Latest News

संसद्‌मा सम्बोधनपछि प्रधानमन्त्री ओलीले राजीनामा दिने

प्रधानमन्त्री केपी ओलीले आइतबार संसद्मा सम्बोधन गरेपछि पदबाट राजीनामा दिने भएका छन् । सत्तारुढ दलहरुले एक पछि अर्को गरी समर्थन फिर्ता लिई अविश्वासको पक्षमा मत हाल्ने निर्णय गरेपछि ओली राजीनामा दिने मनस्थितिमा पुगेका हुन् । उनले आफूविरुद्धको अविश्वासको प्रस्ताव सामना नगर्ने एमाले स्रोतहरुले बतायो।
सदनमा प्रधानमन्त्री केपी ओली माथिको अविश्वास प्रस्तावमाथि छलफल चलिरहेको बेला राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएकी छिन् । राष्ट्रपतिको पहिलो परिक्षणका लागि यो पहिलो अग्नि परिक्षा हो । उनले सहज निकास दिन्छिन वा बाहिर हल्ला भए जस्तै सर्वोच्चको राय माग्ने मुडमा भन्ने जस्ता अनुमानलाई बिहान दुई नेतासँगको भेटमा उनले दिएको अभिव्यक्तिले खण्डन गरेको छ ।

राष्ट्रपतिबाट हैरानी परेका माओवादी–केन्द्रका अध्यक्ष प्रचण्डलाई फेरी अर्को त्रास कायमै छ । गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवले रुक्माङ्गत कटवालको कार्वाही फिर्ता गरिदिएपछि प्रचण्ड सरकार छोड्न बाध्य भएको त्रास कायमै छ । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री, व्यवस्थापिका संसदबाट सबै भन्दा बढि मत पाएका र ठूलो दलका नेता प्रचण्डले त्यो घट्ना पक्कै विर्सेका छैनन् ।

आज विहान कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डसँग राष्ट्रपतिले दिएको अभिव्यक्तिले केही घन्टाभित्र मुलुकको राजनीतिमा केही शितलता प्रवाह हुने संकेत मिलेको छ । अहिले अविश्वासको प्रस्तावमाथि मतदान हुने भए पनि राष्ट्रिय सहमतिको बाटो खुलै रहेको प्रचण्डले पटक–पटक दोहोर्याएका छन् । त्यस बारे एमाले नेता झलनाथ खनालले समेत सदनमा त्यो अभिव्यक्तिलाई सकारात्मक रुपमा लिएका छन् । सदनबाट प्रचण्ड नेतृत्वमा सरकार पक्कापक्की भए पनि एकथरी जमातले थुप्रै कानुनी प्रक्रिया देखाएर नयाँ सरकार गठनमा ढिला हुने तर्क गरेका छन् ।

images
तर, एमालेका जिम्मेजवार नेता, माधव कुमार नेपाल, खनाल र वामदेव गौतमको भनाईले अन्ततः सहमतीय राजनीतिक प्रक्रिया अघि बढ्ने प्रवल सम्भावना बढेको छ । बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको अभिव्यक्तिले नयाँ सरकार गठनमा सहज हुने परिस्थिति सृजना भएको छ । २ बजे सदनमा उठेका विषयहरुलाई प्रधानमन्त्री ओलीले जवाफ दिने छन् । सम्भवतः प्रधानमन्त्री ओलीले राजनीतिक सुझबुझ अनुसार सदनमा जवाफ दिए लगत्तै राजिनामा दिएर सहमतीय राजनीतिक मार्ग प्रसस्त गर्ने सम्भावना देखिएको छ ।
प्रधानमन्त्री ओलीको राजीनामा आउने सक्छ ? भन्ने एभरेष्टदैनिक डटकमको प्रश्नमा प्रेस सल्लाहकार प्रमोद दाहालले भने– ‘सदनमा जवाफ दिने तयारी भएको छ । त्यसपछि के हुन्छ । अहिले नै भन्न हतार हुन्छ ।’ सल्लाहकार दाहलको यो भनाईले प्रधानमन्त्रीले राष्ट्रिय सहमतिका नाममा अविश्वासको प्रस्तावमाथि मतदान हुनु अघि राजीनामा दिने सम्भावना बलियो देखिएको पुष्टि हुन्छ ।
एमालेका बहुमत सांसद तथा नेताहरू ओलीले आइतबार नै पदबाट राजीनामा दिनुपर्ने पक्षमा छन् । यतिखेर एमालेमा ओली स्पष्ट अल्पमतमा छन् । केन्द्रीय समितिमा अल्पमतमा परेपछि ओलीले केन्द्रीय कमिटीको बैठक नबोलाएको भन्दै पार्टी्भित्र चर्को असन्तुष्टि सुरु भएको छ । संसहीय दलमा भने उनी झिनो बहुमतमा छन् ।
संविधानको धारा २९८ को उपधारा १३ बमोजिम अविश्वास प्रस्तावमा मतदान हुँदा बहुमत सदस्यले त्यसलाई पारित गरे संसद नियमावली १६० को ९ बमोजिम स्वतः पदमुक्त हुने व्यवस्था छ।


Loading...