Loading...
काठमाण्डु, २५ असोज– चीनबाट नेपाल, भारतलगायत दक्षिण एसियाली मामिला हेर्ने विज्ञहरुमध्ये प्राध्यापक हु सिसेङको नाम अग्रपंक्तिमा आउँछ । चीनको सरकारी थिंकट्यांक– ‘चाइता इन्स्टिच्युट्स अफ कन्टेम्पोरेरी इन्टरनेसनल रिलेसन्स’ मातहत दक्षिण तथा दक्षिणपूर्वी संस्थाको निर्देशक रहेका प्रा. हुसँग कान्तिपुर दैनिकमा प्रकाशित अन्तर्वार्ताको छोटो अंशः
अहिले तिब्बतको सिगात्सेसम्म पुगेको चीनको महत्वकांक्षी रेल सञ्जाललाई नेपालसम्म विस्तार गर्ने भन्ने सुनेका छौँ । के यो प्रस्ताव विचाराधीन छ ?
यो प्रस्ताव पहिल्यै स्वीकृत भइसकेको छ र योजना पनि सुरु भइसकेको छ । तर नेपालतर्फको भूबनोटले गर्दा सायद रेलमार्ग केरुङतिरबाट जोड्न सम्भव हुन्छ होला । कोदारीमा सडक मार्ग खासै राम्रो छैन । काठमाण्डुबाट केरुङ यात्रा गर्नु धेरै सजिलो छ ।
के तिब्बती रेल भारतीय राज्य सिक्किमतर्फ पनि बिस्तार गरिँदै छ ?
हो, यस्तो विस्तारबारे योजनाहरु छन् तर यो साँच्चिकै कार्यान्वयन हुन्छ कि हुँदैन भन्नेमा म विश्वास छैन । नेपाल–चीन रेल सञ्जालको भने ज्यादा सम्भावना देखिन्छ । सायद पहिले चीन नेपालसँग जोडिनेछ, त्यसपछि उसले भारतसँगको विकल्पबारे खोजी गर्नेछ । तर चीन र नेपालको यस्तो सम्पर्कबारे भारत शंकालु छ भन्नेबारे हामी अवगत छौ । तर विगतमा हामीले जब दुइटा चीन–नेपाल राजमार्ग बनायौँ, त्यसैगरी दुई देशले अन्य कुनै आयोजना निमार्ण गर्ने निर्णय गर्यौँ भने भारतले स्वीकार गर्नैपर्छ ।
र, हामी यसलाई भारतको पनि फाइदाका लागि बनाउँछौ । सिक्किमको नाथुला नाकामा चीन–भारत सीमा व्यापार भारतीय पक्षबाट गरिएको अवरोधका कारण गतिरोधको अवस्थामा थियो । अहिले स्थिति सुध्रेको छ र नाथुला तीर्थयात्राका लागि पनि खुलेको छ तर यो धेरै टाढा छ । यदि चीनसँग सिगात्से–काठमाण्डु मार्ग भयो भने धेरै नजिक हुनेछ ।

Social Buttons