Loading...
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुने भएपछि तस्कर र देशका ठूला दलालहरु खुशी भएका छन् । प्रचण्डलाई आर्थिक प्रभावमा पारी आफ्नो स्वार्थअनुसार प्रयोग गर्दै आएका माफियाहरुको चुरीफुरी बढिसकेको छ ।
भित्री रुपमा यसको लेनदेन उनका छोरा प्रकाश दाहालले गर्दै आएका छन् । गत साता राजधानीमा आयोजित एक बदनाम व्यक्तिको कार्यक्रममा समेत प्रचण्ड प्रमुख अतिथी बने ।
युनिटी इन्टरनेशनलको पैसामा ग्रिन सिटी अस्पताल संचालन गर्दै आएका लोकबहादुर टण्डनले गत साता एक सामान्य कार्यक्रममा प्रचण्डलाई प्रमुख अतिथि बनाएको छ ।
नयाँ प्रविधिबाट मुटुको उपचार शुभारम्भसम्बन्धि कार्यक्रममा उनी उपस्थित भएका हुन् । कार्यक्रममा उनले टण्डनको प्रशंसा गरेका थिए । खबर दृष्टिमा छापिएको छ ।
टण्डन तिनै व्यक्ति हुन् जसलाई युनिटीको ठगीकाण्डमा मुद्दा चलाइएको छ । फरार रहँदै आएकोमा टण्डनलाई एसएसपी पुष्कर कार्कीले डेढ वर्षअघि पक्राउ गरेका थिए ।
त्यसबेला उनी धरौटी राखेर छुटेका थिए । युनिटी इन्टरनेशनलको युनिटी अस्पताल तथा टण्डनले लगानी गरेको एमआरआई सेन्टरमा समेत लगानी गरेको छ ।
गुल्मीका सामान्य परिवारका टण्डनले युनिटी ठगीकै पैसाबाट रातारात करोडपति बनेका हुन् । तर नेताहरुसँग सेटिङ मिलाएर उनले आफ्ना अवैध धन्दा बढाउँदै लगेका छन् ।
गत वर्षको भूकम्प ग्रिन सिटी अस्पताल रहेको भवन बस्न नहुने गरी चर्किएको थियो । तर टालटुल पारेर त्यही उनले अस्पताल चलाउँदै आएका छन् ।
प्रचण्ड प्रधानमन्त्री भएपछि युनिटीको मुद्दा मिलाएर त्यहाँबाट लिएको करोडौं रकम पचाउने उनको योजना छ । त्यहीकारण उनले प्रचण्डको चाकडी गर्दै आएका हुन् । युनिटीमा पैसा लगानी गर्दा १३ लाख सर्वसाधरण ठगिएका थिए । तर उनीहरुले कुनै राहत पाएका छैनन् ।
टण्डनजस्ता व्यक्तिहरुले जनताको पैसामा मस्ती गर्दै आएका छन् । त्यस्तै व्यक्तिहरुलाई प्रचण्ड जस्ता नेताले संरक्षण गर्दै आएका छन् । टण्डनमात्र होइन अरु धेरै विवादास्पद व्यापारीहरुसँग प्रचण्डको दोस्ती रहेको छ ।prasfutanonline
Loading...

Social Buttons