Loading...
काठमाडौं, १९ साउन– राप्रपा नेपालका अध्यक्ष कमल थापाले मधेसी मोर्चा कांग्रेस–माओवादीसँग गरेको तीन बुँदे सहमतिका आधारमा सरकारमा सामेल भएपछि ओली नेतृत्वको सरकारले राजनीतिक विजय प्राप्त गरेको वताएका छन् । नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाइ दिंदै थापाले ओली नेतृत्वको सरकारले मोर्चासँग वार्ताका क्रममा राखेका विषयमै आधारित भएर तीन बुँदे सहमति भएकाले उनीहरुको संविधानमाथिको मुद्दा किनारा लागेको पनि वताए ।
‘संविधान अस्वीकार गर्दै आन्दोलनमा रहेको पक्ष तीन बुँदे सहमति गरेर संविधान अन्तर्गत आएको छ, केही प्राविधिक कुरा बाहेक विगतमा मोर्चासँग हामीले गरेका वार्तामै यी कुराहरु थिए’ थापाले भने, ‘साच्चै भन्नुहुन्छ भने ओली नेतृत्वको सरकारको राजनीतिक विजय भएको छ ।’
Loading...

Social Buttons