Latest News

माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित !!

१९ साउन, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा बुधबार निर्वाचित भएका छन् ।

प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएको यो दोस्रो पटक हो । यसअघि २०६५ सालमा पनि प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

गणतान्त्रिक नेपालमा दुईपटक प्रधानमन्त्री बन्ने प्रचण्ड पहिलो कम्युनिष्ट नेतासमेत बनेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
Loading...