Loading...
तनहुँ, २६ मंसिर । व्यास नपा ११ निवासी १७ बर्षिय युवा बैज्ञानिक विकल्प ढुंगानाले हालै प्रधानमन्त्री केपी ओलीसँग भेट गरि आफुले तयार गरेको सौर्य उर्जाको माध्यबाट चल्ने साईकलको नमुनाको बारेमा जानकारी गराएका छन् ।
गत बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा ढुंगानासहित चितवनका निर्मल नेपाली र कैलालीका सुमन पौडेलले प्रधानमन्त्रीलाई भेट गरि आफूहरुको नयाँ अविष्कारको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराई उक्त कार्य सञ्चालनकोलागि सहयोगको अनुरोध समेत गरेका थिए ।
सो अवसरमा ति युवा बैज्ञानिकहरुले आफूहरुले अविष्कार गरेको गुरुत्वाकर्षण शक्तिबाट बिजुली उत्पादन, सोलार साईकल, भूकम्प आउनु पूर्व सूचना दिने सुचक यन्त्र र चालक निदाउँदा आफै ब्रेक लाग्ने सवारी साधनको यन्त्रको बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएको युवा बैज्ञानिक ढुंगानाले बताए । साथै उनीहरुले भुकम्प आउनु पुर्व सुचना दिने यन्त्र प्रधानमन्त्रीलाई हस्तान्तरण समेत गरेका थिए । प्रधानमन्त्रीसँगको भेटमा आफुहरुले राज्यले अबसर र श्रोत साधन उपलब्ध गराए मुलुकमा अहिले देखिएको उर्जा संकट समाधानमा सहयोग गर्न तयार भएको बताएको ढुंगानाले जानकारी दिए ।
आफुले अविष्कार गरेको सोलार सिस्टमबाट चल्ने साईकल र विभिन्न यन्त्रको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउन एक साता अघि काठमाडौं गएका ढुंगानाको भेट दुई युवा बैज्ञानिकहरु नेपाली र पौडेलसँग भएपछि उनीहरु तिनै जना संयुक्तरुपमा प्रधानमन्त्रीलाई भेट गर्न गएका थिए । भेटमा प्रधानमन्त्रीले आफुहरुले तयार पारेको यन्त्रको बारेमा निकै चाख दिएर हेरि आफुहरुको योजनामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको ढुंगानाले बताए । सरकारले एक बर्ष भित्रमा देशलाई लोडसेडिङ मुक्त बनाउने निर्णय गरिसकेको अवस्थामा सबै युवाहरुले आ आफ्नो क्षेत्रबाट सरकारलाई सहयोग गर्नु पर्ने प्रधानमन्त्रीले बताएका थिए ।
व्यास १ को निर्मल उमाविबाट गत बर्ष एसएलसी उत्तिर्ण गरेका ढुंगानाले यस अघि दमौलीमा आयोजित तनहँु महोत्सव र दमौली महोत्सवमा आफुले अविष्कार गरेको रोवोट र हेलिकप्टरको प्रर्दशनी समेत गरिसकेका छन् । ढुंगाना हाल पोखरा स्थित पोखरा मल्टीपल कलेजमा विज्ञान विषय लिई कक्षा ११ मा अध्ययनरत छन् ।
Loading...
Social Buttons