Latest News

दिल्ली र कानपुरमा ७२ घण्टाभित्र बम बलास्ट गर्ने आतंकवादी आईएसको धम्की, भारतमा त्रास

Is-Ladaku-vs-indiaकाठमाडौं, ९ पुस । विश्वकै शक्तिशाली आतंकवादी संगठन इश्लामिक स्टेट आईएसले भारतका विभिन्न सहरमा आक्रमण गर्ने धम्की दिएको छ ।
भारतीय पत्रिका अमर उजालाको अनलाईन संस्करणमा प्रकाशित समाचार अनुसार आगामी ७२ घण्टाभित्र राजधानी दिल्ली र कानपुर रेल्वे स्टेशनमा बम बलास्ट गर्ने धम्की आईएसले दिएको हो ।
आईएसको धम्कीपछि रेल्वे सुरक्षा बलले दिल्ली एनसीआर समेत सबै आरपीएफ पोस्टलाई अलर्ट गरेको छ । यसका साथै गाजियावाद, गुडगाउँ फरिदाबादमा समेत विशेष सुरक्षा सतर्कता अपनाइएको छ । समाचार अनुसार यो धम्की रेल्वे सुरक्षा बल दिल्लीको टूर कन्ट्रोललाई दिइएको थियो ।
सबै आरपीएफ पोस्टले यो सूचनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारेका छन् । यसअघि तीन दिने पहिला पनि आईएसले क्रिसमस र नयाँ वर्षको अवसरमा रेल उडाउने धम्की दिएको थियो । रेल अधिकारिहरुले आरपीएफलाई रेल्वे स्टेशनमा कडा चेकजाँच गर्न निर्देशन दिएका छन् ।
आईएसले आक्रमण गर्ने धम्की दिएपछि भारतमा त्रास छाएको छ । विशेषगरी दिल्ली र कानपुर क्षेत्रमा नागरिक रेल चढ्न छाडेका छन् ।
Loading...