Loading...
काठमाडौं,५ साउन । ओलीको समर्थनमा विभिन्न ठाउमा विभिन्न खालका प्रर्दशनहरु भएको हामीले बेलाबेलामा सुनेका छौ । यसैक्रममा बुधवार बिहान ११ः३० बजे प्रधानमन्त्री केपी ओली नेपाल ट्रेड युनियन महासंघ जिफन्टको छैठौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद बैठकको उद्घाटन कार्यक्रममा प्रज्ञा भवन कमलादी पुगेको थियो।
केही ढिला गरि कार्यक्रममा पुगे पनि सत्तारुढ एमालेको मोर्चा संगठन जिफन्टका कार्यकर्ताहरु प्रधानमन्त्री केपी ओलीलाई समर्थन गरेको ब्यानर सहित हलभित्रै प्रदर्शन गरे। यस्तो घटनाले ओली पनि मख्ख पर्दै सम्बोधनका क्रममा उनले नेपालको श्रमजीवी वर्ग र युवा सचेत भएकोमा सलाम समेत ठोक्न भ्याए ।
प्रधानमन्त्रीको समर्थनमा गएको शुक्रबारदेखि दिनदिनै सडकमा पनि आइएमविद्केपी ओली प्रदर्शन हुँदै आएको थियो । औपचारिक कार्यक्रममै यस्तो भएको पहिलोपटक नै मानिन्छ ।
Loading...

Social Buttons