Latest News

अतिनै रोचक !! अहिले पनि किन गरिन्छ महिलाको कुमारित्व परीक्षण जान्नुहोस्!! कारणसहित

Image titleएजेन्सी  । इन्डोनेसियामा महिलालाई सरकारी फौजमा प्रवेश गर्नुअघि अनिवार्य रुपमा कुमारित्व परीक्षण (भर्जिनिटी टेस्ट ) गरिन्छ । उच्च शिक्षा पास गरेका १८ देखि २० वर्ष उमेरका महिलालाइ सुरक्षा फौजमा भर्ती हुनुपूर्व इन्डोनेसियमा बर्षौंदेखि महिलाको कुमारित्व जाँच्ने गरिन्छ । यस्तो परीक्षण हवाई फोर्स, सेना र नौसेनामा भर्ना हुने अधिकृतहरुमा अनिवार्य गरिएको छ । स्थानीय सरकार र सार्वजनिक सेवामा पनि यस्तो परीक्षणलाई सरकारले विस्तार गर्दैछ ।
कथित ‘भर्जिनिटी टेस्ट’ को मानवअधिकाबादी संघ संस्था र कार्यकर्ताले बिरोध गरेका छन् । अवैज्ञानिक र रुढीबादी यस परीक्षणलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले निन्दा गरेको छ । ‘वर्तमान युगमा भर्जिन टेस्टको कुनै स्थान छैन । परीक्षण आफैँमा विभेदकारी छ । महिलाको क्षमता कुमारित्वले जाँच्न सक्दैन,’ डब्लुएचओले भनेको छ ।
कसरी हुन्छ परीक्षण ?

‘दुई औलाको परीक्षण’ दिएको यस परम्परागत परीक्षणमा चिकित्सकहरुले महिलाको योनिच्छेद र त्यसको आकारको साथै  योनीको शिथिलताबारे गहन अध्ययन गर्छन् । यस आधारमा उनीहरुले यौन सम्बन्ध राखे नराखेको खुलासा हुने दाबी गरिन्छ । तर यस परीक्षणबारे नै चिकित्सकहरुबीच मतभेद देखिन्छ । केही चिकित्सकहरुका अनुसार योनिच्छेदको अवस्थाले भर्जिन टेस्टको जिज्ञासालाई खासै सम्बोधन नगर्ने र योनिच्छेदको आकार महिलाअनुसार फरक फरक हुने गर्छ ।
स्वास्थका नाममा गरिने यस परीक्षणले महिलाको मानव अधिकारको हनन भएको ह्युमन राईट वाचले जनाएको छ । वाचले कुमारित्व परीक्षण गरिएका ११ जना इन्डोनेसियाली महिलाको अनुभव समेत सार्वजनिक गरेको छ ।
वाचका एन्ड्रिज हारसोनका अनुसार महिला चिकित्सकहरुले आफ्ना दुई ओटा औला भर्ति हुन चाहने उम्मेदावरको  योनिकोद्वार खोल्न प्रयोग गरेका थिए, अर्को एउटा औलालाई मलद्वारमा राखिएको थियो । आफूलाई गरिएको परीक्षणबारे महिला यति लज्ज्ति देखिन्थे कि आफ्नो परीक्षण सुनाउँदा अन्य महिला भाग्थे ।
एन्ड्रिजका अनुसार परीक्षणलाई धेरै जना महिलाले आफूहरुमाथिको अपमान बताए । केहीले मानसिक आधात महशुस गरेका थिए । भर्जिन टेस्ट गरेर भर्ति हुन साथीलाई सुझाब नदिने सहभागी एक महिला बताउँछिन् । ‘वास्तवमै यो एउटा घृणित कार्य हो र यातान पनि । कोही पनि यस्तो परीक्षण नगरोस्,’ उनी भन्छिन् ।
‘परीक्षण अपरिहार्य’
इन्डोनेसियाली सेनाका प्रमुख भने कुमारित्व परीक्षण अपरिहार्य भएको बताउँछन् । सेनामा उनीहरु नैतिक रुपमा उचित छन् वा छैनन् भन्ने थाहा पाउन परीक्षण आवश्यक भएको उनको तर्क छ । ‘कुमारित्व परीक्षण त निकै राम्रो विषय हो । यसको आलोचना गरिनु हुन्न ?’ सेनाप्रमुख मोइलेडोकोको भनाई उद्घृत गर्दै दी जाकार्ता पोस्टले लेखेको छ ।
महिला भर्जिन हुनु र सेनाको फौजमा कार्य गर्न क्षमता राख्नु एक अर्कासँग प्रत्यक्ष सम्बन्ध नरहे पनि भर्जिनीटीले महिलाको नैतिकता मापन गर्ने बताए । भर्ती गरिने महिला भर्जिन नभए उनीहरुको मानसिक रुपमा समेत अस्वस्थ हुने उनी दाबी गर्छन् ।
यस्तो परीक्षणले आगामी दिनमा पनि निरन्तर पाउने उनको भनाई छ । भन्छन्, ‘भावी दिनमा पनि हामी निरन्तर परीक्षण गर्नेछौं । किनकी सबै भन्दा महत्वपूर्ण विषय भनेको तपाईँको मानसिकता हो । ’
वासिंगटन पोस्टका अनुसार इन्डोनेसियमा सेनामा भर्ती हुनु अघि गरिने कौमारित्वको परीक्षणलाई एउटा विशेष अभ्यासका रुपमा लिइन्छ । ‘सेनामा भर्ती हुन चाहनेले नंग्न भएर आफ्नो योनी चिकित्सकलाई परीक्षण गर्न तयार हुनुपर्छ । महिलाहरु कथित भर्जिन छन् भन्ने सुनिश्चित गर्न यस्तो गरिन्छ,’ सो पत्रिकाले टिप्पणी गरेको छ ।
यातना पीडितका लागि अन्तर्राष्ट्रिय परिषद् (आईआरसीटी)ले पनि परीक्षणले महिलाको मानव अधिकारको हनन गरेको जनाएको छ । ‘परीक्षण अन्तर्राष्ट्रिय कानून अन्तर्गत महिलामाथि दुव्र्यबहार हो,’ आइआरसीटीले भनेको छ । इन्डोनेसियमा सेनाका प्रस्ताबित बेहुलाले समेत बिबाहअघि कन्याको कुमारित्व परीक्षणको माग गर्ने गरेको आईआरसीटी र एचआरडब्लुले जनाएका छन्, तथापी सेनाले भने यसलाई अस्वीकार गरेको छ ।
विश्वमा भर्जिनीटी टेस्टको अवस्था

महिलाहरुको मानवअधिकारको हननसँग जोडिएको यो विषय अझै पनि कट्टर मुश्लिम मुलुकहरुमा विद्यमान रहेको बताइन्छ । तर, अधिकांश मुलुकहरुमा भने बिस्तारै यो परीक्षण घटेको बताइन्छ ।
उच्च माध्यामिक विद्यालयमा महिलाको भर्जिनीटी टेस्टको व्यबस्थाको माग एउटा राजनीतिक दलले गरेपछि दक्षिण अफ्रिकामा यो गरम विषय बनेको छ । किशोरावस्थामा  हुने गर्भवती दर रोक्न उसले यस्तो आग्रह गरेको हो । तर यसको तीब्र बिरोधपछि कार्यन्वयन रोकिएको छ ।
बलात्कारबाट बाँचेकालाई दुई औले परीक्षण गर्ने भारतीय अस्पतालहरुबिरुद्ध डब्लुएचआरले अभियान नै चलाएको थियो । सन् २००९ मा केरेलामा केही भिक्षुणीमाथि गरिएको परीक्षणलाई लिएर हजारौ महिला प्रदर्शनमा उत्रिएका थिए । राज्यको प्रयोजनमा हुने सामूहिक बिबाहमा डेढसय महिलाहरुको परीक्षणपछि चर्को बिरोध भएको थियो ।
उता बेलायतमा भारत, पाकिस्तान, वंगलादेश लगायतका अन्य मुलुकहरुबाट गएका केही आप्राबासी महिलाहरुको सन् १९७९ सम्म भर्जिनीटी टेस्ट गरिन्थ्यो । बेलायती पुरुषसँग यसअघि नै आप्राबासी महिलाको लसपस भए÷नभएको पत्ता लगाउन पनि सरकारल यस्तो परीक्षणलाईे अनिवार्य गरेको थियो । तर, युके बोर्डर एजेन्सीले तीब्र बिरोधपछि बेलायतमा यस्तो परीक्षणमा प्रतिबन्ध लगाइएको छ ।
इजिप्टमा सन् २०११ त्यहाँको एक अदालतले सेनाको जेलभित्र रहेका महिला कैदीलाई यौन परीक्षण बन्द गर्न आदेश दिएको थियो । प्रदर्शनमा पक्राउ भएकी एक महिलााई इजिप्टको सेनाले परीक्षण गर्न बाध्य पारेको समाचार सार्वजनिक पछि अदालतको फैसला आएको थियो । स्वास्थ्य खबरपत्रिका बाट ।
Loading...