Loading...
हुम्ला, ७ असोज । छिमेकी भारतले नाकाबन्दी गर्ने धम्की दिइरहँदा अर्थमन्त्री डा. रामशरण महत चीनसँगको नाका खोल्ने विषयमा अध्ययन गर्न हुम्ला पुगेका छन् ।
यसैगरी नेपाल चीन सिमामा रहेको हिल्सा नाकामा नेपाल चीन जोड्ने पुल निर्माणका लागि चीन सरकारसँग पहल भैरहेको उनले बताए ।
कार्यक्रममा हुम्ला जिल्लाका सभासद् जीवनबहादुर शाहीले हिल्सा नाकामा भन्सार कार्यालय राख्न आग्रह गरे ।
नेपाली सेनाको हेलिकप्टरबाट बिहीबार बिहान सिमिकोट पुगेको अर्थमन्त्रीको टोली सदरमुकाम सिमिकोटको कार्यक्रम सकेर हेलिकप्टरबाटै नेपाल चीन सिमानामा पर्ने हिल्सा नाकामा जाने कार्यक्रम रहेको छ । त्यसपश्चात कालीकोट र डोल्पा जाने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ ।
Loading...
Social Buttons