Latest News

बिप्लव माओवादीले पनि नयाँ सरकार घोषणा गर्ने

काठमाडौँ, २४ असोज ।
‘नयाँ संविधान’ घोषणा गरेकै दिन ‘जनगणतन्त्र नेपालको संविधानसम्बन्धी अवधारणा’ सार्वजनिक गरेको बिप्लव माओवादीले नयाँ सरकार समेत वनाउने भएको छ ।
मुलुकले ३८ औं प्रधानमन्त्री चयन गर्ने तयारी गरिरहेको वेला बिप्लव माओवादीका नेता धमेन्द्र वास्तोलाले आफुहरुले पनि वैकल्पिक सत्ता निर्माण गर्ने तयारी स्वरुप नयाँ सरकार गठन गर्ने वताए । उनले यसअघि नेपालको संविधान २०७२ कै ‘समानान्तर संविधान’का रुपमा ‘जनगणतन्त्र नेपालको संविधानसम्बन्धी अवधारणा’ सार्वजनिक गरेको वताए ।
UCPN Moist Led by Comrade Netra Bikram Chand alias Biplav and Comrade Dharmendra Bastolaवैकल्पिक राजनीतिक धार, वैकल्पिक संविधान–कानुन र वैकल्पिक सत्तासम्म निर्माण गर्ने पार्टीको योजना गरेको उनको भनाई छ । भारतीय गुप्तचर संस्था ‘रअ’ र अतिहिन्दूवादी विजेपीबीचको अन्तरविरोधले नेपालमा नाकाबन्दीको अवस्था सिर्जना भएको भन्दै उनले मधेस आन्दोलन अर्थहिन भएको वताए । ‘रअ’ को निर्देशनमा संविधान जारी गरको तर आरएसएसको छत्रछायाँमा रहेका नेताहरुले यसको विरोध गरेको उनको टिप्पणी छ ।
अन्तर्रा्ष्ट्रिय सन्धि र कानुनहरुको उल्लंघन गर्दै भारतीय पक्षले नेपालमा अघोषित नाकाबन्दी लगाएको, नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमतामा भारतले ठाडो हस्तक्षेप गरेको वास्तोलाले वताए । उनले हिन्दी फिल्म, च्यानल र बिज्ञापनमा रोक लगाउने, भारतीय नम्बर प्लेटका सवारी सधानलाई चल्न अबरोध गर्ने वताए ।
मन्त्री र राजनीतिक पार्टीका केही नेताले नाकाबन्दीको सर्मथन गरेर नेपालको राष्ट्रियतामाथि धावा बोलिरहेको वास्तोलाको भनाई छ
Loading...