Latest News

प्रधानमन्त्री ओलीको समर्थनमा उत्रिए युवा (भिडियो हेर्नुहोस)


काठमाडौं, साउन १ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरुले आज शान्ति बाटिकामा प्रदर्शन गरेका छन् ।

युवाहरुले राष्ट्रिय झण्डा र प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् । ओलीले राष्ट्रिय स्वाभिमान बचाएको, भारतीय नाकाबन्दीको सामना गरेको, मुलुकलाई विकासको बाटोमा अग्रसर बनाएको भन्दै युवाहरु प्रदर्शनमा उत्रिएका हुन् ।

सामाजिक संजालमा खडा भएको ‘स्वतन्त्र युवा अभियान’को अगुवाइमा प्रदर्शन गरिएको हो ।

Loading...