Latest News

सभासदलाई धम्की- केपी ओलीलाई भोट हाले गोली हानेर मारिदिन्छौं !!!

Sansadकाठमाडौं, २४ असोज । बहुमतीय प्रक्रियाबाट नयाँ सरकारको प्रधानमन्त्री चयन हुने तयारी भइरहेका बेला केही सभासदलाई ज्यान मार्नेसम्मको धम्की आएको छ ।
अज्ञात समूहले एमाओवादीका केही मधेसी सांसदलाई केपी ओलीलाई भोट हालेमा गोली हानेर मार्ने धम्की दिएको खुलासा भएको छ ।
अज्ञात समूहले केपी ओलीलाई भोट हाले गोली हानेर मार्ने धम्की दिएको एमाओवादी सभासद निशा साहले दैनिक नेपाललाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘मलाई मधेसतिरबाट फोनमा धम्की आयो । ओलीलाई भोट हालिस् भने मधेस आएका बेला गोली हान्छौं भनेका छन् ।’
निशालाई जस्तै एमाओवादी सांसद सोनिया यादवलाई पनि ओलीलाई भोट नहाल्न धम्की आएको एमाओवादी स्रोतले जनायो ।
Loading...