Loading...
एजेन्सी- जम्मू-कश्मीरको केही स्थानमा पाकिस्तानी सेनाले भारतीय सेनालाई ताकेर आक्रमण गरेको छ ।
जम्मू-कश्मीरको केही स्थानमा पाकिस्तानका तर्फबाट युद्ध विरामकोे उल्लंघनगर्दै आक्रमण गरेको समाचार भारतीय मिडियाहरुले जनाएका छन् ।
जबाफमा भारतीय सेनाले पनि फायरिङ गरेका छ । दोहोरो भीडन्तमा एक महिला गंभीर घाइते भएकी छन् । समाचारमा जनाइए अनुसार पाकिस्तानी सेनाले आज बिहान ३ बजे देखि नै नियन्त्रण रेखामा युद्ध विरामको उल्लघंन गरेको बताइएको छ ।
पाकिस्तानी सेनाले छह गाउँ तथा सीमा चौकीलाई निशाना बनाएर आक्रमण गरेका बताइन्छ । समाचारमा उल्लेख गरे अुनसार शुरुमा पाकिस्तानी सेनाले मध्यम खालको मेशिनगन (एमएमजी) अनि अहिले मार्टारको प्रयोग गरिरहेका बताइएको छ ।
Loading...
Social Buttons