Latest News

प्रधानमन्त्री पदबाट केपी ओलीले राजीनामा दिएपछि नेपालमा भारतीय परियोजनाहरु सुरु -सुष्मा स्वराज

जेन्सी- भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा भारतीय परियोजनाहरु अगाडि बढ्दै गरेको बताएकी छन् ।

विदेशमन्त्री स्वराजले नेपाल लगायतका नजिकका छिमेकी मुलुकहरुमा लामो समयदेखि रोकिएका परियोजनाहरु अगाडि बढ्दै गएकोले प्रधानमन्त्री नरेन्द्र मोदीको ‘नेवरहुड फस्ट पोलिसी’ सफल हुँदै गएको दाबी समेत गरेकी छन् ।

दी मोदी डक्ट्रिन नामक पुस्तकको लोकार्पण गर्दै स्वराजले नेपाल लगायतका नजिकका छिमेकी देशमा विगत दुई वर्षमा सम्पन्न भएका एपरियोजनाहरुको नाम नै उल्लेख गरिन् । उनले नेपालमा ट्रमा सेन्टर, अफगानिस्तानमा सल्मा ड्याम, श्रीलंकामा दुरियापाड स्टेडियम र बंगालादेशको पेट्रापोल इन्टिग्रटेड चेक प्वाइन्ट सम्पन्न भएको बताइन् ।

यी परियोजनाहरु उल्लेख गर्न लायक कोसेढुंगाहरु हुन,’ स्वराजले भनिन् । स्वराजले नेवरहुड फस्ट पोलिसीले छिमेकी मुलुकहबीचमा सहकार्य, कनेक्टीभिटी तथा जनता(जनताको बीचमा बृहत अन्तर्क्रियामा जोड दिएको समेत बताइन् ।

प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै मोदीले नेवरहुड फस्ट पोलिसीलाई अगाडि बढाएका थिए । मोदीले आफ्नो सपथ समारोहमा सार्क देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षहरुलाई आमन्त्रण गरेका थिए । तर नेपाल, पाकिस्तान लगायतका मुलुकहरुसँगको सम्बन्ध बिग्रको भन्दै मोदी सरकारको आलोचना भइरहेको छ ।

मोदीले क्षेत्रीय समृद्धीलाई अहिले पनि प्राथमिकताका राखेको स्वराजले बताइन् । ‘तर यि उदेश्यहरु प्राप्त गर्न केही चुनौतीहरु रहेका छन् । ति चुनौतीहरुमध्ये सिमापार आतंकवाद एक महत्वपूर्ण हो,’ स्वराजले भनिन्, ‘तर हाम्रो बुद्धिमत्तापूर्वक एप्रोच र गम्भीर पहलका कारण हामीले यसमा बृहत समर्थन प्राप्त गरिरहेका छौं ।’  स्वराजले मोदी प्रधानमन्त्री भएपछि परराष्ट्र नीति निकै अगाडि बढेको दाबी गरेकी छन् ।

Loading...