Loading...
रोल्पाको ऐतिहासिक गाउँ थवाङमा जन्मे हुर्केका तथा जनयुद्धमा महत्वपूर्ण भूमिका निभाएका माओवादी नेता सन्तोष बुढा मगर हालै केन्द्रिय जनपरिषद प्रमुख चुनिनु भएको छ । संतोष बुढा मगर विप्लव नेतृत्वको माओवादीका पोलीटव्यूरो सदश्य पनि हुनुहुन्छ । प्रस्तुत छ संतोष बुढा मगर संग नेपालसन्देश डट कमका लागि विजय केसीले लिएको विशेष अन्तरवार्ता –
१) नेपालमा ०५२ देखि ०६२ सम्मको जनयुद्ध किन आवश्यक भएको थियो ? शान्तिपुर्ण जनसंघर्ष वा संसदीय संघर्ष नै पर्याप्त थियो भन्नेहरुलाई के भन्नु हुन्छ ? अहिले आएर जनयुद्धको औचित्य नै थिएन भन्नेहरुलाई के भन्नु हुन्छ ?
हेर्नुस, नेपालको इतिहासलाई एक पटक फर्केर हेर्नु पर्छ । नेपालमा अहिलेसम्म तीन ओटा महत्वपूर्ण परिबर्तनकारी सशस्त्र बिद्रोह वा संघर्षहरु भए । २००७ सालमा निरंकुश राणातन्त्रका बिरुद्ध पहिलो सशस्त्र संघर्ष भयो । यो नेपाली काँग्रेसको नेतृत्वमा भयो ।
त्यसबेला कम्युनिष्ट पार्टी भर्खरै शिशु अवस्थामा थियो । यसले राणाहरुको निरंकुशतन्त्रको अन्त्य गर्याे राजाको नेतृत्वमा राजा, राणा र काँग्रेसको त्रिपक्षीय साझेदारी सत्ता कायम गरियो । यसलाई दिल्ली संझौता पनि भनिन्छ ।
दोस्रो सशस्त्र संघर्ष नेपालको इतिहासमा पहिलो पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा पूर्बी कोशी प्रान्तीय कमिटीको अगुवाईमा भयो । यसैको जगमा २०३६ र ४६ सालका आन्दोलनहरु भए । यसले निर्दलीय निरंकुश पञ्चायती ब्यवस्थाको अन्त्य ग र्याे तर राजतन्त्र फाल्न सकेन ।
पञ्चायतको ठाउँमा बहुदलीय संसदीय ब्यवस्था फिट गरियो । यो भनेको सामन्तबाद र साम्राज्यबादको अपबित्र गठबन्धन थियो । यसको लिखित दस्ताबेज २०४७ सालको संविधान थियो ।
यस पछि नेपाली जनतामा शासन गर्ने सत्ता संरचना बहुदलीय संसदीय राजतन्त्रात्मक ब्यवस्था कायम भयो । यसलाई प्रतिक्रियाबादी संबिधान भनेर तत्कालिन हाम्रो पार्टी सहितको संयुक्त राष्ट्रिय जनआन्दोलनका पक्षधरहरुले संविधान जलाएर बिरोध गरे । यो राजा, काँग्रेस र संसदबादी कम्युनिष्टहरुको त्रिपक्षीय साझेदारी सत्ता थियो ।
तेस्रो नेपालको इतिहासमा उथलपुथलकारी सशस्त्र बिद्रोह २०५२ साल फागुन १ गते नेकपा माओवादीको नेतृत्वमा शुरु भएको जनयुद्ध थियो ।
०४६ सालपछि नेपालमा कायम गरिएको सामन्तबाद र साम्राज्यबादको गठजोडमा बनेको सामन्त, दलाल तथा नोकरशाह पूँजीपति बर्गको संयुक्त सत्ताका बिरुद्ध बिशेषतः दुई विशाल पहाड (सामन्तबाद र साम्राज्यबादको सत्ता ) भत्काउने उद्देश्यका साथ जनयुद्धको शुरुवात गरिएको थियो ।
यसले आफ्नो उद्देश्यमा पुग्न नपाउँदै यसको नेतृत्व क. प्रचण्डले साम्राज्यबाद÷बिस्तारबाद सामु आत्मसमर्पण गर्न पुग्यो र वर्ग बिचार बदल्यो ।
जनयुद्धलाई विसर्जन गर्न असाध्य चलाखीपूर्ण रुपबाट दुश्मनसंग गठजोड गर्न पुगे । यसले जनयुद्धलाई आधा बाटो मै अलपत्र छाडेर क. प्रचण्ड बिजातीय बर्गसंग मिल्न पुग्नुभयो ।
यसको स्वभाबिक परिणाम जनयुद्धले प्रतिधक्का खान पुग्यो । यति हुँदा हुँदै पनि दश बर्षको जनयुद्धले एउटा पर्खाल भने भत्काएरै छाड्यो । २३५ बर्षदेखि एकिकृत नेपालमा जरा गाडेर बसेको राजतन्त्रको अन्त्य गर्नसम्म जनयुद्ध र प्रचण्ड बाबुरामहरु कामयाव रहे ।
तर अर्को अजङ्गको साम्राज्यबादी पर्खाल र दलाल तथा नोकरशाही पूजीपति वर्गको सत्ता भत्काउन तयार भएनन् । त्यसलाई पनि भत्काएर जनताको शासन सत्ता स्थापना गर्ने, स्वाधिन र स्वतन्त्र नेपालको स्थापना र अधिकार सम्पन्न बन्ने नेपाली जनताको सपना अधुरै रह्यो ।
जनयुद्धको यो अपुरो उद्देश्य पूरा गर्नुको सट्टा अधिकार दलाल र पूँजीपति बर्गलाई सुम्पेर विदेशी प्रभुसामु लम्पसार परेर जनता र क्रान्तिलाई धोखा दिन पुगे प्रचण्ड–बाबुराम कमरेडहरुले । यति हुँदा हुँदै पनि दश बर्षको जनयुद्ध महान क्रान्तिकारी पहलकदमी थियो र यो तेस्रो उथलपुथलकारी बिद्रोह थियो ।
अव नेपाली क्रान्तिले गाँस गाँस गर्दै क्रान्तिलाई अन्तिम चरणमा ल्याएको छ । अव यो दलाल सत्ताको अन्त्य पछि आउने एक मात्र बिकल्प नयाँ जनबादी सत्ता अर्थात जनगणतन्त्र नेपालको स्थापना हो । यसको लागि अव अर्को एउटा अन्तिम युद्ध बाँकी छ ।
नेपालमा अव एउटा तर अन्तिम सशस्त्र क्रान्ति हुन बाँकी छ । त्यसले यो संसदीय दलाल तन्त्रको अन्त्य गर्ने छ । अवको क्रान्तिको उद्देश्य यसैमा केन्द्रीत हुने छ । यसैको निम्ति हामी धक्का खाएको जनयुद्धलाई नयाँ शिराबाट उठाउने प्रयासमा छौं ।
जहाँसम्म शान्तिपूर्ण संघर्षको प्रश्न छ । यो भ्रम मात्र हो । यो सहमति र संझौतामा गरिने नाटक मात्र हो । संसारमा शान्तिपूर्ण संघर्षबाट कतै पनि परिबर्तन आएको इतिहास छैन । स–साना परिबर्तनहरुमा पनि रगत नबगेको इतिहास नै छैन् ।
अगाडि भनी सकें कि ०७ सालको बिद्रोह पनि हतियारबद्ध सेना नभएको भए संभव थिएन । ३६ र ४६ सालका आन्दोलनहरुको जगमा पनि २०२८ सालको सशस्त्र संघर्ष छ ।
२०६२÷६३ को १९ दिनको आन्दोलनको जग दश बर्षको जनयुद्ध थियो र यसको ब्याक फोर्समा जनमुक्तिसेना थियो भन्ने लाटाले पनि बुझेको कुरा हो ।
त्यसैले शान्तिपूर्ण परिबर्तनको वकालत गर्नेहरु मूर्ख हुन् र त्यसको भ्रममा परेर सशस्त्र संघर्षको बिरोध र शान्तिपूर्ण परिबर्तनको वकालत गर्नेहरु महामूर्ख हुन् ।
अहिले जनयुद्धको औचित्य नै थिएन भन्नेहरु अर्को आधा दिमाग भएका महामूर्ख हुन् । ‘जन्मेदेखि आमाको दूध, गाई भैसीको दूध, घ्यू खाएर हलक्क बढेका १५ बर्षीय लाठे जवान रक्सी, भाङ, धतुरो खान सिकेर दूधको औचित्य नै छैन’ भने जस्तै हो जनयुद्धको औचित्य नदेख्नेहरु ।
जनयुद्ध नेपाली क्रान्तिकारी इतिहासको त्यो उथलपुथलकारी युद्ध थियो जसले भगवानका अवतारलाई समेत नारायणहिटीबाट निकालेर सडकमा फाल्यो । नेपालमा बोल्नै नसक्नेहरुलाई सडकमा उभिएर बोल्न र संघर्ष गर्न सिकायो । आफ्नो अधिकार खोसेर सत्ताको मालिक बन्न पनि सिकायो ।
एकजुट भएर लडेमा जतिसुकै भयंकर बादशाहलाई पनि घोडाबाट खसाल्न सकिदो रहेछ, सत्ताको मालिक पनि बनिदो रहेछ भन्ने सिकाएको छ । सायद यसैको जगमा नै आगामी क्रान्ति पनि संभव छ ।
२) तपाईहरुले प्रचण्ड वावुराम लगाएतका नेताहरुले जनयुद्ध वीच वाटो मै परित्याग गरेको र उनीहरुले जनयुद्ध, मालेमावाद प्रति नै धोखा र गद्दारी गरेका हुन् भनिरहनु भएको छ । यसको यथार्थ के हो ? उनीहरुले जनयुद्धवाट यति मात्र प्राप्त गर्न सकिने थियो र जनयुद्ध असफल हुन थालेकोले वचाएर यहाँ ल्याएको भन्दैछन् ।
२) तपाईहरुले प्रचण्ड वावुराम लगाएतका नेताहरुले जनयुद्ध वीच वाटो मै परित्याग गरेको र उनीहरुले जनयुद्ध, मालेमावाद प्रति नै धोखा र गद्दारी गरेका हुन् भनिरहनु भएको छ । यसको यथार्थ के हो ? उनीहरुले जनयुद्धवाट यति मात्र प्राप्त गर्न सकिने थियो र जनयुद्ध असफल हुन थालेकोले वचाएर यहाँ ल्याएको भन्दैछन् ।
बाबुराम जी शुरुदेखि माओबादी आन्दोलनमा दक्षिणपन्थी बुर्जुवा बिचारसहित आएका पात्र थिए । उनको बिचलन थिएन । उनले पार्टीभित्र जहिले पनि बुर्जुवा लोकतन्त्रको वकालत गर्दै आउनु भयो र पार्टीमा दुईलाइन संघर्ष चलाईरहनु भयो ।
वहाँकै भनाईमा जीवनभरी लडिरहनु भयो । वहाँको यो स्टेपसम्म मात्र आउने नै अन्तिम गन्तब्य देखिन्थ्यो तर प्रचण्डको हकमा त्यो होइन । प्रचण्डले कुनै बेला दक्षिण एशियाको माओ, लेनिन बन्ने सपना देख्नु हुन्थ्यो । वहाँले कुनै बेला दक्षिण एशियाली फेडरेशन सम्मको कुरा गर्नुहुन्थ्यो ।
वहाँका कयौं अभिब्यक्तिहरु र शुरु शुरुका बिचारहरु ठीकै ठीकै पनि थिए तर क्रान्तिको एउटा चरणमा आउँदा भयंकर चुनौतिहरुको सामना गर्नु पर्ने देखे पछि वहाँले त्यसको सामना गर्ने हिम्मत गर्न नसकेको हो ।
खास गरी खारा कारबाही(रुकुम, रोल्पा र सल्यानको सीमानामा रहेको शाही सेनाको व्यारेक माथिको आक्रमण) पछि वहाँले हरेश खानु भयो ।
यसलाई अझ यसरी भनौं जव जनयुद्ध मध्यान्तरसम्म आयो, फौजी ढंगले जनयुद्ध शक्ति सन्तुलनको अवस्थमा आयो । यसलाई क्रस गर्न पहिलो, बिचारमा नयाँ संश्लेषण गर्नु पर्ने थियो र दोस्रो, फौजी कार्यदिशामा थप बिकास गर्नु पर्ने थियो । यो बस्तुस्थितिको मागलाई प्रचण्डले नेतृत्वको हैसियतले चिर्न सकेनन् ।
पुरानो बिचार र कार्यदिशा अव अपुरो भयो । नयाँ बिकास गर्न सकेनन् । पुरानै तरिकाले नसकिने भए पछि वहाँले बिचारै बदल्न पुग्नु भयो र बाबुरामको कार्यदिशा र बिचारको पुच्छर समाएर बैतर्नी तर्ने कार्यदिशा पकड्नु भयो ।
अनि उनीहरु दुबै त्यहि लोकतान्त्रिक गणतन्त्र नामक बायुपंखी घोडाको पुच्छरमा टंगेर जनता, कार्यकर्ता र सबै साथीहरुलाई छाडेर सात समुद्र पार गरे ।
यसलाई हामी बिचारमा बिचलन भयो प्रचण्डमा र बर्ग दुश्मन सामु आत्मसमर्पण गर्न पुग्नु भयो, यो जनतामा महाधोकेबाजी हो र क्रान्तिमा महागद्धारी हो भन्ने संश्लेषण गरेकाछौं । सैद्धान्तिक रुपले ‘नवसंशोधनबाद’ भनेका छौं । यसभन्दा अगाडि जाने उनीहरुको हैसियत र औकात पनि थिएन ।
त्यसैले यो जनयुद्धको असफलता भन्दा पनि प्रचण्डको असफलता थियो । बाबुरामको अन्तिम गन्तब्य नै यतिसम्म थियो । नेतृत्वले आँटेको भए क्रान्ति संभव थियो किन कि करीव ८० प्रतिशत हिंसात्मक क्रान्तिको चरण पार गरिसकेका थियौं ।
अव रगत धेरै बगाउनु पर्ने थिएन । यो नबुझ्दा र साम्रज्यबाद विस्तारबादको फन्दामा पर्दा उनीहरु यथास्थिति र पश्चगमनका शिकार हुन पुगे । यसको लेखा जोखा र हिसाब किताब अझ इतिहासले गर्न बाँकी नै छ ।
३) जनयुद्धका उपलब्धिका रुपमा रहेका जनसेना, जनसत्तालाई किन वचाउन सक्नु भएन ? प्रचण्ड वावुरामका गद्दारीहरुलाई किन रोक्न सक्नु भएन ?
३) जनयुद्धका उपलब्धिका रुपमा रहेका जनसेना, जनसत्तालाई किन वचाउन सक्नु भएन ? प्रचण्ड वावुरामका गद्दारीहरुलाई किन रोक्न सक्नु भएन ?
हैन, हामीले अन्तिमसम्म प्रयास ग¥यौं तर सकेनौ किन भने हामी सबै कुरा देख्ने थाहा पाउने ठाउँमा पनि त थिएनौं । ठाउँमा भएको भए पनि मुख्य नेतृत्वले योजनाबद्ध र नियति बस नै कदम चालेपछि अरुले जति कराए पनि नहँृदो रहेछ ।
आखिर किरण दाईहरुको एउटा टिम नभएको त होइन । बचाउन सक्नु भएन । हामीलाई त निकै जुनियर स्थानमा राखिएको थियो । यी सबै गतिबिधि अत्यन्त मिहिन पाराले गर्दै आए । नजिकबाट हेर्ने बुझ्ने कोहीलाई सिध्याइयो, कसैलाई भगाइयो, कोही हेरेर, बुझेर पनि केही गर्न नसक्ने हुितहारा भए, कोही हनुमानभक्त भए ।
यसको परिणाम यस्तो हुन गयो । कतिपय कुराहरु यतिसम्म कि संगैका साथीहरुलाई समेत थाहै नदिई मनमर्जी गरे । एउटा उदाहारण हेरौं– क. बादल पार्टी महासचिव र जनमुक्तिसेनाका इञ्चार्ज हुनुहुन्थ्यो तर सेनाको हतियार र कन्टेनरको साँचो प्रधानमन्त्रीलाई बुझाउँदासम्म पनि वहाँले थाहा पाउनु भएन ।
बाहिर मिडियाहरुले भने पछि मात्र थाहा पाउनु भयो । जनमुक्तिसेनाको क्याम्पमा रातारात नेपाली सेना पठाएर घेरा हाली कब्जा गर्न लगाएको पार्टी कै बरिष्ठ पदाधिकारीहरुलाई थाहै दिइएन । कब्जा पछि मात्र थाहा पाए । यस्तो गरे प्रचण्ड र बाबुरामले ।
रोक्न यतिसम्म गरियो कि अहिलेसम्म सायद बिश्व कम्युनिष्ट आन्दोलनमा कहि यस्तो उदाहारण पाउनु हुन्न । एउटै पार्टीमा हुँदाहुूँदै आफ्नै कार्यकर्ता र सहकर्मी कमरेडहरुले आफ्नै पार्टीका अध्यक्ष र प्रधानमन्त्री पदमा आसीन उपाध्यक्षको पुतला देशभरी जलाएको र उनीहरुको कदमका बिरुद्ध देशब्यापी मशाल जुलुस र चक्काजाम गरिएको ।
यो उदाहरण अन्त बिरलै होला । तर पनि दुखको कुरो यति गरेर पनि हामीले जनयुद्धका उपलब्धीहरुको रक्षा र बचाव गर्न सकेनौं । यो दुखको कुरा हो । त्यसकारण ती नेताहरुलाई नै परित्याग गर्नु एक मात्र बिकल्प बन्न पुग्यो ।
४) अहिलेको गणतन्त्रलाई संसदीय व्यवस्था नै हो भन्नु भयो, यस नयाँ व्यवस्थाले नै जनताका समस्या समाधान गर्न सक्दछ भन्दैछन् प्रचण्ड एमाले र कांग्रेसहरु । के भन्नु हुन्छ तपाई ?
४) अहिलेको गणतन्त्रलाई संसदीय व्यवस्था नै हो भन्नु भयो, यस नयाँ व्यवस्थाले नै जनताका समस्या समाधान गर्न सक्दछ भन्दैछन् प्रचण्ड एमाले र कांग्रेसहरु । के भन्नु हुन्छ तपाई ?
हजुर हिजो राजासहितको संसदीय ब्यवस्था थियो, आज राजा बिनाको संसदीय ब्यवस्था । हिजो संसदीय राजतन्त्र, आज संसदीय गणतन्त्र । बोटल फेरियो रक्सी फेरिएन । रक्सी पनि यसरी मिक्स गरियो कि स्थानीय रक्सीमा ह्वीस्की मिसाइयो र त्यसमा हल्का रातो कलर मिसाइयो ।
थोरै भिन्न देखाइयो वस फरक यति हो हिजो र आजको ब्यवस्थामा । हिजो राजासंग काँग्रेस, एमाले थिए । आज काँग्रेस, एमालेसंग माओबादी, मधेसी र राजाबादी राप्रपाहरु । के फरक भो त ? मान्छे उही, सत्ता संरचना उहि, चिन्तन प्रबृत्ति उहि, सिष्टम उहि, नेता र पार्टी उहि, सत्ताको नेतृत्व उहि बर्ग ।
माओबादीको एउटा बिचलित, स्वार्थी, बुर्जुवा तप्का मिसिदैमा जनताको ब्यवस्था आयो भन्ने भ्रम नै ठूलो अज्ञानता हो । ‘‘अल्पज्ञान खतरनाक हुुन्छ’’ भन्ने अंगे्रजी उक्ति र ‘‘आधा गाग्रो पानीले दुख दिन्छ’’ भन्ने नेपाली उक्ति यहाँ चरितार्थ भएको छ । अहिले जनताले दुख पाईरहेको त्यस कारण पनि हो ।
काँग्रेस, एमाले र तिनका यी नेताहरु सव फेलर नेता र पार्टी हुन् । तिनको दिमागमा केही पनि छैन । तिनबाट आशा गर्नु गोरु ब्याउछ कि भन्ने ब्यर्थको आशा मात्र हो । तिनले जनताको अज्ञानताबाट फाइदा उठाउँदै जनतालाई झुक्याइ रहेका छन् ।
यसकारण यो नक्कली गणतन्त्रबाट समस्याको समाधान हुन्छ भनेर जनता ढाँट्नु नै अर्को महा बेइमानी हो । अर्को धोकेबाजी हो । एमालेसंग स्वरमा स्वर मिलाउनु नै प्रचण्डको बिचलन र नवसंशोधनबादको पुष्ट्याईं हो ।
५) व्यवस्था अहिले कै ठिक छ, लोकतन्त्र आइसक्यो, यसलाई चलाउने नेताहरु मात्र गलत छन्, नेताहरु राम्रा आएपछि यहि व्यवस्थावाटै जनताका समस्या हल हुन्छन् भन्ने एकथरी मान्छेहरु भन्दैछन् । यसमा के भन्नु हुन्छ ?
त्यसो त हिजो पञ्चायत कालमा पनि एक थरि मान्छेहरु राजा ठीक छ, ब्यवस्था पनि ठीक छ तर बीचका मान्छे गलत भएर पञ्चायत फेल भयो, राजा फेल भयो भन्ने गर्थे । यो भनाई त्यसैको नयाँ संस्करण वा पुनराबृत्ति मात्र हो ।
त्यसो भए् हिजोको पञ्चायत पनि ठीक थियो भन्न सक्नु पर्छ । ब्यवस्था खराव भएर त सव खराव भएको हो । ब्यवस्था ठीक भए खराव मान्छे पनि ठीक हुन्छ । ब्यवस्था खराव भए ठीक मान्छ् पनि खराव हुन्छ ।
यो नबुझ्ने वा बुझेर पनि जनता झुक्याउने बेइमानहरुको चालबाजी मात्र हो । अर्को कम्युनिष्टहरुले बुझ्नु पर्ने खास कुरा त सत्ता कुन बर्गको हातमा छ र कुन बर्गको अधिनायकत्व कायम छ ? भन्ने कुरा मुख्य हो । अहिलेको सत्तामा कम्युनिष्टहरुको गठबन्धन सरकार छ र त्यसमा प्रतिगामी यथास्थितिबादी सबैको समिश्रण छ ।
समष्टिमा प्रतिगामी, प्रतिक्रान्तिकारी र दलाल पूँजीबादी अधिनायकत्व कायम छ । यस्तो ब्यवस्थाले कसरी जनताको समस्या हल गर्न सक्छ । जहाँसम्म लोकतन्त्रको प्रश्न छ, यो बुर्जुवा लोकतन्त्रले जनताको समस्या हल गर्दैन ।
बुर्जुवा लोकतन्त्र खोक्रो ढ्वाङ मात्र हो । नत्र भारत जस्ता लोकतान्त्रिक मुलुकहरुमा जनताको समस्या हल हुन्थ्यो ।
सबैभन्दा धेरै समस्या र गरिबी हामी यहि छिमेकी राष्ट्र भारतमा देखिरहेका छौं । त्यसैले यो ब्यवस्थाबाट समस्या हल हुन्छ भन्नु महामूर्खहरुको बेवकुफीपना नै हो ।
६) प्रचण्ड पक्षको वर्तमान कार्यदिशा के हो ? त्यसलाई किन गलत भनिरहनु भएको छ ?
यो कुनै छिपेको बिषय रहेन कि प्रचण्ड अव संसदबादी दलहरुको एक नव प्रबेशी संसदबादी कम्युनिष्ट याने कि नव एमाले भै सक्नु भएको छ । सिङ्गो एमाओबादी संसदबादमा चुर्लुम्म डुबेको छ । २०५२ सालमा त्यहि संसदीय ब्यवस्थाका बिरुद्ध हतियार उठाएका प्रचण्डले अस्ति भर्खरै भदौ २५ गते काँगे्रस, एमालेहरुसंग बसेर १६ बूँदे सहमति गरे ।
त्यो १६ बूँदेमा वहाँले संसदबाद र बहुलबाद मान्छु भनेर सही गर्नु भयो र सोही अनुसारको सुधारिएको भनिएको तर विकृत संसदीय ब्यबस्थाको संबिधान जारी गर्न पुगे । आज त्यहि संसदीय ब्यवस्थामा पुराना संसदबादी मित्रहरुसंग संगै बसेर बिदेशी भोडकामा रमाइरहेका छन् । यो नै जनता र कार्यकर्ताले प्रत्यक्ष देखेका कार्यदिशा हो ।
क. प्रचण्डले के भन्दै आए भने कहिले जनयुद्धको समापन भयो भन्दै आए, कहिले अवको कार्यदिशा जनबिद्रोह भन्दै आए, कहिले बिद्रोहबाट संभव देखिएन अव शान्ति र संबिधान बाहेका अर्को बिकल्प रहेन भन्दै आए र अहिले नेपालमा आफ्नै बिशिष्टतामा जनबादी क्रान्ति सम्पन्न भैसक्यो यसको बाँकी कार्यभार समाजबादी क्रान्तिको दौरानमा पूरा गरिने छ, त्यसैले अवको कार्यदिशा समाजबादी क्रान्ति हो’ भन्दै नौरंगे कुरा गर्दै आउनु भएको छ ।
वहाँले के भन्दै आउनु भयो र के गर्नु भयो भन्ने दुनियाँको अगाडि कालो दाग भएर बसेको छ । समग्रमा वहाँको कार्यदिशा बुर्जुवा संसदीय ब्यवस्थाको बाटो नै हो भन्ने प्रष्टै छ ।
यसकारण हामी यसलाई बिचलित मानसिकताको चरम बैचारिक भ्रष्टिकरण हो भन्ठानेका छौं । संसदीय कार्यदिशाबाट क्रान्तिको सपना देख्ने मान्छे माक्र्सवादी हुँदै होइन ।
७) वावुराम पक्षको नयाँ शक्ति वारे के भन्नु हुन्छ ?
नयाँ शक्ति भ्रम मात्र हो । यो कुनै नयाँ शक्ति हो जस्तो लाग्दैन । हिजो देखि नेभर सेकेण्ड भनिदै आएको तर पार्टीमा जहिले पनि सेकेण्ड वा थर्ड पोजिशनमा रहेर आउनु भएका क. बाबुरामको पार्टीमा आफ्ना निश्चित साथीहरुको सानो समुहको गुट थियो ।
अव प्रचण्डको रुप नाङ्गो र उदाङ्गो भए पछि अलिकति अनुहार छिपाउन र नयाँ नामबाट बैकल्पिक संसदबादी शक्तिको रुपमा फेरी झुक्याएरै भए पनि सत्तामा पुग्ने एउटा रणनीति र आफ्ना साथीहरुको साथमा अरु बिभिन्न पार्टीमा रहेका बुर्जुवा डेमोक्र्याटसहरु, बिचलित माओवादीहरु, दलाल र भ्रष्टहरुलाई बटुलबाटुल पारी फष्ट मेन बन्ने लामो समयदेखिको अथक प्रयास र चाहान पूरा गर्ने वहाँको अन्तिम प्रयास मात्र हो जस्तो लाग्छ ।
क्रान्तिकारीहरु यसमा भ्रम पर्नु पर्ने कुनै कारण नै छैन किन कि बाबुरामजीलाई सिङदेखि पुच्छरसम्म नचिन्ने माओबादी पार्टीमा बिरलै होलान । साथ लाग्नेहरु नचिनेर वा नबुझेर वा भ्रममा परेर होइन, जानी जानीकन लागेका हुन् ।
बाहिरको पंक्तिमा पनि अर्थमन्त्री र प्रधानमन्त्री भएको बेला गरेका राष्ट्रघात, जनघात, बिश्वास घात, क्रान्तिघात जस्ता थुप्रै घातहरुका चाङहरु सार्वजनिक भएका छन् । बाहिर धेरैले यो बुझि पनि सकेका छन् । वहाँ डाक्टरी गरेको, पढेलेखेको, बिद्वान हुन् । त्यसमा सम्मान छ तर राजनीतिज्ञ चाही होइनन् ।
वहाँले जति गर्नु भयो पार्टी भित्र र बाहिरका सबै गतिबिधिहरु मालिकलाई रिझाउने भन्दा अरु के गर्नु भयो र ? जनयुद्धको समापन गर्नेमा वहाँको आधा हात रहेको छ । त्यो नियत बोकेको मान्छेको नयाँ शक्तिले के गर्ला ? सहजै अनुमान गर्न सकिन्छ ।
केही समय भ्रम दिएर केही बुर्जुवा बुद्धिजीविहरु र केही दलाल चरित्रका मान्छेहरुलाई लिएर सायद अबको प्रचण्ड, केपी सरकारको बिकल्पमा उभिएको वा उभ्याइएको एउटा पात्रको रुपमा पनि बाबुराम हो भनिन्छ । हेरौं अझै पनि यसको मूर्त रुप हेर्न बाँकी छ ।
८) तपाईहरुको कार्यदिशा र कार्यनीतिहरु के हुन् ?
प्रचण्डको बिचलन पछि क्रान्तिको कार्यभार इतिहासले हाम्रो काँधमा सुम्पेको अनुभूति गरेका छौं । स्वभाबिक रुपमा पाको पुरानो भनेर यसको ड्राइभिङको जिम्मा क. किरणलाई दियौं तर वहाँले थरथर काँपेर गाडी अगाडि लान सक्नु भएन । सायद बिग्रेको गाडि भएर हो या हिम्मत नभएर हो ।
थाहा भएन तर एउटा कुरा गाडी सर्भिसिङ गर्नु पर्ने पनि भएको थियो र गाडि नचलाएको निकै बर्ष बितेको र सबै बिर्सिसकेकोले पनि होला वहाँमा गाडि सकुशल हाँक्ने हिम्मत देखेनौ ।
वहाँले ‘जनयुद्धको जगमा जनबिद्रोह, त्यसमा पनि मुख्यतः जनबिद्रोह’ भनेर असाध्य धुलमुले कार्यदिशा ल्याउनु भयो । धेरै छलफल पछि पनि क. किरण त्यो कुहिरोबाट बाहिर निस्कन नसके पछि र अझ केही साथीहरुले छद्म नवसंशोधनबादी कार्यदिशाको वकालत गर्न थाले पछि क. बिप्लवले ‘एकिकृत जनक्रान्तिको कार्यदिशा’ ल्याउनु भयो ।
त्यसमा वहाँहरु सहमत हुनु भएन र हामी पनि किरण कमरेडहरुको छद्म नवसंशोधनबादी र अत्यन्त धुलमुले सारसंग्रहबादी कार्यदिशाप्रति सहमत भएनौं र अलग भयौं । हामीले क. बिप्लवले अगाडि सार्नु भएको नयाँ कार्यदिशालाई पहिलो राष्ट्रिय सम्मेलनबाट पास ग¥यौं र त्यस अनुसार अगाडि बढेका छौं ।
यो कार्यदिशा जनयुद्ध र जनबिद्रोहहरुका सार्बभौम पक्षहरुको जगमा नेपाली बिशिष्टतामा ढालिएको नयाँ कार्यदिशा हो । यसमा ७ वटा बिशेषताहरुलाई समाहित गरिएको छ ।
पहिलो भूगोल र नेपालको भूराजनैतिक अवस्था, दोस्रो गाउँ र शहरको बिशेषतामा परिबर्तन, तेस्रो सामाजिक बिशेषता (जातीय समीकरण), चौथो नयाँ बर्ग बिश्लेषण (मध्यम बर्गको बिकास), पाचौंं राज्यसत्ताको बदलिएको चरित्र (दलाल पूँजीबादको प्रभूत्व), छैटौं नेपाली जनतामा देशभक्ति भावनाको प्रचुरता, सातौं बिज्ञान र प्रबिधिको बिकास र समायोजन ।
यी सात बिशेषताहरुको आधारमा नेपालमा पुरानो कार्यदिशाबाट मात्र संभव छैन र यसलाई यी बिशेषताहरुको आधारमा बिकास गर्नु पर्छ भनेर यो कार्यदिशा बनाएका छौं ।
यस कार्यदिशा अनुसार हाम्रो अगाडिको मुख्य चुनौति भनेको सत्तामा नयाँ तथा पुराना दलालहरुको गठबन्धनको सत्ता कायम भएको छ । यति बेला राष्ट्रिय स्वाधिनता र जनतन्त्रको समस्या मुलुकको मुख्य राजनीतिक समस्या बन्न आएको छ ।
तथापी यी दुई कुराको ब्यवहारिक अभिब्यक्ति तत्कालिक रुपमा जनताको जनजीबिकाका सवालहरुमा आएर टकराएको छ ।
त्यसैले तत्काल दलाल र भ्रष्टाचारीहरुबाट तड्पीरहेका जनतालाई मलमपट्टी लगाउन भ्रष्टाचारी, कमिशनखोर, कालाबजारी, तस्करी, सीमा अतिक्रमण र निर्बाध आवत जावत नियन्त्रण गर्ने र युवाहरुलाई बिदेश जानबाट रोकी स्वदेशमै रोजगारको ब्यवस्था गराउन युवाहरुलाई ब्यापक रुपमा गोलबन्द गर्नु र संबिधान र राज्यबाट दिनानुदिन जनताको बिद्रोहलाई दमन गर्ने सरकारी रबैयाको अन्त गर्ने आदि हाम्रा तत्कालिक कार्यनीति बन्न आएको छ ।
हामी यस अनुसार नै अगाडि बढ्ने प्रयत्न गरिरहेका छौं ।
९) नेपाली जनताले पुनः अर्को क्रान्ति गर्नु पर्दछ भन्दै हुनुहुन्छ , यसको आवश्यकता किन ?
किन कि नेपालमा अन्तिम क्रान्तिको स्टेप बाँकी छ । बस्तुस्थिति र ब्यवहारले के प्रमाणित गरेको छ भने नेपाली क्रान्ति चार चरणको सशस्त्र क्रान्तिबाट मात्र पूर्ण हुने देखियो । नयाँ जनबादी क्रान्तिको चरण अव अन्तिम चरणमा आएको छ ।
यो चौथो र अन्तिम क्रान्ति असफल भयो भने क्रान्ति सय बर्ष पछि धकेलिने छ । फेरी नेपाली जनता बाह्य हस्तक्षेप, भ्रष्टाचार, कालोबाजारी र महँगीको चरम शिकार बनेका छन् । उनीहरु तड्पीएका मात्र छैनन् कि उनीहरु उकुस मुकुस पनि छन् ।
निकास खोजीरहेका छन् । तर दलाल सत्ताले निरिह बनाएको पनि छ । यत्रो हस्तक्षेप हुँदा पनि नेपाली जनताको मनमा बिद्रोह र प्रतिशोधी भावना वढे पनि व्यवहारमा जाने कम देखियो । यो सोचनीय बिषय बनेको छ तर यो समस्याको हल क्रान्तिले मात्रै गर्नेछ । त्यसैले क्रान्ति आबश्यक भएको हो ।
१०) अर्को क्रान्ति सफल हुन्छ र धोखा हुँदैन भन्ने आधार के छ ?
१०) अर्को क्रान्ति सफल हुन्छ र धोखा हुँदैन भन्ने आधार के छ ?
धोखा दिनेले धोखा दियो तर हामी धोखा चाहिं दिदैनौं किन कि हामी क्रान्तिका लागि सबै अवसर र सुबिधाहरुलाई छाडेर यो जोखिम मोल्न तयार भएका हौं । यहि नै एउटा मुख्य आधार हो ।
तर मान्छे हो ग्यारेण्टी गरेर क्रान्ति गरिने बिषय चाहिं होइन । यो अन्जान जनताले उठाउने एउटा प्रश्न त हो तर सचेत ब्यक्तिले यो गर्न सुहाउँदैन किन कि यसलाई अहिले अवसरबादीहरुले क्रान्तिकारीहरुलाई पनि अबिश्वासको पात्रको रुपमा उभ्याउने हतियारको रुपमा प्रयोग गर्दै आएका छन् ।
मान्छे भोली मरेर जाने हो अनि कसैले म मर्दैन भनेर ग्यारेण्टी गर्न सक्छ कसैले ? नेता बिग्रिन सक्छ । सहि हँुदासम्म साथ दिने र समर्थन गर्ने तथा गलत गरे भने संघर्ष । यो नै द्वन्दबाद हो ।
म फेरी पनि दोह¥याउँछु, यो अन्तिम युद्ध हो । त्यसैले एक पटक सबै अन्तिम पटक साहसका साथ जुटौं । हामी यसको नेतृत्व गर्न चाहान्छौं बस । यो भन्दा अरु के भन्न सकिन्छ र ? जीवन दिने बाचाभन्दा अरु दिने बस्तु नै के छ र ?
धोखेबाजीहरु त्यहि मर्ने छाला बचाउन र क्षणिक सुख, सुबिधा र स्वार्थका लागि त धोखा दिन्छन् र दिएका छन् । हामी यसबाट मुक्त भएर अगाडि बढ्ने आँट र प्रयास गरेका छौं । यो भन्दा अरु बिश्वासको आधार ‘भगवान’ आएर पनि दिन सक्दैन ।
११) एमाले, एमाओवादीको तरिकावाट क्रान्ति सम्भव किन हुँदैन ?
किन कि संसदीय वाटोवाट क्रान्ति बिश्वमा कहिं भएको छैन । यो खशीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने सिद्धान्त हो । एमाले र एमाओबादीहरु त्यहि कुकुरको मासु बेच्ने बुच्चरको सिद्धान्त लिएर कालोबजारी गरी बसेकाछन् । यो क्रान्ति होइन भ्रान्ति मात्र हो ।
१२) भारतीय नाकावन्दीलाई के भन्नु हुन्छ ? यसको समाधान के हो ?
पहिलो, भारतीय नाकाबन्दी नेपाली राष्ट्रियता माथिको हस्तक्षेप हो । दोस्रो यो नेपाली जनताको आन्तरिक मामिलामा हस्तक्षेप हो । तेस्रो यो दुईपक्षीय सन्धी, सहमति र अन्तराष्ट्रिय कानून र मूल्य मान्यताको उलङ्घन हो ।
चौथो, नेपाली दलाल नेताहरुको दलालीको मात्राको परिक्षण पनि हो । पाचौं, नेपाली काँगे्रस, एमाले हुँदै बाबुराम, प्रचण्डसम्म आउँदा बाहिर र भित्री रुपमा भएका खुल्ला र गोप्य राष्ट्रघाती सन्धी संझौताहरुको प्रमाणीकरणका लागि दबाव हो ।
छैटौं उनीहरुले पटक पटक नेपाल माथि गर्दै आएको हस्तक्षेपका बिरोधमा नेकपा माओवादीले जनतालाई भारतीय बिस्तारबादी कदमका बिरुद्ध गरेको संघर्षको प्रतिशोध पनि हो ।
सातौं आर्थिक रुपमा बाहिर नाकाबन्दी गरे जस्तो गरी भित्र कालोबजारी र कमिशनबाट भारतीय दलाल, भातेहरुलाई मोटाउन र पोस्ने, नेपाली जनतालाई लुट्ने, लुट खसौटको सुनियोजित खेल हो ।
यो कार्य घोर निन्दनीय छ र यसको नेपाली जनताले डटेर बिरोध गर्न जरुरी छ । अन्तमा यो नाकाबन्दी ‘भारतको सीमाना हिमालयसम्म हो’ भन्ने नेहरु डक्टरिनको निरन्तरता हो ।
यसको समाधान राष्ट्रिय मुक्ति युद्ध र नयाँ नयाँ जनवादी क्रान्ति हो । नेपालको सन्दर्भमा नयाँ जनवादी क्रान्ति आफै पनि राष्ट्रिय मुक्तियुद्ध हो ।
क्रान्तिको सफलता पछि गरिने पुराना असमान सन्धी संझौताहरुको खारेजी र आपसी समानताको आधारमा नयाँ ढंगबाट दुई मित्र राष्ट्रका बीच द्वीपक्षीय रुपमा गरिने नयाँ संझौता र सहमतिहरुले मात्र यस प्रकारको निरन्तर हस्तक्षेप गरिरहने प्रबृत्तिको अन्त्य गर्नेछ ।
यो दलाल शासकहरुको कुटनीतिक पहलबाट संभव छैन किन कि उनीहरुले अझ यो भन्दा ठूलो घात गर्ने संभावना छ ।
१३) मधेश समस्या के हो ? यसको समाधान के हो ?
मधेशको समस्या नेपाली जनताको आन्तरिक समस्या हो । यो राष्ट्रियता र जनतन्त्रको समस्या हो । यसलाई अन्य नेपाली नागरिकहरुको जस्तै मधेशको बिशिष्ट समस्या भएकोले नेपाली क्रान्तिको समस्याको एक अभिन्न अंगको रुपमा लिनु पर्छ र सत्ताबाट यसको हल गर्नु पर्दछ । यसको स्थायी हल पनि क्रान्ति नै गर्ने हो ।
यसलाई नेपाली जनताको समस्या भन्दा बाहिरबाट हेरिनु हुँदैन । यसलाई राज्यसत्ताले गंभीरतापूर्बक लिनु पर्दछ ।
१४) के मधेशको विषयमा दिल्लीमा गएर वार्ता गर्नु ठीक हो ? मधेशको विषयमा भारतीय मन्त्री र नेपालका प्रधानमन्त्री वीच सहमति भयो भनिन्छ, यो सहमति वारे के भन्नु हुन्छ ? मधेशी मोर्चाले मधेशमा तराई भूभागको मात्र दुई प्रदेश माग गरिरहेको छ, यसवारे के भन्नु हुन्छ ? मधेशको जनसंख्याको आधारमा प्रतिनिधित्व वढाउन पर्ने उनीहरुको माग वारे के भन्नु हुन्छ ?
मधेश नेपालको भूमि हो । मधेशमा बस्ने जनता नेपाली हुन् । मधेश र मधेशी जनताको समस्या नेपाली जनताको समस्या हो । यो समस्या नेपालको आन्तरिक मामिला हो ।
यो हाम्रो आन्तरिक मामिला भएकोले यसको हल गर्ने हक नेपालको राज्यसत्ता र मधेशी जनतामा मात्र छ । त्यो अधिकार दिल्ली र कुनै मधेशी नामका दलालहरुलाई छैन । अहिलेसम्म नेपालका नेताहरु सानो समस्या आयो भने पनि दिल्ली डौदने नियति बनेको छ । यो गलत छ ।
यसले देखाउँछ कि नेपालका यी नेता भनाउँदाहरु भारतका दलाल हुन् । यी मालिक बिना केही पनि गर्न सक्दैनन् । ‘‘दिल्ली बिना नेपालका नेताहरुको घाँटीमा पानी नै नछिर्ने के भाको हो ?’’ भनी जनता भन्छन् । यहि दलालीको प्रकरण हो दिल्लीमा बार्ता गर्नु ।
यो दिल्ली धाउने सोच नै गलत छ पहिलो कुरा । दोस्रो, नेपालको प्रधानमन्त्री हो या मन्त्री सचिवहरु हुन् भारतसंग गरिने दुईपक्षीय सहमति अपादर्शी हुनु हुँदैन । सहमति गर्न सकिन्छ, सक्छन् तर के को निम्ति र किन गर्ने ? यो जनता र राष्ट्रको हितमा हुनु पर्छ ।
बिगतमा यस्ता थुप्रै गोप्य रुपमा गरिएका असमान सन्धी, सम्झौता र सहमतिहरुले गर्दा आज नेपाली जनताहरुलाई यो सास्ती दिईरहेको छ । यो नाकाबन्दी पनि त्यसैको एउटा कारण हो ।
तेस्रो मधेशी नेताहरुले उठाएका कतिपय मागहरु राष्ट्रघाती र नेहरु डक्टरिनलाई टेवा दिने प्रकारका छन् । दुई प्रदेश नै मधेशीहरुलाई किन आबश्यक प¥यो ? सुनसरी, मोरङ छुट्याउँदा अर्को समुदायको भावनामा पनि त चोट पर्ला नी । त्यसप्रति पनि सोच्न पर्छ । आफ्नो बारेमा सोच्दा अरुको बारेमा पनि सोच्न सक्नु पर्छ ।
फेरी असल नियतबाट उठेका वा उठाइएका कुराहरु गलतै भए पनि यो छलफलको बिषय बनिनु पर्छ, तर खराव नियतले जति राम्रो सोचे पनि त्यो घातक हुन्छ रणनीतिक दृष्टिले । कति प्रदेश बनाउने मधेशी जनताको मूल मुद्दा होइन, मधेशी जनताको हक र अधिकार सुनिश्चित गर्ने कुरा मूख्य होे ।
अहिलेसम्म नेपालको राज्यसत्ताबाट मधेशी जनता माथि गरिदै आएको भेदभाव र उपेक्षाको अन्त हुनुपर्छ र अन्य नेपाली नागरिकहरु सरह मधेशी जनतालाई पनि राज्यले नागरिक अधिकार र सम्मान दिनु पर्छ तर यो वा त्यो रुपमा भारतीय डिजाइनमा उठाइने कुराहरु ठीक छैनन् ।
यो वा त्यो रुपमा भारतीय नागरिकहरुलाई नेपाल हुलेर नेपाललाई फिजी बनाउने भित्री नियति छ यो गलत छ । जनसंख्याको आधारमा निर्बाचन क्षेत्र तोक्ने र प्रतिनिधित्व गराउने भन्ने कुरा प्रकारान्तरले नेपाललाई फिजी बनाउने भारतीय मनसाय छ ।
खास नेपाली मधेशी जनताको आत्मामा चोट नपुगोस तर यो प्रस्ताव मधेशी जनताको हितमा छैन न त नेपाली राष्ट्रियता कै निम्ति । अतः यसप्रति सबै नेपाली मन, तन भएका नागरिकले गंभीरतापूर्बक सोच्न आबश्यक छ ।
१५) जनजाति समस्या के हो ? जातीय समस्या र वर्गीय समस्या वीच कसरी तालमेल मिलाउनु हुन्छ ?
जनजातिको समस्या पनि बर्गीय समस्या कै अर्को रुप हो । यो आन्तरिक राष्ट्रियताको समस्या हो । यसको हल पनि क्रान्तिसंग जोडिएको छ । यसलाई बार्ता, सहमतिबाट हल गर्न खोज्नु निरर्थक प्रयास मात्र हो । यो त क्रान्तिले हल गर्ने बिषय हो ।
किन कि जातीय भने पनि यसको साइनो सम्बन्ध बर्गीय मुक्तिसंग गाँसिएको छ । जातीय र बर्गीय समस्या एक अर्कामा अभिन्न छन् । यी दुईलाई अलग्याएर हेरिनु हुँदैन ।
यी यस्तो चीज हुन् कि बर्गीय मुक्ति बिना जातीय मुक्ति असंभव छ र जातीय मुक्ति बिना बर्गीय मुक्ति पनि अपूर्ण र अधुरो हुन्छ । यसलाई पूरा गर्न फेरी अर्को क्रान्ति गर्नु पर्छ । यसैलै यिनलाई पृथक ढंगले हेर्ने र बुझ्ने गर्नु अमाक्र्सबादी सोच हो ।
१६) तपाई ऐतिहासिक थवाङ गाँउका पनि नेता हुनु हुन्छ । थवाङका जनताको भनाई के पाउनु भएको छ ?
‘‘अहिलेसम्म नेताहरुलाई पालियो, पोषियो, अफ्ठ्यारो भन्दा अफ्ठ्यारोमा पनि साथ दिइयो तर नेताहरुले यसको बदलामा धोखा मात्र दिए । थबाङले दिएको बलिदान र क्रान्तिप्रतिको सेवा खेर गयो ।
अवका नेताले धोखा नदिउन अझै हामी क्रान्तिलाई साथ दिन्छौं’’ं भन्ने थबाङ्गी जनताको भनाई छ र क्रान्ति र आमूल परिबर्तन थबाङ्गी जनताको चाहाना र सपना छ ।
१७) तपाई हालै केन्द्रीय जनपरिषदको प्रमुख चुनिनु भएको छ । यसको उद्देश्य र कार्यक्रमहरु वारे वताइ दिनुस् । के अब नेपालमा अर्को जनसत्ता जन्माउन खोज्नु भएको हो ?
बर्ग समाजमा दुई शक्ति दुई सत्ता, दुई बिचार, दुई ध्रुव यो स्वभाबिक प्रक्रिया हो । यो कहिले घोषित हुन्छ, कहिले अघोषित हुन्छ । जुन बर्गको सत्ता छ त्यो घोषित हुन्छ जुन बर्ग सत्ता बाहिर वा प्रतिपक्षमा छ त्यसको सत्ता अघोषित नै हुन्छ ।
शक्ति सन्तुलनको अवस्था वा स्थितिको माग अनुसार त्यो घोषित रुपमा आउँछ । यो सत्ता सम्बन्धि सैद्धान्तिक पक्ष हो । जस्तै अहिलेको कुरा गर्दा हामी अहिले संघर्षको चरणमा छौं ।
अहिले हामी ब्यापक जनतालाई गोलबन्द गर्न र प्रतिक्रियाबादी सत्ताका बिरुद्ध ब्यापक मोर्चा कायम गर्न परिषदलाई केद्रीय रुपबाट संघर्षको संयोजन गर्न अहिले संघर्षको साधनको रुपमा लिएका छौ ।
यदि सत्ताधारी बर्गले उचित राजनीतिक निकास दिन तयार भएनन् भने यसले रुप बदल्न पनि सक्छ तर अहिले भने यसका्े मुख्य भूमिका आन्दोलनको संयोजनकारी भूमिका नै हुन्छ ।
यसले राजनीतिक रुपले संसदीय सत्ता र कथित संघीयताको धज्जी उडाउदै नेपाली जनतालाई कथित संघीयता, कथित संबिधान, कथित लोकतन्त्रको भण्डाफोर गर्दै जनतालाई संसदबादी भ्रमबाट मुक्त पार्ने र संघीय जनगणतन्त्र निर्माणको दिशामा अग्रसर गराउने नै यसको तत्कालिक कार्यभार हुने छ ।
साथै यसको संगठनात्मक संरचना पनि गाउँ गाउँसम्म फिजाएर जनतालाई राष्ट्रियता र जनतन्त्र प्रति सचेत बनाउँदै ब्यापक संयुक्त मोर्चा निर्माण गर्ने र जनतालाई अन्यायका बिरुद्ध आन्दोलित र गोलबन्द गर्दै आफ्नो सुरक्षा आफै गर्न सक्ने आत्मनिर्भर अर्थनीति र राजनीति तिर अग्रसर गराउने नेतृत्वकारी भूमिका यसको रहने छ ।
यसलाई अहिले नै सत्ताको बिकल्प वा रुप दिएका छैनौं । भोली संसदबादी दलहरु एकलौटी रुपमा संसदीय ब्यवस्था लागु गर्ने र लाद्नेतिर गए भने यसले त्यसको बिकल्पको रुप लिन पनि सक्छ ।
तर अहिले यसले ब्यापक मोर्चा र संघर्षको साधनको काम गर्ने छ । अहिलेको हाम्रो घोषित नीति यहि हो ।
Loading...
Social Buttons