Loading...
एजेन्सी ।
भारतमा एक साप्ताहिक पत्रिकाको कभर फोटोमा छापिएको योग गुरु रामदेवको तस्वीर अहिले सामाजिक सञ्जालमा मजाक बनिरहेको छ ।
इण्डिया टुडे म्यागजिनमा रामदेव टाउको झुकाएर आफ्नो हातले खुट्टा समाएको योगााशनको तस्वीर छापिएको छ । यो तस्विरलाई मानिसहरुले सम्पादन गरेर आफू अनुकुल प्रयोग गर्दै रामदेवलाई मजाक बनाएका छन् ।
केहीले रामदेवको उक्त तस्वीरलाई उल्टो पारेर ‘सही’ भएको प्रतिक्रिया दिएका छन् । केहीले भने सामाजिक संजालमा फोटोको गलत प्रयोग गरिएको भन्दै आलोचना गरेका छन् ।
Loading...
Social Buttons