Latest News

कमल थापाको प्रधानमन्त्रीलाई सुझाव : राजीनामा दिनुस, इज्जत जोगाउनुस


काठमाडौं, ७ साउन । वर्तमान सरकारलाई अन्तिम समयसम्म साथ दिने निर्णय गरेको राप्रपा नेपालले प्रधानमन्त्रीलाई राजिनामा दिएर मार्गप्रशस्त गर्न सुझाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकमा उपप्रधानमन्त्री एवम् राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजिनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएका हुन् ।

उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘अहिलेको अवस्थामा संसदमा आफ्ना कुरा राखेर राजिनामा दिनु नै उचित हुन्छ, सकेसम्म प्रमुख राजनीतिक दलहरुवीच सहमति भए राम्रो हुन्छ ।’ मन्त्री थापाले ओलीको लागि राजिनामा दिने बाटो नै सेफ ल्याण्डिङ् हुने दाबी गरेका छन् ।
Loading...