Latest News

सामाखुसी, गोंगबु क्षेत्रका ‘गुन्डा’ साजन पक्राउ, ‘टोले’विरुद्ध प्रहरी सक्रिय (भिडियो)

प्रहरीले काठमाडौंको सामाखुसी, गोंगबु र टोखा क्षेत्रमा गुन्डागर्दी गर्ने साजन महर्जनलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार गोंगबुबाट महर्जनलाई पक्राउ गरेको थियो । महर्जनको साथबाट उनको फोटो लगाइएको हेमन्त गुरुङको नाममा रहेको भारतीय निर्वाचन आयोगको परिचयपत्र बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीसँगको ‘इन्काउन्टर’मा गुन्डा नाइके कुमार ‘घैंटे’ र दिनेश अधिकारी ‘चरी’को मृत्यु भएपछि ‘टोले गुन्डा’हरुविरुद्ध प्रहरी सक्रिय बनेको प्रहरीले जनाएको छ ।

टोले गुन्डाहरुले स्थानीय व्यवसायीहरु, म्यानपावर, कजेल, स्कुल र सामान्य पसलेलाईसमेत धम्क्याएर रकम असुल्ने गरेको प्रहरीले जनाएको छ ।

धम्क्याएर रकम असुलेको आरोपमा प्रहरीले धादिङका साजन गुरुङ र कारजोन गुरुङलाईसमेत पक्राउ गरेको छ ।

यस्तै, आफूलाई नेपाली सेनाको मेजर भनी ठगी गर्ने ओखलढुंगाका कृष्णबहादुर खत्रीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

सेनाको कल्याणकारी कोषबाट निब्र्याजी ऋण निकाली दिने र आर्मीमा जागिर लगाइदिने भन्दै खत्रीले ठगी गरेको प्रहरीले जनाएको छ ।

यसैगरी, गरगहना तथा पैसा चोरी गर्ने ५ जना, ल्यापटप र मोबाइल चोरी गर्ने एकजना महिलालाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।



Loading...