Loading...
काठमाडौं । संविधान निर्माणको प्रक्रियाबाट राप्रपा नेपाल पनि बाहिरिएको छ । संविधान निर्माणको कुनै पनि प्रक्रियामा सहभागी नहुने निर्णय राप्रपा नेपालले गरेको हो ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विदेशीको इशारामा तीन दलले संविधान निर्माण गर्न खोजेको, विदेशीको एजेण्डा हाबी भएको, संविधानसभामा प्रातिनिधित्व गर्ने सबै दलहरुको सहमति बिना संविधान जारी गर्न खोजिएकोलगायतको आरोप लगाउँदै संविधानसभाबाट बाहिरिने निर्णय गरेको हो ।
प्रमुख सचेतक दिलनाथ गिरीले राप्रपा नेपालले संविधान निर्माणको सबै प्रक्रियामा सहभागि नहुने निर्णय गरिएको जानकारी दिए ।
‘तीन दल विदेशीको इशारामा आफ्नो अभिष्ट पुरा गर्न तर्फ तल्लीन हुँदा हाम्रो मागको सुनुवाई हुने अवस्था देखिएन, माग सुनुवाई नहुने संविधानसभामा बस्नुको औचित्य पनि रहेन’, गिरीले भने ।
यसअघि राप्रपा नेपालको दुई दिनअघि बसेको केन्द्रीय समितिको आकस्मिक बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले माग पुरा नहुने संविधानसभामा बस्नुको औचित्य नहुने भन्दै संविधानसभाबाटै बाहिरिनु पर्ने आवाज उठाएका थिए ।
बैठकमा थापाले प्रक्रियाबाट बाहिरिनु नहुने बरु नोट अफ डिसेन्ट लेख्ने बताएको स्रोततले बतायो । स्रोतका अनुसार थापाको जोडबलमा बाँकी प्रक्रिया बहिष्कार गर्ने निर्णय भएपछि बहुमत सदस्यहरुले असन्तुष्टि समेत जनाएका छन् ।
यसैबीच थापाले संविधान निर्माणको बाँकी प्रक्रियाबाट अलग हुने निर्णय भएको ट्वीटरमार्फत जानकारी दिएका छन् ।
यसअघि लोकतान्त्रिक मधेशी मोर्चा, विजय गच्छेदारको तीन दलिय मोर्चा लगायत नौ दलले संविधान निर्माणको प्रक्रियामा भाग नलिने घोषणा गरिसकेका छन् ।
Loading...
Social Buttons