Loading...
उदयपुर – छ महिनादेखि पशु झै दाम्लोमा बाँधिएर बस्न गर्भवती महिलाको उद्दार गरि अस्पताल भर्ना गरिएको छ । स्थानीय पत्रकार र अधिकारकर्मीको टोलीले विरामी महिलालाई आज घरबाट उद्दार गरि उपचार्थ जिल्ला अस्पताल उदयपुर ल्याएको हो ।
बुधबार रातोपाटी डट कममा ‘६ महिनादेखि गर्भवती दाम्लोमा’ भन्ने शीर्षक समाचार प्रकाशित भएपछि अधिकारकर्मी र संचारकर्मीको टोलीले घरमै पुगेर विरामी महिलाको उद्दार गरि जिल्ला अस्पताल ल्याईएको गैसस महासंघका अध्यक्ष महेश्वरी राईले बताईन । अध्यक्ष राईले भनिन्, ‘बुधबार बिहानै संचारकर्मीसगै विरामीको घर पुगेर हेर्दा गर्भवतीको अवस्था गम्भिर लाग्यो तत्काल प्रहरीसँग समन्वय गरि अस्पताल ल्याउन सफल भयौँ ।’
मानसिक रोग लागेकी त्रियुगा नगरपालिका वडा नंं ५ भातिखर्ककी २२ बर्षीया सृजना कार्की (खड्का) उपचार अभावमा घरमै बाँधेर राखिएको थियो । अध्यक्ष राईका अनुसार महिलाको उद्दार गरी अस्पताल लगेलगत्तै बसेको महासंघको बैठकमा संकलन भएको १२ हजार रुपैंयाले हेटौंडास्थित एक पुनस्र्थापना केन्द्रसम्म लाने व्यवस्था मिलाइँदै छ । ‘अहिले जे जति खर्च जुटेको छ,’ त्यसबाट हेटौंडा पठाउदै गर्छौं’ उनले भनिन, ‘उनको उपचार हुँदै गर्छ, विस्तारै अरु खर्च जोहो गर्ने अभियानमा हामी लाग्नेछौं ।’
छ महिनादेखि लगातार बाँधेर राखिएकी उनको शरीर भरी गहिरो घाउचोट लागेको छ । खुट्टाको घाउ निकै ठूलो र गहिरो गरी पाकेको छ भने बिभिन्न भागमा घाउ खटिरा लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । भएका छन् । गर्भ रहेको दुई महिनाको भएपछि श्रीमान् मनोज खड्काले छोडेर हिँडेपछि उनी परिवारको सम्पर्क नरहेको ससुरा भीम बहादुरले जानकारी दिए । छोरा फरार भएपछि ससुराले नै बिरामी बुहारीको स्याहार गर्दै आएका छन् ।
Loading...
Social Buttons