Loading...
फुटबलमा युरोप र दक्षिण अमेरिका निकै सशक्त मानिन्छन् । यहाँ फुटबलको
राम्रो संस्कार छ । व्यावसायिक फुटबलमा युरोपका अगाडि कोही टिक्दैनन् ।
दक्षिण अमेरिकामा त मान्छेको रगतमै फुटबल छ । साउथ अमेरिकन फुटबल
कन्फेडरेसन (कोन्मेबोल)मा आबद्घ १० मध्ये भेनेजुएलाबाहेक अन्य देशले
विश्वकप खेलिसकेका छन् । त्यो पनि कम्तीमा तीनपटक । २० मध्ये ९ विश्वकप
दक्षिण अमेरिकाले जितेको छ, युरोपले ११ ।
केही वर्षयता युरोपको तुलनामा दक्षिण अमेरिकी फुटबलको स्तर केही खस्केको देखिन्छ । पछिल्लो तीन विश्वकप युरोपले जित्नु पनि केही हदसम्म यसैको संकेत हो । १९ असारमा सम्पन्न कोपा अमेरिकामा पनि यस्तै देखियो । परम्परागत दक्षिण अमेरिकी महाशक्ति मानिने ब्राजिल, अर्जेन्टिना र उरुग्वेको खेलमा कुनै दम थिएन । चिलीले मात्रै हरेक खेल एउटै लयमा खेल्यो । आखिर उपाधि पनि पहिलोपटक चिलीले नै जित्यो । अन्तर्राष्ट्रिय फुटबलमा चिलीले यति राम्रो छाप यसअघि कहिल्यै छाडेको थिएन ।
१९६२ मा आफैँले आयोजना गर्दाको विश्वकपमा तेस्रो हुनुबाहेक चिलीको सम्झनलायक उपलब्धि केही थिएन । विश्वकप र युरोकपपछि उत्कृष्ट मानिने कोपा अमेरिका जितेसँगै चिलीले एउटा नयाँ जिम्मेवारी पाएको छ । खस्किँदो दक्षिण अमेरिकी फुटबलको स्तर उकास्ने ।
ब्राजिल र अर्जेन्टिनाको कलात्मक शैलीका कारण दक्षिण अमेरिकी फुटबल युरोपको भन्दा फरक थियो । अहिले चिलीको खेल त्यतिको कलात्मक नहोला तर त्यो स्तरभन्दा कमजोर भने अवश्य छैन । चिलीले कोपा अमेरिकामा हचुवामा सफलता पाएको होइन । यसमा उनीहरूको १० वर्षदेखिको मिहिनेत जोडिएको छ । गएको १० वर्षमा चिलीले एलेक्सिस सान्चेज, आर्टुरो भिडाल, एडुराडो भरगास र क्लाउडियो ब्राभोजस्ता उत्कृष्ट खेलाडी उत्पादन गर्यो । केही वर्षयता चिली हाई लाइन डिफेन्स राखेर लगातार आक्रमणमा उत्रन थालेको छ । माथि–माथिसम्म उक्लेर डिफेन्डरहरूले पनि विपक्षीलाई दबाउँदा चिलीको डिफेन्सिभ कमजोरी ढाकिएको छ । यसले चिलीलाई हाई इन्टेन्सिटी गेम खेल्न मद्दत पुर्याएको छ, जुन उनीहरूलाई सुहाउँछ ।
ब्राजिल र अर्जेन्टिना अहिले आफ्नै पुरानो शैली पछ्याउन संघर्ष गरिरहेका छन् । २००७ यता ब्राजिललाई राम्रो टिम बटुल्नै गाह्रो परेको छ । २०१४ कै विश्वकप हेरौँ न, ब्राजिलसँग राम्रो डिफेन्स लाइन थियो । फरवार्ड लाइन सम्हाल्न नेयमार एक्लै काफी थिए । तर, खोइ त त्यही स्तरको मिडफिल्ड ? क्रिएटिभ र सन्तुलित मिडफिल्ड नहुँदा ब्राजिलको डिफेन्स लाइन बढी एक्सपोज भयो । गएको कोपा अमेरिकामा पनि समस्या त्यही रह्यो । अहिलेको डिफेन्स पहिलाको भन्दा झन् खस्केको छ । अझ नेयमारबिना त आक्रमणमा कुनै धार देखिँदैन । त्यसमाथि अहिलेका प्रशिक्षक कार्लोस डुंगा कलात्मक शैलीलाई रुचाउँदैनन् । स्किलफुल गेमलाई मन नपराएकै कारण ब्राजिलमा उनलाई गैरब्राजिलियन प्रशिक्षक भनिन्छ । ब्राजिलियन मिडफिल्डरहरू युरोपका ठूला टिममा जम्न निकै संघर्ष गरिरहेका छन् । एकताका चेल्सीमा ओस्कारले सम्भावना देखाएका थिए । अहिले उनी सेलाए । फेरि काउटिन्हो र विलियानले आश देखाएका छन् । तर, विगतमा ब्राजिलले छाडेको छापको तुलनामा त्यो निकै फिका छ । गएको महिना ब्राजिल यू–२० विश्वकपमा युरोपको अर्को देश सर्बियासँग फाइनलमा पराजित भयो । युरोपमा खेलिरहेका केही युवा खेलाडीलाई हेर्दा पनि राम्रो टिम जम्मा गर्न ब्राजिललाई अझै केही समय लाग्ने देखिन्छ ।
अर्जेन्टिनाको कहानी ब्राजिलको भन्दा बिलकुल फरक छ । उसलाई खेलाडीको कुनै कमी छैन । केही वर्षअघिसम्म अर्जेन्टिनाको डिफेन्स शून्यजस्तै थियो । गएको विश्वकपबाट त्यो स्थिति परिवर्तन भयो । विश्वकपअघि सबैभन्दा कमजोर डिफेन्स मानिएको अर्जेन्टिना विश्वकपमा उत्कृष्ट डिफेन्डिङ टिम भएर निस्कियो । विश्वकपपछि समस्या डिफेन्सबाट डिफेन्सिभ मिडफिल्डमा सर्यो । यो यस्तो पोजिसन हो, जसले एउटा टिमको सन्तुलन मिलाउँछ । मास्केरानोलाई यहाँ साथ दिन सक्ने कोही भएनन् । फर्नान्डो गागोले धान्न नसक्ने, एभर बनेगा अलि बढी आक्रामक भए टिमको सन्तुलन बिग्रने । कोपा अमेरिकामा लुकास बिग्लियाले त्यो समस्या सुल्झाइदिए । अर्जेन्टिनाको फरवार्ड लाइनको त के कुरा । मेसी, अग्वेरो, टेभेज, हिग्वाइन, लाभेजी सबै त्यहीँ छन् । यी सबै युरोपका ठूला क्लबका मुख्य खेलाडी हुन् । यस्ता खेलाडीले भरिँदा पनि अर्जेन्टिनाले यस्तो खेलिरहेको छ कि लाग्छ ऊ भर्खर फुटबल खेल्न सिकिरहेको छ ।
अर्जेन्टिनी प्रशिक्षकहरू पनि एकसे एक छन् । अहिलेका प्रशिक्षक टाटा मार्टिनो तिनै हुन्, जसले पाराग्वेको फुटबललाई उकासेका थिए । उनले छाडेपछि पाराग्वे खस्कियो । अहिले फेरि सम्हालिन खोज्दै छ । मार्टिनो अघिल्लो सिजन बार्सिलोनामा थिए । तर, त्यहाँ उनी सफल भएनन् । अर्को कुरा के भने कोपा अमेरिकामा सेमिफाइनल पुग्ने सबै टिमका प्रशिक्षक अर्जेन्टिनी हुन् । चिलीमा आक्रामक शैलीको फुटबलको जग बसाल्ने मार्सेलो बिएस्ला पनि अर्जेन्टिनी नै हुन् ।
दक्षिण अमेरिकी फुटबलको अर्को पावरहाउस उरुग्वेको खेल बुझ्नै गाह्रो छ । कहिले एक्कासि बलियो टिम बनेर देखा पर्छ, कहिले पत्तै नपाई कमजोर देखिन्छ । लुइस स्वारेज प्रतिबन्धमा परेका कारण यसपटक कोपा अमेरिकामा उरुग्वेले सशक्त प्रदर्शन गर्न सकेन । एडिन्सन काभानी स्वार ेजको जिम्मेवारी धान्न सक्ने क्षमता राख्छन् । आखिर उनी पनि चल्न सकेनन् ।
परम्परागत शक्तिशाली दक्षिण अमेरिकी देशले लगातार कमजोर प्रदर्शन गर्दा युरोपियन टिमको फुटबल भने झन् बलियो हुँदै छ । बेल्जियम नयाँ शक्तिका रूपमा देखा पर्दै छ । अहिले बेल्जियम विश्व वरीयतामा तेस्रो स्थानमा छ । पुराना शक्तिहरू इटाली र फ्रान्स अहिले निकै सन्तुलित टिम देखिएका छन् । नयाँ खेलाडीको सम्मिश्रणले स्पेन पनि सम्हालिँदै छ । इङ्ल्यान्ड र नेदरल्यान्ड्सको टिम पनि उत्तिकै राम्रा छन् । विश्वविजेता जर्मनी सधैँ राम्रो खेल्ने टिम हो । बलियो व्यावसायिक फुटबलका कारण युरोपका टिमहरू अझ सशक्त हुँदै गएका छन् । तर, युरोपकै ठूला लिगमा दक्षिण अमेरिकाका खेलाडीहरू उत्तिकै चम्केका छन् ।
कोपा अमेरिका जितेपछि अकासिँदै गएको युरोपियन फुटबलसँग प्रतिस्पर्धा गर्ने जिम्मा चिलीको काँधमा छ । दक्षिण अमेरिकी विजेताका रूपमा सन् २०१७ मा चिलीले अन्य महादेशका विजेतासँगै विश्वविजेता जर्मनी र आयोजक रसियासँग फिफा कन्फेडरेसन कपमा प्रतिस्पर्धा गर्नेछ । विगतमा दक्षिण अमेरिकी देशले राखेको सान धान्न चिलीलाई त्यति सजिलो छैन तर नसक्ने पनि छैन । यसपटकको चिलीको प्रदर्शनले त्यही देखाँउछ ।
चिलीसँग युरोपमा जमेका खेलाडी प्रशस्तै छन् । एलेक्सिस सान्चेज आर्सनल र आर्टुरो भिडाल युभेन्ट्सका मुख्य खेलाडी हुन् । कप्तान क्लाउडियो ब्राभो ला लिगामा बार्सिलोनाका नम्बर एक गोलकिपर हुन् । त्यसभन्दा मुख्य कुरो चिली अहिले कसैसँग दबिएर खेल्दैन । चाहे त्यो अर्जेन्टिना होस् या ब्राजिल । विश्वविजेता जर्मनी नै आए पनि चिली पछि हट्ने खालको छैन । सन् २०१३ यताका चिलीका खेल हेरे त्यो कुरा पुष्टि हुन्छ । यी सबै टिमसँग चिलीले जुझारु खेल खेलेको छ । नतिजा विपक्षमा गए पनि अन्तर भने एक गोलभन्दा बढीको छैन ।
ती सबै खेलमा बढी प्रभाव चिलीकै छ । विपक्षीले भन्दा बढी आक्रमण चिलीले नै गरेको छ । यहीँबाट एउटा कुरा सबैले बुझे हुन्छ, अहिलेको चिली कसैसँग डराउँदैन । त्यसैले यसपटकको कोपा अमेरिका जित्न चिली सक्षम मात्र होइ
न,
योग्य पनि थियो ।
आक्रामक शैली
फुटबलमा चिलीलाई नयाँ शक्तिका रुपमा स्थापित गर्न सन् २००७ मा मार्सेलो बिएस्लाले टिम सम्हाले । उनले चिलीको पहिचान नै फेरिदिए । हरेक टिमविरूद्ध चिली आक्रामक रुपमा उत्रन थाल्यो । लगत्तै चिली सन् २०१० को विश्वकपमा छानियो । विश्वकपमा दोस्रो चरणसम्म पुग्यो । एउटा आक्रामक टिम बनाएर बिएस्लाले सन् २०११ मा चिली छाडे । क्लाउडियो बोर्घी प्रशिक्षक हुँदा चिलीको खेल अलि फिका देखिन थाल्यो र उनी तत्काल बर्खास्त भए ।
डिसेम्बर २०१२ मा जर्ज साम्पावली प्रशिक्षक भएपछि फेरि एकपटक चिली आक्रामक हुन थाल्यो । साम्पावलीले त्यही शैली अपनाए, जुन उनका गुरू बिएस्लाले चिलीलाई छाडेर गएका थिए । सन् २०१४ को विश्वकप क्वार्टरफाइनलमा पेनाल्टीमा ब्राजिलसँग पराजित हुनुअघि चिलीले आक्रामक खेलेर सबैको मन जितेको थियो । साम्पावलीको नेतृत्वमा चिलीले तीन सेन्टर ब्याक लिएर खेल्ने गरेको छ । अहिले उसको एउटै कमजोरी भनेको विश्वस्तरीय सेन्टरब्याक नहुनु हो । हाई लाइन डिफेन्स राखेर मिडफिल्ड नै कब्जा गरेपछि त्यो कमजोरी छोपिएको छ । उसका मुख्य सेन्टर ब्याक ग्यारी मेडेल जम्मा ५ फिट ७ इन्च अग्ला छन् । तर, पूरै टिमको निकै फुर्तिलो खेलका कारण उनको त्यो कमजोरीलाई कसैले एक्सपोज गर्न सकेनन् । फाइनलमा अर्जेन्टिनाविरूद्ध पनि पूरै मिडफिल्ड कब्जा गरेर मेसीलाई निस्तेज पार्यो । चिलीको अहिलेको सफलताको मुख्य राज भनेकै हाई इन्टेन्सिटीको आक्रामक खेल्ने शैली हो ।

Social Buttons