Loading...
काठमाडौं ३० असार | आज एमाले स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने निर्णय गरेको छ। आज अपरान्ह सकिएको बैठकले कांग्रेस माओवादीले राखेको अविश्वासको प्रस्तावविरूद्ध सामना गर्ने निर्णय गरेको हो । बैठकमा नेताहरूले प्रधानमन्त्रीलाई राजनीनामा नदिनू बरू अविश्वासको प्रस्ताव ‘फेस’ गर्ने सुझाएका छन्।
एमालेले संविधानन बमोजिम अगाडि बढ्ने र कांग्रेस माओवादीको प्रस्तावविरूद्ध सामना गर्ने निर्णय गरेको हो। वर्तमान एमाले गठबन्धनको सबै भन्दा ठूलो सहयात्री दल नेकपा माओवादी केन्द्र सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्री केपी शर्माले पार्टीको स्थायी समिति बैठक बोलाएका थिए। बैठकले माओवादीले चालेको कदम दुर्भाग्यपूर्ण भएको भन्दै देशलाई गम्भीर दुर्घटनामा फसाउन खोजेको आरोपसमेत लगाएको छ।
Loading...
Social Buttons