Latest News

केपी ओलीलाई हाँसो र मजाकमा मात्र उडाइयो तर उनका मुद्धा विकासका लागी सही छन् : डा भट्टराई


मिडिया एनपी, धनगढी, १४ साउन । नयाँ शक्ती नेपालका संयोजक डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले उठाएका मुद्धा देश विकास र आर्थिक सम्वृद्धीका लागी ठीक भएको बताएका छन् ।

शुक्रवार धनगढीमा प्रदेश नं ७ स्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा भट्टराईले भने कसैले उनलाई बुझेनन्, हाँसो र मजाकको मात्र पात्र बनाए तर ओलीले अघि सारेका मुद्धा आर्थिक सम्वृद्धी र विकासका लागि एकदम उत्तम शुत्र भएको बताए ।

७ बर्षमा गरीवीको अन्त्य, १५ बर्षमा मध्यम स्तरको विकास र २५ बर्षमा सम्वृद्धी मुलुक बनाउने मागचित्र सहित नयाँ शक्ति अगाडी बढेको उल्लेख गर्दै डा भट्राईले भने आर्थिक क्रान्ती नै आजको आवश्यकता हो र तयस विषयमा प्रधानमन्त्री ओली सही बाटोमा थिए बिडम्बना उनलाई कसैले बुझ्नै खोजेनन् ।

पुजिवाद र समाजवाद दुवै पुराना बिचार भएकाले वाम समाजवाद अहिलेको आवश्यकता भएको जिकिर गर्दै डा भट्राईले भने यो विचारले मात्र अहिलेको समस्या र जनचाहाना सम्बोधन गर्न सक्छ ।
Loading...