Loading...
इलाम, ३ पुस– बहुविवाह गरेको आरोपमा पक्राउ परेका दम्पतीलाई जिल्ला अदालतले जनही एक वर्ष कैद र पाँच हजार जरिमानाको फैसला सुनाएको छ ।
न्यायाधीश नवराज दाहालको इजलासले बहुविवाह गर्ने बाँझो–४ का जयराम राई र कान्छी पत्नी देउकुमारीलाई मुलुकी ऐन विवाहवारी महलको ९ र १० नं बमोजिम एक÷एक वर्ष कैद र रु पाँच÷पाँच हजार जरिमानाको फैसला सुनाएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।
जयकी जेठी पत्नी निरु राईले उनीहरूविरुद्ध गतवर्ष जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।
Loading...

Social Buttons