Latest News

प्रचण्डलाई मोदीको बधाई, भारत भ्रमणको निम्तो

काठमाडौं – प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत बधाई दिएका छन् ।

मोदीले टेलिफोनमार्फत नव निर्वाचित प्रधानमन्त्री प्रचण्डलाई निकट भविष्यमा भारत भ्रमणको निम्तोसमेत दिएका छन् ।

मोदीले आगामी दिनमा द्विपक्षीय हितका लागि मिलेर काम गर्ने विश्वास दिलाएको प्रचण्डका स्वकीय सचिवालयमा रहेका पुत्र प्रकाश दाहालले बताएका छन् ।

यसअघि केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि मोदीले नै पहिलो बधाई दिएका थिए ।
Loading...