Loading...
महोत्तरी, साउन २८ । श्रीमान् र श्रीमतीबिच ठूलो कुराले मात्रै होइन सानो कुराले पनि फाटो ल्याईदिन्छ भन्ने कुराको उदाहरण हो श्रीमानले यौन सन्तुष्टी दिन नसकेको भन्दै घर छोडेर छोराको उमेर समानका युवकसँग भाग्ने एक महिला ।
उनीहरु महोत्तरीको होटलबाट पक्राउ परेका हुन् । १८ वर्षका युवक कक्षा ११ मा पर्ने विद्यार्थी हुन् । पक्राउ परेकी महिलाका साथमा दुई छोराछोरी समेत छन् ।
महिलाका पतिले प्रहरीमा बयान दिएपछि प्रहरीले लामो खोज र अनुसन्धानबाट उनलाई पत्ता लगाएको हो ।
बयानका क्रममा ति महिलाले आफ्ना पतिले यौन सन्तुष्टी दिन नसकेपछि यस्तो कदम चालेको बताइन् ।
प्रहरीका अनुसार ति दुवैको घर रुपन्देहीको भैरहवा हो । उनीहरु राति बास बस्ने उद्देश्यले होटलमा पुगेका प्रहरीले जनाएको छ ।
Loading...
Social Buttons