Loading...
एजेन्सी–आमा भनेको माया, ममताको प्रतिमूर्ति मानिन्छ । कुनै पनि बच्चाले पहिलो शब्दको रुपमा ‘आमा’ पुकार छ, भन्ने गरिन्छ । तर, यदि तिनै आमा आफ्नो सन्तानप्रति दुश्मन बनिन भने के हुन्छ ? हिजो आज यस्तै एक घटना सामाजिक सञ्जालमा समाचारको बिषय बनेको छ ।
अंग्रेजी अनलाइन ‘डेली मेल’को खबरअनुसार, क्यालिफोर्नियामा एक आमाले आफ्नी एक महिना पुगेकी छोरीलाई माइक्रोवेभमा राखेर निर्ममतापूर्वक मारेको आरोप लागेको छ । जसले गर्दा अदालतले उक्त महिलालाई आजिवन कारावासको सजाय घोषणा गरेको छ । ३४ बर्षीया का यांग नामकी उक्त महिला पहिले पनि तीन बच्चाको आमा थिइन् । उनले आफ्नी सबैभन्दा सानी छोरी मिरबेल थालाई तड्पाई–तड्पाई मारेको प्रमाणित भएको छ । प्रहरीकाअनुसार, बच्चालाई लगभग ५ मिनेटसम्म माइक्रोभेव चुलोमा महिलाले राखिन् ।
सुरुमा उक्त महिलाले आफ्नी छोरीलाई माइक्रोवेभभित्र देख्दा होस उडेको बताइन् । महिलाकाअनुसार, उनको एक ग्राहक आएको समयमा उनकी छोरी हराएकी थिइन् । उनले छोरीलाई खोज्ने प्रयास पनि गरेको महिलाले बताइन् । तर, पछि प्रहरीले आफ्नो अनुसन्धानमा महिलालाई हत्यारा साबित गरेको बताइएको छ । अन्ततः उनलाई नाबालक छोरीको हत्याको आरोपमा आजिवन जेल चलान गरियो ।
Loading...
Social Buttons