Latest News

ओली पदमुक्त भएको भोलिपल्टै नेपाल बन्द !

काठमाडौं, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएको भोलिपल्ट नै नेपाल बन्दको आयोजना गरिएको छ ।
प्रधानमन्त्री ओलीविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावमा आइतबार मतदान हुँदैछ । अविश्वासको प्रस्तावमा अल्पमतमा परेसँगै ओली आइतबारदेखि नै पदमुक्त हुँदैछन् ।bands
प्रधानमन्त्री ओली पदमुक्त भएकै भोलिपल्ट विप्लव नेतृत्वको नेकपा माओवादीले सोमवार नेपाल बन्द आह्वान गरेको छ ।
सर्लाहीको धरहरा मुर्तियाक्षेत्र तथा सागरनाथ वन विकास परियोजनाक्षेत्रमा रहेका सुकुम्बासी बस्तीमा भएको प्रहरी हस्तक्षेपको विरोधमा विप्लव माओवादीले सोमवार नेपाल बन्दको आह्वान गरेको छ । सुकुम्बासी बस्तीमा प्रहरीले हस्तक्षेप गरी दमन गरेको भन्दै विप्लव माओवादी साउन १ गतेदेखि आन्दोलित छ ।
यही असार २१ गते सुकुम्बासी बस्ती खाली गर्ने क्रममा प्रहरी र सकुम्बासीबीच झडप भएको थियो । उक्त घटनाको बारेमा अध्ययन गर्न मानवअधिकारवादी संस्था जनअधिकार अभियान नेपाल र मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपाल (काहुरास्ट)को टोलीले केही दिनअघि सुर्लाहीको मुर्तियाक्षेत्र पुगेको थियो । टोलीले प्रहरीले अनावश्यक बल प्रयोग गरेको निश्कर्ष निकालेको छ ।
khabardabali
Loading...