Loading...
काठमाण्डु– नेपाल आयल निगमको थानकोट डिपोका प्रमुख रवीनकुमार शर्मामाथि अख्तियारले छानबिन अघि बढाएको छ ।
भारतीय नाकाबन्दीपछि मुलुकमा इन्धन संकट उत्पन्न भएको मौका छोपेर शर्माले कालोबजारी गरेको उजुरी आयोजमा परेको छ ।
शर्माले व्यवसायीहरुसँग एक ट्यांकर इन्धनको तीन लाख रुपैयाँसम्म लिने गरेको पाइएको छ । उनले आयल निमगका कार्यकारी निर्देशक गोपालबहादुर खड्कासँगको मिलेमतोमा तेल तस्करीको धन्दा चलाएका हुन् ।
खड्कामाथि तेल तस्करी अभियोगमा अख्तियारले छानबिन गरिरहेको छ । शर्माले आधिकारीक बिक्रेताललाई नदिई घूस बुझाउने पम्प सञ्चालकका साथै होटल व्यवसायीदेखि निर्माण व्यवसायीसम्मलाई इन्धन उपलब्ध गराउने गरेको अनुसन्धानबाट खुलेको अख्तियार स्रोतले बतायो ।
नाकाबन्दीको दुई महिनामा शर्माले इन्धन तस्करीबाट एक अरबको हाराहारीमा रकम जम्मा गरेको दाबी श्रोतको छ । उनले चीनले अनुदानमा दिएको इन्धनसमेत बिक्री गरेको खुलासा भएको छ ।
यसैबीच बाणिज्य तथा आपूर्ति मन्त्रालयले समेत शर्मामाथि इन्धन तस्करीमा संलग्न रहेको आरोपमा कारबाहीको तयारी गरेको छ ।
Loading...
Social Buttons