएको यो मिसाइलले ४ सय किलोमिटरसम्म मार हान्न सक्ने जनाइएको छ । यस क्षेप्यास्त्र खरिद भारतको वायुरक्षा क्षमता बढाउने कदम भएको र यसले चीनसँग टक्कर दिन सक्ने भन्दै भारतीय सञ्चारमाध्यामहरुले समाचार प्रकाशित गरेका छन् । यो प्रणालीमा ४० हजार करोड लगानी गर्न तयार हुँदै आएको भारतले यसका अलवा रसियासँग २५ हजार करोडका अन्य परियोजनासँग समेत सम्झौता गर्दैछ ।india
चीनपछि भारत यो मिसाइल प्रणालीको दोश्रो खरिदकर्ता भएको बताइएको छ । भारत र रुसबीच हुन लागेको यस शक्तिशाली मिसाइल खरिद प्रक्रिया र सुरक्षा सम्झौताले दक्षिण एसियाको सुरक्षा चासोलाई ह्वात्तै बढाइदिनेछ र चीनले गरेको हवाई सुरक्षा विकासलाई चूनौती दिने समेत बताइएको छ ।
संसारकै शक्ति राष्ट्रसँग खरिद गर्न लागिएको एस–४०० मिसाइलले करिब ४ सय किलोमिटरको दूरीमा मार हान्न सक्छ । यो ब्यालेस्टिक क्षेप्यास्त्र सो सरहको मिसाइल हो । यसले भारतले पहिले विकास गरेको एस–३०० मिसाइल प्रणालीको आधारमा दुई गुणा बढी युद्ध लड्न सक्ने बताइएको छ ।
विश्वकै शक्तिशाली मुलुकमध्ये एक रुसले बिक्री गर्न लागेको यस मिसाइल आफैमा शक्तिशाली त छँदैछ, त्यसमा पनि संसारकै सबैभन्दा आधुनिक वायुरक्षा प्रणालीमा समेत रुसको प्रतिरक्षा व्यवस्था गनिने भएकोले त्यहाँ गरिने सुरक्षा सम्झौताले विश्वमा ठूलो अर्थ राख्छ, किनभने अहिले पनि आणविक शक्तिमा रुस विश्वमै अगाडि छ । यी लगायत प्रतिरक्षासँग सम्बन्धित अन्य स–साना सम्झौता समेत प्रधानमन्त्री मोदीले गर्दैछन् ।
यसले उनको सैन्य शक्तिप्रति महत्वाकांक्षा ह्वात्तै बढाउन सक्ने दक्षिण एसियाली सुरक्षा विश्लेषकहरुको भनाई छ । प्रधानमन्त्री मोदी यही डिसेम्बर २३ देखि २५ सम्म रसियाको भ्रमणमा निस्कँदैछन् । प्रस्तुति– रंगलाल रिमाल
Loading...