Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

भियतनामले दक्षिण चीन सागरमा रकेट पठाएपछि चीनद्धारा युद्धको चेतावनीः धेरै ठूलो गल्ती गर्यौ

काठमाडौं, २८ साउन । दक्षिण चीन सागरलाई लिएर बढिरेको तनावका बीच चिनियाँ सञ्चारमाध्यमहरुले भियतनामलाई कडा चेतावनी दिएका छन् । सरकार नियन्त्रित चिनियाँ सञ्चारमाध्यमले दक्षिण चीन सागरमा रकेट लञ्चर पठाउने भियतनामको निर्णयलाई भयानक गल्तीको संज्ञा दिँदै यदि दुई देशबीचमा लडाइँ भएमा चीनको नै जीत हुने दाबी गरेका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार केही दिनअघि यस विवादित इलाकामा भियतनामले केही रकेट लन्चर चीनकै सैन्य बेसमा आक्रमणका लागि पठाइसकेको छ ।

भियतनामले रकेट लन्चर पठाएपछि दक्षिण चीन सागरमा युद्धको सम्भावना बढेर गएको छ । जासुसी संस्थाका अधिकारीहरुले तीन दिनभित्रमा चीनले कब्जामा लिएको आफ्नो इलाकामा भियतनामले आक्रमण गर्ने सम्भावना बढेर गएको छ । अमेरिकासहित पश्चिमा राष्ट्रका जासुसी संस्थाका अधिकारीहरुले भियतनामले हालैको महिनामा स्प्राटली द्वीप नजिकै रकेट लन्चर तैनाथ गरेको बताएका छन् ।


जासुसी संस्थाका अधिकारीहरुले आकाशबाट निगरानी गर्दा कुनै लञ्चर देखिएका थिएनन् । हतियारसहितका सैनिक नदेखिएपनि भियतनामले दक्षिण चीन सागरको चिनियाँ बेसमा केही दिनमै हमलाको अन्तिम तयारी गरेको सूचना सार्वजनिक गरेका छन् । अमेरिकासहित पश्चिमा मुलुका सैन्य अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार भियतनाले हालैका महिनामा स्प्राटली द्वीप नजिकैको पाँचवटा क्षेत्रमा रकेट लन्चर तैनाथी अवस्थामा राखेको छ ।

अमेरिकन जासुसी संस्थाका अधिकारीहरुले आकाशबाट यो क्षेत्रमा कुनै लन्चर नदेखिएको बताएका छन् । उनीहरुले यो द्विपीय क्षेत्रमा हतियारले लैस सैनिक नदेखिएपनि अघिल्लो दुई तीन दिनमा चिनियाँ सैन्य इलाका हमला गर्ने सम्भावना बढेको छ ।

दक्षिण चीन सागरको कयौं द्वीप आफ्नो भएको दाबी गर्ने भियतनामको विदेश मन्त्रालयले चीनमाथि आक्रमण गर्न रकेट लन्चर तैनाथ गरेको बारेमा विस्तृतमा जानकारी दिन अस्वीकार गर्यो । तर उसले बाहिर आएको यो सूचना गलत नभएको भने स्वीकार्यो ।

जुनमा भियतनामका उप रक्षामन्त्री सिनियर लेफ्टिनेन्ट नगुएन ची भिन्हले भनेका थिए, ‘‘भियतनामको स्प्राटली द्वीपमा कुनै किसिमका लन्चर्स र हतियार तैनाथ गर्ने योजना छैन। तर यस्ता कुनै पनि विषयमा फैसला लिनका लागि हामीलाई अधिकार सुरक्षित छ ।’’

अमेरिकी थिङ्क ट्ंयाकको रिपोर्ट अनुसार चीनले दक्षिण चीन सागरको फियरी क्रस, सुबी र मिसचीफ रिफ द्वीपमा ३ हजार मिटर लामो धावनमार्ग बनाइसकेको छ । जसको उद्धेश्य त्यहाँ फाइटर जहाज उतार्नु हो ।

भियतनामले भने चीनले सैन्य बेस बनाएको यी तीने द्वीमा अन्य २१ द्वीपमा जस्तै आफ्नो अधिकार दाबी गर्दै आएको छ । चीनले भियतनामले दाबी गर्दै आएको स्प्राटलीमाथि सन् १९८८ मा कब्जा जमाएको थियो । चीनले यो द्वीप कब्जा गर्ने क्रममा भियतनामी नेभीलाई पराजित गरेको थियो ।

त्यस क्रममा भियतनामले द्वीपको सुरक्षामा खटिएका आफ्ना ६४ जना सिपाही मारिएको दाबी गरेको थियो । बितेका केही वर्षमा भियतनामले आफ्नो समुद्री सैन्य शक्तिलाई तीब्ररुपमा विकास गरेको छ । उसले रुसबाट ६ अत्याधुनिक सबमरिन पनि किनिसकेको छ। अस्ट्रेलियन डिफेन्स फोर्स एकेडमीमा भियतनाम रक्षाविज्ञ कार्ल थायरका अनुसार लन्चर्सको तैनाथीले भियतनामको गम्भीरता पुष्टि गरेको छ । भियतनामले आफू पनि सैन्य हिसावमा कम नभएको देखाउन चाहेको छ ।
Loading...