Loading...
काठमाडौं २९ साउन | विगत पाँच वर्षदेखि चितवनमा अलपत्र परेकी एकजना फिलिपिन्सकी महिलाको उद्धार गरिएको छ । वैदेशिक रोजगारीको सिलसिलामा दुबई गएकी फिलिपिन्सकी जोयालेन ग्रेस टेलरमो माईजेरेस नाम गरेकी ती महिला त्यहाँबाट सौराहाका जीवन थापाको साथमा पर्यटक भिषा लिएर नेपाल आएकी थिइन् ।
दुव्र्यसनीमा परेका थापालाई सहयोग गरी उनले नेपाल ल्याएकी हुन् । एक महिने भिषा अवधि भए पनि थापासँगै विवाह गरेर उनी नेपालमै बसिन् । उनीहरुबाट एक छोरा र छोरी पनि भए । तर, घरेलुहिंसामा परेर जोयालेनको सडकमा बास भयो । यसैक्रममा गत वैशाख २ गते नारायणगढको बालकुमारी रोडमा दुई नावालकसहित अलपत्र अवस्थामा भेटिएकी ती फिलिपिनो महिलालाई पुन:सथापना केन्द्र आदर्श गृहले झण्डै चार महिना आश्रय दिएर आवश्यक कागजपत्र तयार गरी स्वदेश फर्काउन लागेको हो ।

जोयालेन दुई नावालकसहित आगामी सोमबार फिलिपिन्स फर्कंदैछिन् । उनलाई शुक्रबार महिला पुनर्स्थापना केन्द्र आदर्श गृहले एक औपचारिक कार्यक्रमबीच बिदाई गरेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, जिल्ला न्यायाधिवक्ता मणिराम न्यौपाने, प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवर, महिला तथा बालबालिका कार्यालयकी प्रमुख शान्ता पौडेलसहित जिल्लाका महिला अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।
अलपत्र विदेशी महिलालाई स्वदेश फर्काउन अगुवाई गरेकी आदर्श गृहकी प्रमुख मीना खरेलले जोयालेनले नेपालमा भोगेको हिंसा र दुःखले मर्माहत बनाएको बताइन् । उनले जोयालेनलाई फर्काउन नेपालका सरकारी निकाय र फिलिपिन्स दूतावासले सकारात्मक भूमिका खेलेको जानकारी दिइन् । नेपालमा भिषारहित रहेको अवधिको जरिवानावापतको सात लाख रुपैयाँ पनि फिलिपिन्स दूतावासले बेहार्ने भएको खरेलले जानकारी दिइन् । न्युज साभार हिमालय खबर बाट
Loading...
Social Buttons