Latest News

रास्ट्रीयता स्वाभिमान , स्वतन्त्रता अहिले सम्म जोगिएर रहनु को प्रमुख कारण राजतन्त्र

जोन कंडेल

जन्म नेपाल मा भयो , नेपाल भन्ने देश मै मर्न पाए हुन्थ्यो भन्ने सकारात्मक सोच का साथ तितो सत्य।

दुई छिमेकी महान सक्तिसालि रास्ट्र को बिच मा रास्ट्रीयता स्वाभिमान , स्वतन्त्रता अहिले सम्म जोगिएर रहनु को प्रमुख कारण राजतन्त्र हो। दलतन्त्र मा ब्यक्तिगत लाभ हानिका कारण रास्ट्रीयता , स्वतन्त्रता र स्वाभिमान स्खलित हुँदै गएको २००७ साल पछि २०१७ साल पन्चायत आउनु अघि सम्म को देश को दुर्बस्था र २०४७ पछि को प्रजातन्त्र र २०६३ पछिको गणतन्त्र मा बिदेसी नागरिक लाई २लाख ६ हजार नागरिता बितरण गरेको प्रस्ट प्रमाण ईतिहास मा दर्ज भएको छ।


बिरेन्द्र र सर्बोच्च ले रोकेको नागरिकता सम्बन्धी बिधेयक गणतन्त्र पछि रास्ट्र अधक्ष्य सहित सक्तिसाली प्रधानमन्त्री बनेका गिरिजा प्रसाद ले रअ का एजेण्ट को सहभागिता मा तराइ मधेस मा भट्ट बाडे जस्तो नागरिकता बाडेको र त्यसैको जग मा मधेस आन्दोलन चर्किएको हो । यो कुरा आजको सबै रास्ट्रबादी युबा पुस्ता ले बुझ्नु जरुरी छ।


प्रजातन्त्र र गण्तन्त्र पछि जति पनि सरकार बने प्रचण्डको पहिलो सरकार , झलनाथ खनाल को सरकार र के पि ओलि को सरकार बाहेक सबै बिदेसी ले बनाएका सरकार हुन। त्यसैले ती तीन वटा सरकार को आयु धेरै भएन।
स्वभाबिक हो नेता सबै रास्ट्रबादी हुन हो माया गर्छन रास्ट्र लाई तर सत्ता पद र पैसाको लोभ मा । पैसा को लोभ र करियर को स्वार्थ मा नागरिक जसरी बिदेसिन्छ्न त्यसरी नेता पनि बिदेसी को चङ्गुल मा फस्दै गएका हुन ।
दल धेरै हुनु र कुनै पनि दल को बहुमत नपुग्ने गरि जनता बिभाजित छन । युबा हरु बन्सज को आधार मा , लाभ हानिको आधार मा , ब्यबसायिक सेफ ल्याण्डिङ्ग को आधार मा , पद लोभ को आधार मा विभिन्न दल मा आबद्द छन यहि आधार मा बनेको ससद पनि यसै गरि बिभाजित छ।


बाध्यात्मक परिस्थिती ले प्रचण्ड जस्तो ब्यक्ती भारत को गुलाम बन्न पुगे पनि रास्ट्रीयता स्खलित हुने काम गर्ने छैनन भन्ने सकारात्मक आस जिबितै छ।

राष्ट्रबादी युवा ब्यवसायी जोन कंडेलको फेसबुकबाट साभार
Loading...