Latest News

ओली सरकार को लागि संसद भवन बाट आयो ताजा र खुसीको खबर


काठमाडौं ७ साउन। दलहरूको विवाद सुल्झिएपछि संसद बैठक आजै बस्ने भएको छ।आज भएको तीन दलको शीर्ष नेताहरूको बैठकले संसदमा पहिले बजेट सम्बन्धि विधेयकमा मतदान हुने र त्यसपछि अविश्वासको प्रस्ताव पेश गर्ने सहमति गरेको हो।
कांग्रेस नेता विमलेन्द्र निधिका अनुसार बजेटसम्बन्धि विधेयक संसदमा पेश भएपछि त्यसमा ध्वनीमत मार्फत् निर्णय गर्ने सहमति भएको छ।
उनका अनुसार कांग्रेस र एमाओवादीले यी विधेयकको विपक्षमा मतदान गरी असफल बनाउने छन् । त्यसपछि पनि संसदको बैठक निरन्तर जारी रहने छ। प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वासको प्रस्ताव पनि आजै पेश हुने छ। दिउँसो दुई बजेका लागि बोलाइएको बैठक सहमतिको प्रयास जारी रहेकाले बस्न सकेको थिएन । दलहरुबीच कार्यसूचीमा सहमति नहुँदा बिहीबार पनि संसद बैठक बस्दै नबसी स्थगित भएको थियो । बैठकमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित थिए । एमालेबाट उपाध्यक्ष भीम रावल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए ।
Loading...