Latest News

साउदीको जेलमा रहेका ‘रामचन्द्र बचाउ’ अभियान सफल, आवश्यक रकम जुट्यो, केहि समय पछि जेलमुक्त हुने


युएई , साउन २९ – साउदीको जेलमा रहेका रामचन्द्र तिमल्सिना बचाउ अभियान सफल भएको छ । जेलमा रहेका रामचन्द्रलाई ब्लडमनि तिर्न आवश्यक रकम जुटेको हो । शुक्रबार बसेको गैर आवासिय नेपाली संघ साउदी अरबको ‘रामचन्द्र तिमिल्सिना बचाउ अभियान’ समिक्षा बैठकमा आवश्यक रकम जुटेको भन्दै बाँकी रकम आइतबार सम्ममा जम्मा गर्न यस अघि घोषणा गरेकालाई आग्रह गरिएको छ । २० दिनका लागि सुरु भएपनि पाँच दिनमै आवश्यक रकम जुटेपछि अभियान बन्द गरिएको छ । 
आइतबार एनआरएनए एनसिसी साउदिले बाँकी प्रक्रिया र अहिले सम्मको सहयोगका बारेमा थप प्रस्ट पार्ने जनाएको छ । उहाँलाई बचाउन एक लाख २० हजार रियाल अर्थात झण्डै ३५ लाख आवश्यक भएपनि त्यो भन्दा बढि रकम खातामा जम्मा भइसकेको उहाँकी श्रीमती सरिता तिमल्सिनाले जानकारी दिनुभयो । 
रकम जम्मा हुने क्रम जारी रहेकाले अझै बढ्ने छ । भोली सम्ममा अभियान्ताले सार्बजानिक गर्ने तयारी गरेका छन् । तिमिल्सिना बचाउ अभियान एनआरएन साउदी अरबले राष्ट्रिय र अन्तरास्ट्रिय समिति निर्माण गरेर सुरु गरेको होे । त्यस्तै चितवन युवा समुह अन्तराष्ट्रिय परिषदले युएई लगायत अन्तरास्ट्रिय रुपमा अभियान मार्फत रकम सकंलन अभियान चलाएको छ । समाजले युएई सँगै नेपाल, कतार, कुवेत, बहराइन, इजरायल, साइप्रस, कोरिया, जापान, डेनमार्क, आयरल्याण्ड लगायतका देशमा रामचन्द्र तिमल्सिना बचाउन २० दिने आर्थिक सकंलन अभियान चलाएको थियो । 

यस्तै विभिन्न व्यक्ति तथा संस्थाले स्वस्फुर्त रुपमा रकम जम्मा गरेका छन् । काभ्रेको कुशादेवी २ घिमिरेगाउँका रामचन्दले्र साउदीमा चलाएको गाडीको ठक्करबाट पाकिस्तानी नागरिक तानबीर अमद अव्बासको ज्यान गएको थियो । १५ महिना देखि रामचन्द्र जेलमा थिए भने उहाँको मुद्धा अदालतमा चलिरहेको थियो । अदालतले रामचन्द्रलाई दोषि ठहर गर्दै तत्काल ब्लडमणि तिरे एक लाख २० हजार साउदी रियाल र ४५ दिन कटे तीन लाख रियाल फैसला गरेको थियो । 

साउदी अरबको उच्च अदालतले तिमिल्सिनालाई पहिले मृत्युदण्ड दिने भनेपनि पछि पाकिस्तानी नागरिकको परिवारसँग सल्लाह गरेर ब्लड मनी दिएर आममाफी दिन अनुरोध गरेको थियो । मृतक पाकिस्तानी नागरिकको परिवारले समेत खुनको बदला खुन नभई हत्या बापतको ब्लडमनी स्विकार्ने बताएपछि तिमिल्सिनालाई पैसा तिरेर बचाउन संभव भएको हो । परिवारले संसारभरका नेपालीलाई सहयोग गर्न अनुरोध गरेको थियो । आमा, बाबु, श्रीमती र दुई छोराछोरी छन भने दाजु देवराजको मृत्यु भएपछि उहाँका तीन छोराछोरीको रेखदेख समेत उहाँले गर्दै आउनु भएको थियो । सकंलित रकम अबको २० दिन भित्र साउदी अदालतमा पुर्‍याउनु पर्ने हुन्छ । सकंलित रकम पररास्ट्र मन्त्रालयले साउदीस्थित नेपाली दुतावास मार्फत अदालतमा लगेर बुझाउने छ । रकम बुझाएपछि आवश्यक झन्डै एक महिना अर्थात अदालतले तोके अनुसार कारागारमा बसेर रामचन्द्रले आममाफि पाउने छन् । पाकिस्तानी परिवारले मुद्दा फिर्ता लिएपछि उहाँलाई रिहाइ गरिने व्यवस्था छ । साभार उज्यालो अनलाइन बाट 
Loading...