Loading...
धरान । बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हाताभित्र एक
किशोरीलाई सामुहिक बलत्कार गर्ने भाेजपुरका १ सहित ६ अभियुक्तलाई इलाका
प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । उनीहरुविरुद्ध जिल्ला अदालत
सुनसरीबाट म्याद थपेर जबरजस्ती करणी ऐनअन्र्तगत मुद्धा दर्ता गरिएको छ ।
सामुहिक बलत्कारका अभियुक्तहरुमा धरान–१७ का २३ वर्षीय समिर राई, १७ वर्षीय
प्रितेश लिम्बू, २४ वर्षीय आकास लिम्बू, धनकुटा बेलहरा गाविसका २२ वर्षीय
विटु राई, धनकुटाकै भेडेटार गाविसका विकेश राई र भोजपुर नगरपालिकाका २०
वर्षीय विपिन राई रहेका छन् ।उनीहरुले सोमवार राति बीपी प्रतिष्ठानको
पश्चिमतर्फको जङ्गलमा प्रेमीसँग बसिरहेकी १५ वर्षीया किशोरीलाई नियन्त्रणमा
लिएर सामुहिक बलात्कार गरेका थिए ।
घटनापछि प्रहरीले १२ जनालाई पक्राउ गरी अनुसन्धान गर्दा छ जनाले किशोरीलाई
पालैपालो बलत्कार गरेको पुष्टि भएपछि मुद्धा दर्ता गरी अनुसन्धान अघि
बढाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिजापतिले जानकारी
दिए ।
पीडित किशोरीले प्रेमीसँग बसिरहेको अवस्थामा प्रेमीलाई कुटपिट गरी आफूलाई
सामुहिक बलत्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएकी
थिइन् ।
अभियुक्तहरुले रक्सीको नशाको सुरमा बलात्कार गरेको बयान प्रहरीलाई दिएका
छन् । केही अभियुक्त अझै फरार रहेकाले प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।
‘बलत्कारीलाई पानीमुनि गएर भए पनि पक्राउ गरी कानुनी कठ्गारामा प्रहरीले
उभ्याएरै छाड्छ’, भएपनी डिएसपी सिजापतिले भने ।
श्रोत -khabarsansar.com
Loading...
Social Buttons