Loading...
काठमाडौं । भारतले नेपालको संसदमा मंगलबार पेश भएको संविधान संसोधनसम्बन्धी विधयेकलाई ‘महत्वपूर्ण उपलब्धी भन्दै आन्दोलनरत पक्षलाई सहमति र समझदारीमा आउँन आग्रह गरेको छ ।
मधेस आन्दोलनसँगै सीमावर्ती नाका अवरोधमा उत्रिएका दलहरुलाई चाँडो समाधान पहिल्याउन समेत भारतले आग्रह गरेको छ ।
नेपालको राजनीतिक स्थितिबारे विदेश मन्त्रालयका जिम्मेवार अधिकारहरुको बैठकले यस्तो निष्कर्ष निकाल्दै भनेको छ‘मधेसी नेताहरुलाई हामीले सम्झाएका छौं । दलहरुले ल्याएको साझा अवधारणामा सहमति पहिल्याउन पनिप भनेका छौं । यसमा पनि अटेर भएमा दलगत सहमतिलाई सर्वोपरी मानेर अघि बढ्न सकिने स्थिति रहन्छ ।’ कान्तिपुर दैनिकमा खबर छ
Loading...
Social Buttons