Latest News

बस दुर्घटनामा श्रीमती गुमाएका हरिशले भने, ‘राजीव रुँदा यता आउ भन्दै छट्पटाइरहेकी थिइन्’

डडेल्धुरा–बसको एउटै सिटमा बसेको काखे छोरालाई बचाए पनि श्रीमतीलाई हरिश खड्काले बचाउन सकेनन् ।
जब बस सडकबाट तल खस्यो, दुई वर्षे दुधे बालक राजिव खड्का र उनको जीवनसंगिनी नारु खड्का बससँगै खोलामा खसे ।

उनले भने, ‘छोरा १०० मिटरमाथि खसेको थियो, श्रीमती १०० मिटर तल खसेकी थिइन् । म त्यहाँ पुग्दा उनले यो संसारबाट बिदा लिइसकेकी थिइनु ।’

नारुको अन्तिम बोली राजिव रुँदा यता आउ भन्दै छट्पटाइरहेकी हरिशले बताए ।

उनको मृत्यु भएपछि हरिश छोरालाई काँखमा च्यापी उप–क्षेत्रीय अस्पतला डडेल्धुरमा उपचार गराउन आए । अब उनीहरुको भेट कहिल्यै हुँदैन् ।

धनगढीबाट बझाङ सदरमुकाम चैनपुरतर्फ जाँदै गरेको सुदुरपश्चिम यातायातको ना५ख २८३२ नम्बरको बस बैतडीको सिद्धेश्वर गाविस–३ ज्याफुमा आज दिउँसो दुर्घटना हुँदा तीन जनाको घट्नास्थलमै मृत्यु भएको हो ।


Loading...