Latest News

यसैहप्ता पृथ्वी प्रलय हुने दाबी !! के कसरी ? पुरापढुनुहोस्

असोज ७ - इसाइ धर्मप्रति विश्वास राख्नेहरुको पवित्र धार्मिकगन्थ बाइबलमा उल्लेख भएको दाबी गरिएको जस्तो यो महिना अर्थात् ग्रेगेरियन क्यालेन्डरको सेप्टेम्बरमा मानव सभ्यताको अन्त्य हुन्छ त ? उक्त विवादास्पद सिद्धान्तले पृथ्वीको विध्वंश नजिकिसकेको संकेत गरेको छ । 
प्रलयको दिन भनिने उक्त भनाइले सेप्टेम्बर को २२ देखि २८ को बीचमा पृथ्वीसँग एउटा भीमकाय आकाशीय पिण्ड ठोक्किने र सबै ध्वस्त हुने दाबी गरिएको छ । तर, अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आगामी सय वर्षसम्म पृथ्वीलाई ध्वस्त पार्ने खालका कुनै आकासीय पिण्ड वा छुद्र ग्रह नभएको प्रस्ट पारेको छ । उत्तः कस्पिरेसी थ्यौरीले ३ मभहिना अगाडि मात्रै सेप्टेम्बरमा मानव सभ्यता ध्वस्त हुने भविष्यवाणी गरेको हो । 
आफूलाई गैगम्बर दाबी गर्दै आइरहेको रेव इफ्रेन राडिङग्वेजनामक १ जना व्यक्तिले सबैभन्दा पहिलो यो विनाशकारी प्रलयको दाबी गरेका थिए । उनले एउटा आकाशीय पिण्ड क्यारेवियनसागरस्थित प्युर्टो रिको टापुमा खस्ने र यसले पृथ्वीमा शक्तिशाली भूकम्प आउने र सबै विनाश हुने बताएका थिए । अन्य बाइबल समर्थकहरुले पनि यो घटनाको भविष्यवाणीलाई मान्यता दिएका छन् । यद्यपि वैज्ञानिकहरुले यो चेतावनीलाई अस्वीकार गरिसकेका छैनन् । उनीहरुले पछिल्ला अध्ययनमा कुनै पनि आकासीय पिण्ड पृथ्वीका लागि खतरा नदेखिएको जनाएका छन् ।
केही स–साना उल्कापिण्डहरु आए पनि पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि जलेर भष्म हुने उनीहरुले बताए । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पृथ्वीलाई खतरा हुने आकाशीय पिण्ड पत्ता लगाउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । उक्त नयाँ भविष्यवाणीलाई लिएर नासाका प्रवक्ताले भने,‘हाललाई कुनै पनि आकासीय पिण्ड पृथ्वीसँग नठोक्किने नासालाई थाहा छ । यस प्रकारको घटनाको आशंका अत्यन्त न्यून छ । स्रोत -नेपाल समाचारपत्र दैनिक । 
Loading...